२०७६ साल ज्येष्ठ १२ गते आईतबारको राशिफल (ज्योतिषी दुर्गा भण्डारी )

ज्योतिषी दुर्गा भण्डारी २०७६ जेठ ११ गते शनिवार सिन्धुली

 

वि.सं.२०७६ साल ज्येष्ठ १२ गते । आईतबार । ईश्वी सन् २०१९ मे २६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि सप्तमी,०७ घडी ०२ पला,बिहान ०८ बजेर ०१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र धनिष्ठा,१९ घडी ०१ पला,मध्यान्ह् १२ बजेर ४८ मिनेट उप्रान्त शतभिषा । योग ऐन्द्र,१६ घडी ५४ पला,बिहान ११ बजेर ५८ मिनेट उप्रान्त वैधृति । करण बव,बिहान ०८ बजेर ०१ मिनेट वालव,बेलुकी ०९ बजेर ०२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मातंग योग । चन्द्रराशि कुम्भ । रवि–सप्तमी व्रत। अष्टमी व्रत। गोरखकाली पूजा । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ०६ पला ।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिस सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने जागिर गर्नेहरुका लागि सयय उत्तम रहेकोछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने बाताबरण बन्नेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- नाँफामुखि व्यापार भन्दा सेवामुखि व्यापार व्यावसाय फस्टाएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाई लेखाईकै शिलशिलामा लामो तथा छोटो दुरिको यात्रा हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थि काम गरि आम्दानि बढाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्निबिच अझ बिश्वास बढेर जानेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :-लामो घटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाई लेखाईमा कमी कमजोरी भएको अनुभुति हुनेछ । व्यापारमा मन्दि आउँनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउँने तथा खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुदा हुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेकोछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :-माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पति तथा बिलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :-पढाई लेखाईमा सहपाठिहरुलाई किनारा लगाउँदै एक कदम अगाडि बढ्न सकिनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्निबिच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :-राजनिति तथा समाजसेवामा समय लगानि गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यावसायमा मन्दि आएपनि घरजग्गा तथा सवारि साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुदानै राम्रो हुनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- पुरुषार्थि काम गरि नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । खेलकुद तथा पराक्रमि क्रिर्याकलापमा भाग लिन सकिने तथा देश बिदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्त सँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यावसायमा लगानि बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउँनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढाई लेखाईमा मन जानेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आम्दानि भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनेछ । लगानि बढाएपनि आम्दानि कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा ल्याउँन निकैनै मेहनेत गर्नु पर्नेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय राम्रो रहेकोछ ।

 

तपाईको दिन शुभ रहोस् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top