सिन्धुलीमा शंकास्पद बस्तु भेटियो

सिन्धुली साैगात संवाददाता २०७६ जेठ १३ गते सोमवार सिन्धुली

 

प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा शंकास्पद बस्तु फेला परेको छ ।

 

 

निर्माणाधिन मदनभण्डारी राजमार्गबाट कारिब एक सयमिटर तल दुधौली बजार जाने सडकमा उक्त शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । “नेपाल बन्द छ, खतरा” लेखेर सकेट बमजस्तो बस्तु सडकमा फेला परेको छ । शंकास्पद् बस्तु बारे सुरक्षा निकायले अनुसन्धान गरि रहेको र नेपाली सेनालाई जानकारी गराई सकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंले जानकारी दिए । बीपी राजमार्गमा सबारी साधनलाई प्रहरीले स्कटिङ गरि सञ्चालन गरेको प्रहरी उपरिक्षक सिंहले बताए ।

 

सिन्धुलीका अधिकांस शैक्षिक संस्था बन्द भएका छन् । सदरमुकाम सिन्धुलीमाढीमा पसलहरु छिट्फुट रुपमा बन्द भएपनि सदरमुकामबाहिरका अधिकांस बजार बन्द भएका छन् । बन्दले जनजीवन प्रभावित भएपनि अप्रिय घट्ना भने नभएको प्रहरीले जनाएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top