दबंग ३ मा मौनीको ठुम्का (तस्विर हेर्नुस)

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ४ गते शनिवार काठमाडौं

 

बलिउड सुपरस्टार सलमान खान फिल्म ‘भारत’पछि ‘दबंग ३’ मा देखिने भएका छन् ।

 

मुम्बईमा यस फिल्मको शूटिङ भइरहेको बताइएको छ । दबंग ३ सँग जोडिएर एक खबर सार्वजनिक भएको छ ।

 

भारतीय सञ्चार माध्यमका अनुसार दबंग ३ मा सलमान खानसँग टिभी की नागिन मौनी रोय पनि देखिने भएकी छिन् ।

 

फिल्ममा रहेको गितमा सलमानसँग मौनीको हट (सेक्सी) डान्स रहने बताइएको छ । मौनीले भने यस विषयमा मुख खोलेकी छैनिन् ।

 

पहिले फिल्म ‘दबंग’ मा अभिनेत्री मलाइका अरोडाको आइटम डान्स थियो भने ‘दबंग २’ मा करीना कपूरले आइटम डान्स गरेकी थिइन् । अब यस फिल्मको तेस्रो भाग ‘दबंग ३’ मा मौनी रोयको डान्स रहनेछ ।

 

फिल्म ‘दबंग ३’ मा सलमान खान, अभिनेत्री सोनाक्षी सिन्हा, माही गिल, टिनु आनन्द र अरबाज खानलगायतको मुख्य भूमिका रहनेछ ।

 

मौनी रोयका तस्विर हेर्नुहोस्ः

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top