चियाबारीको विकास, सिन्धुलीको विकास

सम्पादकीय २०७६ जेठ १२ गते आइतवार सिन्धुली

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले बुधबार विपी राजमार्ग अन्तर्गतका होटलहरुको अनुगमन पश्चात पहेँलो स्टिकर टाँसेपछि होटल व्यवसायीहरुले त्यस्को विरोध गरेका छन् । चियाबारीमा संचालित २१ होटलहरुको अनुगमन गर्दा भान्सा व्यवस्थित नभएको, आर्थिक कारोबार पारदर्शि नभएको लगायत आवश्यक आधारभुत पुर्वाधारको अभाव देखिएको डिभिजन कार्यालयले जानकारी दिएको छ । उक्त अनुगमनको समाचार सम्प्रेषण गर्दा चियाबारीका केहि होटल संचालक र स्थानियले संचारमाध्यमलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्नु पर्ने प्रतिक्रिया दिएका छन् । सत्य समाचार सम्प्रेषण गर्दा होटल संचालकहरुले प्रेसको विरोध गर्नु अस्वभनिय छ । किनभने, आफ्नो आंगको भैँसी नदेख्नेले अरुको आंगको झुम्रा देख्नु हाँस्यास्पद हो । विपी राजमार्गमा अव्यवस्थित तरिकाले संचालनमा आएका होटलहरुले गुणस्तरहिन खाना ख्वाउँदै आएको गुनासो यात्रुहरुले बारम्बार गर्दै आएका छन् । यात्रुहरुको गुनासोलाई सम्बोधन गर्दै ढिलै भएपनि अनुगमन भएको छ ।

 

अनुगमनमा सिन्धुली होटल व्यवसायी संघ पनि सहभागि भएका कारण उक्त निष्कर्षका बारेमा संघले नै आवाज उठाउनुपर्ने हो । तर, संघले कुनै प्रतिक्रिया दिएको छैन । यस्तो अवस्थामा समाचार सम्प्रेषण गरेकै भरमा पत्रकारीतामाथि होटल संचालकहरुले प्रश्न उठाउनु कतिको जायज छ, त्यो पाठकवर्गले नै गर्नेछन् । आफ्नो क्षेत्रको नराम्रो पक्षलाई सुधार्न पछि हट्ने र प्रेसको विरोध गर्नेले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन पो लाग्ने हो कि ?

 

चियाबारीमा दिनहुँ सयौँको संख्यामा पुर्वका गाढीहरुले खाना ख्वाउँदै आएका छन् । केहि समयअघि फाट्टफुट्ट व्यापार हुने ठाउँमा अहिले लाखौँको व्यापार हुन थालेको छ, स्थानियको आयश्रोत बलियो हुदैँ गएको छ । समग्रमा चियाबारीको विकास भनेकै जिल्लाको विकास हो । तर, अव्यवस्थित तरिकाले व्यवसाय संचालनमा आएको समाचार संप्रेषण गर्दा चियाबारीको विकास देख्न नसकेको आरोप प्रेसलाई लगाउनु अपरिपक्वताको हद हो । तसर्थ, चियाबारीमा संचालनमा आएका होटलहरुले व्यवस्थापन र स्तरोन्नतिमा ध्यान दिन आवश्यक छ । यात्रुहरुले गुणस्तरहिन खाना पाउनु उनीहरुको अधिकार हो । हजारौँ यात्रुहरुको गुनासोलाई नजरअन्दाज गर्दै जिल्लामा संचालित होटलहरुलाई चोख्याउनु पत्रकारीताको धर्मले दिदैँन । तसर्थ, होटल संचालकहरुले अनावश्यक विरोध गर्ने भन्दा पनि आफ्नो व्यवसायलाई कसरी व्यवस्थीत बनाउने भन्ने तर्फ ध्यान दिन आवश्यक छ ।

 

चियाबारीमा सयौँको संख्यामा हाय्स रोकिने गर्दछ । पार्किङको समस्याका कारण दुर्घट्नाको संभावना पनि बढेको छ । काठमाडौँदेखि आउने हाय्सले चियाबारीमा लगेर खाना ख्वाउँदा यात्रुहरु धेरै समयसम्म भोकै बस्नुपरेको गुनासो पनि आएको छ । त्यसैगरि, हाय्स चालकले चियाबारीसम्म पुग्न तिव्र गतिमा सवारीसाधन कुदाउने गरेका छन् । तसर्थ, चियाबारीमा होटल संचालनमा देखिएका समस्यालाई हल गर्नतर्फ होटल संचालक र सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । अतः चियाबारीको विकास भनेकै सिन्धुलीको विकास हो र उक्त क्षेत्रमा देखिएको समस्याको सम्बोधनमा चियाबारीकै स्थानिय र व्यवसायीले लचकता अपनाउनुपर्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top