आश्रममै देखिए तपस्वी बम्जन (हेर्नुस भिडियो र तस्विर)

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ४ गते शनिवार सिन्धुली

 

तपस्वी रामबहादुर बम्जन सार्वजानिक भएका छन् । बोधि श्रवण धर्म संघले बिहिवार बाट कमलामाई नगरपालिका वडा नं ८ को पैरेमा आयोजना गरेको १४ औँ विश्वशान्ति मैत्रिपूजा कार्यक्रममा उनी सार्वजानिक भएका हुन् ।

 

बाँकी तस्बिर र भिडियो तल छ,हेर्न नछुटाउनुहोलाः समाचारको अन्तिममा छ

 

करिब तीन महिना अगाडिनै सार्वजानिक हुने भनिएपनि सुरक्षाको चुनौती भन्दै सार्वजानिक भएका थिएनन् । तर बिहिवार १४ औं महामैत्री दिवस, विश्व शान्ति महामैत्री पूजा प्रार्थनामा उनी देखिएका हुन् । केहि महिना अगाडि आश्रम भित्र उनका अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको यौन दुब्र्यवहार गरेको जस्ता आरोप लागेको थियो ।

 

आज शनिबार सम्पन्न हुने तीन दिने पूजा कार्यक्रममा पहिलो पटक मैत्रिलिपि भाषाबाट मैत्रिपूजा, प्रार्थना र मोलम पाठ भईरहेको छ । उक्त कार्यक्रममा ७७ वटै जिल्लाका संघ तथा अन्तराष्ट्रिय संघका करिब पाँचहजार पचास जना भक्त तथा अनुयायीहरूले धर्म संघ गुरूबाट दर्शन तथा अभिशेष लिइसकेको र अहिले पनि भक्त र अनुयायीहरु पूजामा सामेल हुन आइरहेकोे बोधी श्रवण धर्मसंघका केन्द्रीय सदस्य छत्र घिसिङले जानकारी दिए ।

 

“शुक्रबार दिनभर दर्शन दिने कार्यक्रम गुरुको छ, शुक्रबार सबैले दर्शन गर्न सम्भावना नभएका हरुले भने शनिबार पनि यो कार्यक्रम जारी रहनसक्छ”, केन्द्रीय सदस्य छत्र घिसिङले भने,“मैत्री भाषा र मैत्री लिपीलाई प्रतिपादन गरी सोही भाषा र लिपीमा पूजा गरिएको छ ।”

 

बम्जनको बोधि मार्गदर्शनमैत्री धर्म अन्तर्गतका मैत्री भाषा, मैत्री लिपि सार्वजनिक गर्दै पहिलो पटक बिहीबारदेखि सोही भाषा र लिपिमा पूजापाठ सुरु भएको उनले बताए । “बोधी श्रवण धर्म संघबाट र गुरुज्यूबाट ६ वर्षको कठोर तपस्याबाट प्रतिपादीत भएको मैत्री भाषा, मैत्री लिपिबाट पहिलो पटक पूजापाठ सुरु गरेका छौँँ । यो पूजा शनिवार बार सकिन्छ’ उनले भने ।

 

यसअघि बम्जनका भक्त अनुयायीहरुले गत माघ ३ गते मैत्री धर्म शान्ति पद यात्रा गरेका थिए । पदयात्रामा तेश्रो धार्मिक मैत्री प्रशिक्षण शिविरमा दिक्षित भएका माआत्मा गुरु तथा आनीहरु र भक्त अनुयायी गरी १२ हजार जना सहभागी थिए ।

 

२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक बनमा अस्थाई आश्रमका रुपमा बस्न बम्जन सिन्धुली आएका थिए । तत्कालिन अवस्थामा सिन्धुलीमा ३ महिना मात्रै बसेर सर्लाहीको पत्थरकोट गएका बम्जन पुन २०७४ साल असोजदेखि कमलामाई नगरपालिका वडा नं ८ को पैरेमा आश्रम बनाएर बसेका छन ।

तस्विर हेर्नुस

 

 

 भिडियो हेर्नुस

 

 

 

भिडियो पलपल खवर बाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top