भाडादर कार्यान्वयन गर

सम्पादकीय २०७६ जेठ ११ गते शनिवार सिन्धुली

 

कमलामाई नगरपालिकाले नगरपालिका क्षेत्र भित्र चल्ने ट्याम्पुको भाडादर कायम गरेपनि कार्यान्वयन नहुँदा यात्रुहरुले तोकिएको शुल्क भन्दा दोब्बर तिर्नुपर्ने बाध्यता कायमै रहेको छ । जिल्लामा ट्याम्पुचालकले मनखुशी भाडा उठाएपछि केहि समयअघि नगरपालिकाले भाडादर निर्धारण गरेको थियो । नगरपालिकाले भाडा दर निर्धारण गर्नु सकारात्मक भएपनि कार्यान्वयनमा ध्यान नदिँदा यात्रुहरुले चर्को शुल्क तिर्नुपरेको गुनासो आइरहेको छ । नगरपालिका क्षेत्रमा संचालनमा रहेका ट्याम्पुहरुले यात्रुलाई सहज बनाएपनि चर्को शुल्कले गर्दा समस्या परेको यात्रुहरुले गुनासो गरिरहेका छन् । भाडा निर्धारण भएको महिनौँ बितिसक्दा पनि ट्याम्पुचालकले मनलाग्दी भाडा लिदैँ आएका छन् । त्यसैगरि, यात्रुहरुलाई शुल्कको विषयमा विस्तृत जानकारी नभएका कारण चालकले आफूखुशी भाडा लिने गरेका छन् । तसर्थ, जिल्लामा संचालनमा रहेका सबै ट्याम्पुमा वास्तविक भाडादरको सूचि देखिने ठाउँमा टाँस्न सम्बन्धित निकायले पहल गर्न आवश्यक छ ।

 

 

त्यस्तै, भाडादरको कार्यान्वयनकालागि ट्याम्पु संचालकसँग छलफल गरि आवश्यक कदम चाल्न नियमनकारी निकाय सचेत हुन जरुरी छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top