सिन्धुलीमा चेकजाँच गरिएका १ सय ६० जना मध्ये १९ जनामा उच्च रक्तचाप

राधिका बुढाथोकी २०७६ जेठ ४ गते शनिवार सिन्धुली

 

रक्तचाप सम्बन्धि सचेतना अभिबृद्धि गर्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाले शुक्रबार रक्तचाप जाँच शिविर संचालन गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा रेडक्रस शाखाले २ घण्टाको अवधिमा १ सय ६० जनाको रक्तचाप जाँच गरेको हो ।

 

रक्तचापको चेकजाँच गरेका १ सय ६० जना मध्ये १९ जनामा उच्च रक्तचाप देखिएको रेडक्रस सिन्धुलीले जनाएको छ । चेकजाँच गरेका मध्ये सबै भन्दा बढी ३० देखि ४० बर्ष उमेर समुहका ६ जना,४० देखि ५० उमेर समुहका ३ जना, ५० देखि ६० उमेर समुहका ५ जना, ६० देखि ७० उमेर समुहका ४ र ७० देखि ८० उमेर समुहका १ जना मा उच्च रक्तचाप देखिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाका परियोजना अधिकृत विवेक बस्नेतले जानकारी दिए ।

 

कमलामाई नगरपालीका सिन्धुलीका प्रमुख खड्ग बहादुर खत्रिबाट सुरु गरिएको रक्तचाप चेकजाँच शिविरका सेवाग्राहीहरुले सहजसँग रक्तचापको अवस्था जानकारी पाउन पाएकोमा खुसि व्यक्त गदेँ रेडक्रस अभियानको प्रंसंसा गरेका थिए ।

 

नगर प्रमुख खत्रिले भने आफ्नो रक्तचाप जाँच गराउँदै नगरपालीकाबाट पनि रेडक्रससँग समन्वय गरेर यस्ता खालका स्वाथ्य सम्बन्धि अभियानहरु संचालन गरिने बताए ।

 

हरेक वर्ष मे १७ तारिखमा मनाईने यो दिवसको अवसरमा जिल्लाका स्वास्थ्य संस्था तथा अन्य सरकारी गैरसरकारी सँघसंँस्थाले कुनै पनि कार्यक्रमको आयोजना नगरिरहँदा रेडक्रस शाखाले शुक्रबार अपरान्ह ४ बजे देखि ६ बजे सम्म शिविर मार्फत रक्तचाप चेकजाँच गरेको थियो ।

 

ग्रामिण भेग भन्दा शहरी क्षेत्रमा बस्ने २० देखि २५ प्रतिशत वयष्कमा उच्च रक्तचापको समस्या भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ३ जना वयष्क मध्ये १ जनामा उच्च रक्तचापको समस्या भएको र यसबाट हरेक वर्ष ९० लाख मानिसको ज्यान जाने गरेको छ । आवश्यकताका आधारमा रेडक्रसले रक्तचाप मापन राष्ट्रिय अभियान २०७६ रक्तचाप नापौँ अभियान संचालन गरिरहेको छ ।
((

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top