मोदी सरकारका एक मन्त्रि : जसको संसारभर चर्चा (तस्विर हेर्नुस)

सिन्धुली साैगात संवाददाता २०७६ जेठ १७ गते शुक्रवार काठमाडौं

 

भारतमा नरेन्द्र मोदी नेतृत्वको दोस्रो सरकार गठन भएको छ । प्रधानमन्त्रीका रूपमा दोस्रो शपथ समारोहसँगै मोदीले ५७ सदस्यीय नयाँ मन्त्रीपरिषद् गठन गरेका छन् । विमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई निम्ता दिएर गरिएको शपथ समारोहमा नवनियुक्त प्रधानमन्त्री मोदी र मन्त्रीपरिषद्का सदस्यले शपथ लिए । शपथ समारोहमा नेपालका प्रधामन्त्री केपी शर्मा ओली लगायत विभिन्न देशका सरकार प्रमुखले आतिथ्यता ग्रहण गरे ।

 

 

मन्त्रीपरिषद् बिस्तार हुँदा एक जना मन्त्रीका विषयमा भारतमा मात्र होइन, संसारभर चर्चा सुरु भएको छ । शपथ समारोहमा पनि मोदीलाई भन्दा धेरै ताली बजाएर स्वागत गरिएको थियो । तर उनी राज्य मन्त्री मात्र हुन् ।

 

 

भारतीय जनता पार्टीको तर्फबाट बाला सोर लोकसभा सीटमा विजयी भएका प्रताप चन्द्र सारङ्गी जब राज्य मन्त्री पदका लागि शपथ लिन मञ्चमा उपस्थित भए, तब धेरै ताली बज्यो । किनकि उनका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका थिए । उनलाई ओडिशा राज्यका मोदीको रूपमा लिने गरिन्छ । उनको जीवनशैलीका कारण उनी धेरै चर्चामा आएका हुन् ।

 

 

सामान्य जीवनशैलीका सारङ्गीले बीजेडीका सांसद एवं अरबपती उम्मेद्वार रवीन्द्रकुमार जेनालाई भारी अन्तरले पराजित गरे । सांरगीले चुनावी प्रचारमा पनि फरक पन देखाए । अटो रिक्सा मार्फत उनले र्‍याली निकालेका थिए । भारतको खर्चिलो चुनावमा उनले पैसा खर्च नगरिकनै चुनाव जिते ।

 

 

चुनाव जितेपछि उनको जीवनमा खासै फरक पन आएको छैन । झोला बोकेर उनी सामान्य नागरिक जस्तै सडकमा हिँड्छन् । सन् २००४ र सन् २००९को चुनाव पनि उनले त्यसै गरी जितेका थिए । उनी पहिलेकै पोसाकमा दिल्ली आए । भन्छन् ‘मैले मेरो जीवनशैली कहिल्यै बदल्ने छैन । जीवनभर देशका लागि सेवा गर्नेछु ।’

 

 

सानो घर, एउटा साइकल उनका साथी हुन । अघिल्लो वर्ष आमाको निधन भएपछि उनी परिवारका सदस्य विहीन भएका छन् । तर उनले आफ्ना मतदाता सबै परिवारका सदस्य भएको बताउँछन् । मोदी जस्तै सन्न्यासी जीवनशैलीका कारण उनी भारतमा मात्र नभएर अहिले संसारभर चर्चामा छन् ।

 

प्रधानमन्त्री मोदी ओडिशा पुग्दा सारङ्गीसँग भेटेर कुराकानी गर्छन् । मोदी जस्तै कहिले गुफामा पुग्छन् भने कहिले उनी ध्यानमा बस्छन् ।नागरिक खवर बाट ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top