ज्येष्ठ १२ गते आईतबार देखी ज्येष्ठ १८ गते शनिबार सम्मको साप्ताहिक रासिफल (ज्योतिषी दुर्गा भण्डारी)

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ११ गते शनिवार काठमाडौं

 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले सामाजिक क्षेत्रमा नया जिम्मेवारिका साथ अगाडि बढ्ने समय रहेकोछ । नयाँ प्रकृतिको काम गरि मनग्गे लाभ लिन सकिनेछ भने रोकिएर बसेका कामहरु समयमा नै सम्पादन हुनेछन् । राजनितिमा दिएको समय खेर जाने छैन भने पद प्राप्तीको गतिलो योग रहेकोछ । माता पिताको आशिर्वाद पाईने तथा मनग्गे धन,सम्पति जोड्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसाबाट मनग्गे आम्दानि हुने योग रहेकोछ । साथिभाईको पनि सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । मंगलबार दिउसोबाट बिहिबारसम्मको समय मध्ययम रहेकोले खानपान तथा स्वास्थ्यमा ध्यान दिनुहोला खर्च बढ्ने योग रहेकोछ । तरपनि लामो दुरिको बिदेश यात्राको तय गर्न सकिनेछ भने बिदेशमा बस्नेहरुले मनग्गे रुपैया पैसा कमाउनेछन् ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- साता राम्रो रहेकोले समाजमा राम्रा तथा परिणाममुखि काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाईमा नया प्रबिधिको प्रयोग गरि नतिजा आफैतिर ल्याउन सकिनेछ । आर्थिक अवस्था मजभुत हुने तथा व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । प्रतिष्ठित काम गरि नाम तथा दाम कमाउन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्र्रगति गर्न सकिने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले परिणाममुखि काम गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । साताको अन्तमा लामो दुरिको बिदेश यात्राको तय हुने तथा बिदेशी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानिमा बृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाईडलाईन प्राप्त हुनाले अग्रगामि छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुसि रहनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :-मंगलबार बिहानसम्मको समय मध्ययम रहेकोले सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । आफन्त तथा दिदिबहिनी सँग घरायसि कुरामा राय बाजिनेछ भने साथिभाई ईष्टमित्रसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । मंगलबार दिउसोबाट भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । मंगलबार दिउसोबाट बिहिबारसम्मको समय मध्ययम रहेकोले कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जागर हराएर जानेछ

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :- अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । भौतिक तथा बिलाशी बस्तुका प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । व्यावसायकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहामा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । आकश्मिक धन तथा मानव निर्मित भौतिक सम्पति लाभ हुँने योग रहेकोछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । बौद्धिक कार्यमा सहभागि भई भनेजस्तो पारिश्रमीक पाउँदा मन प्रशन्न हुनेछ । जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारि साधन तथा बिलाशी सामान हातलागि हुने योग रहेकोछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :-मंगलबार बिहानसम्मको समय मध्ययम रहेकोले सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुलेनै दाबि गर्न सक्छन् ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । मंगलबार दिउसोबाट समय राम्रो रहेकोले पढाई लेखाईमा सहपाठिहरुलाई किनारा लगाउँदै एक कदम अगाडि बढ्न सकिनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्निबिच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । मंगलबार दिउसोबाट बिहिबारसम्मको समय मध्ययम रहेकोले सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । आफन्त सँग टाडिएर लामा दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- राजनितिक,सामाजिक तथा आर्थिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । तपाईबाट राम्रा काम हुँने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिस सँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारि साधनको विषयमा विवाद गर्नुपर्ला । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्मबिश्वासमा बृद्धि हुनेछ । प्रेममय बाताबरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ । उत्कृष्ट नजिता हातपार्न काममा थोरै समय लगानिनै काफि हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित बिषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकि सँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा नगद जुट्नाले लगानि गर्ने सहज बाताबरण बन्नेछ । सुचना प्रबृधिको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- मंगलबार बिहानसम्मको समय मध्ययम रहेकोले सम्मको समय मध्ययम रहेकोले माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । आफन्त तथा अग्रजहरु सँग सामान्य कुरामा पनि राय बाजिनेछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । मंगलबार दिउसोबाट समय राम्रो रहेकोले नयाँ योजना बनाई महत्वकाक्षी योजना सार्वजनिक गरे नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । राजनिति तथा समाजसेवमा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्सित गर्न सकिनेछ ।

 

तपाईको दिन शुभ रहोस ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top