२०७६ साल ज्येष्ठ १३ गते सोमबार को राशिफल (ज्योतिषी दुर्गा भण्डारी )

सिन्धुली साैगात संवाददाता २०७६ जेठ १२ गते आइतवार सिन्धुली

 

वि.सं.२०७६ साल ज्येष्ठ १३ गते । सोमबार । ईश्वी सन् २०१९ मे २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि अष्टमी,१२ घडी ०८ पला,बिहान १० बजेर ०३ मिनेट उप्रान्त नवमी । नक्षत्र शतभिषा,२५ घडी ३५ पला,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग वैधृति,१८ घडी ३४ पला,मध्यान्ह १२ बजेर ३७ मिनेट उप्रान्त विष्कुम्भ । करण कौलव,बिहान १० बजेर ०३ मिनेट तैतिल,बेलुकी ११ बजेर ०३ मिनेट उप्रान्त गर । आनन्दादिमा अमृत योग । चन्द्रराशि कुम्भ । पञ्चक । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी ०८ पला ।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- काम गर्ने थुप्रै बाटाहरु भेटिनेछन् भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । सिमित साधन स्रोतको परिचालन गरि असिमित आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग गर काम गर्न सकिनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पढाई लेखाईमा सहपाठिहरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानि बढाउँदा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढाई लेखाईकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानि गरि अरुको सेवा गर्ने अवसर जुर्नेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- समय तथा परिस्थिति अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनी सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यावसायकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- प्रतिष्पर्धि तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- पढाई लेखाईमा आफ्नै कारणले कमजोरि गरेको भान हुनेछ । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानि बढाउँन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । तरपनि मेहनेत गर्दा ईज्जत प्रतिष्ठामा बृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउँन सहज हुनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- चुनौतिका वावजुत पनि राजनिति तथा समाजसेवामा काम गर्नेहरुका लागि राम्रा काम गरेर देखाउँन सकिनेछ । बिशेष तथा गोप्य योजनाहरु केहिदिन पछि मात्र सार्वजनिक गर्नुहोला । आफन्त तथा अग्रजसँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार तथा प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यापार व्यावसायमा थोरै समय दिदापनि मनग्गे आम्दानि गर्न सकिनेछ । विवादित विषयहरु ह्ल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिस सँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- सयममा काम गरि प्रशंसक तथा समर्थकहरु जुटाउँन सकिनेछ । बुद्धि तथा बाणिको माध्यामले धेरैको मन आफुतिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउँन सकिनेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय लगानि गर्दै हुनुहुन्छ भने समय फलदायि रहेकोछ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्मबिश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय बाताबरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । साझपख समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा लगानिका अवसर जुट्नेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top