गाउँकार्यपालिका बैठकको निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र पेश

सिन्धुली साैगात संवाददाता २०७६ जेठ १५ गते बुधवार काठमाडौं

 

गोलन्जोर गाउँपालिकाको गाउँ कार्यपालिका बैठकको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठन गोलन्जोर गाउँपालिका सिन्धुलीले गाउँकार्यपालिका समक्ष संयुक्त ज्ञापन पत्र पेश गरेको छ ।

 

यही जेठ ९ गते शिक्षक काज सरुवा गर्ने सम्बन्धमा गोलन्जोर गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र पेश गरिएको हो ।

 

गोेलन्जोर गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत र गोलन्जोर गाउँकार्यपालिकालाई सम्बोधन गरी एकिकृत अखिल नेपाल शिक्षक संगठन गोलन्जोर गाउँपालिका अध्यक्ष सन्तोष कुमार बोहोरा, नेपाल राष्ट्रिय शिक्षक संगठन गोलन्जोर गाउँपालिका कोषाध्यक्ष नारायन दत्त कोईराला त्यसैगरी शिक्षक महासंघ गोलन्जोर गाउँपालिकाका सचिव यज्ञ बिक्रम कोईराला द्धारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्रमा गाउँपालिका अन्तरगत सञ्चालित प्राथमिक बिद्यालय खाली हुने गरी शिक्षा ऐन नियमावली विपरित आग्रह पुर्वागाहमा गरिएको शिक्षक काज सरुवाका सम्बन्धमा आफनो संगठन लगायत सम्बन्धित बिधालय स्थापनाकालमा लगानी गर्ने अभिभावकको समेत गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त निर्णय सच्याई पेशागत संगठनका प्रतिनिधि एवंम पिडित बिद्यालयका प्रतिनिधि समेत संलग्न गराई छलफल गरी निष्कर्षमा पुग्ने बातावरण सिर्जना गर्ने सहित पाँच बुँदे माग गरिएकोे छ ।

उल्लेखित बुँदाहरुमा एक बिधालय एक न्युनतम दरबन्दी अनिवार्य कायम गरि अभिभावकद्धारा स्थापित बिद्यालयमा अध्ययन अध्यापनको बातावरण सिर्जना, शिक्षा सम्बन्धि गतिबिधिमा पेशागत संगठनको प्रतिनिधित्वको सुनिश्चिता, काज सरुवाका चित्त बुझदा आधार सार्वजनिक, अपायक सरुवा गरिएका शिक्षकहरुको पुनःविचार र आस्थाका आधारमा गरिएको भेदभावपुर्ण सरुवा बदर रहेका छन् ।

 

उता गोलन्जोर गाउँपालिका का अध्यक्ष पुष्प कार्कीले गाउँसभा बाट शिक्षा निर्देशिका पारित गरिएको र सोही निर्देशिका बमोजिम निर्णय गरिएको दाबी गरे । संघिय सरकार मार्फत गाउँपालिकामा दरबन्दी अनुसार शिक्षक उपलब्ध नगराईएकाले गाउँपालिकाको शैक्षिक अवस्थालाई व्यवस्थित बनाई सम्पुर्ण बिद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न गाउँपालिका बाट कार्यदल बनाई बिद्यालयहरुको अनुगमन गरिएको र अनुगमनका आधारमा हाल लाई गाउँपालिकाका बिद्यालयका बिद्यार्थी संख्या, भौगोलिक अवस्था, एक बिद्यालय बाट अर्को बिद्यालयको दुरीलाई मध्यनजर गरी शिक्षक काज सरुवा गरिएको उनले बताए ।

 

बिद्यार्थी संख्या कम र शिक्षक संख्या बढी भएको, बिधार्थी संख्या बढी, शिक्षक संख्या कम भएको अवस्थालाई ध्यानमा राखेर बिधार्थी र शिक्षकको अनुपात मिलाई शिक्षक काज सरुवा गर्ने निर्णय गरिएको उनको भनाई छ । संघिय सरकार बाट गाउँपालिकामा दरबन्दी अनुसारको शिक्षक उपलब्ध गराए पछि तत् तत् बिधालयमा तत् तत् दरबन्दि अनुसारको शिक्षक खटाईने बताउँदै अहिले तत्काल माग सम्बोधन गर्न नसकिने अवस्थामा गाउँपालिका रहेको उनले बताए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top