२०७६ साल ज्येष्ठ ०४ गते शनिबारको राशिफल (ज्योतिषी दुर्गा भण्डारी )

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ३ गते शुक्रवार सिन्धुली

 

वि.सं.२०७६ साल ज्येष्ठ ०४ गते । शनिबार । ईश्वी सन् २०१९ मे १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि पूर्णिमा,५४ घडी १६ पला,रातको ०२ बजेर ५८ मिनट उप्रान्त प्रतिपदा । नक्षत्र विशाखा,५४ घडी ०९ पला,रातको ०२ बजेर ५५ मिनेट उप्रान्त अनुराधा । योग वरियान,२६ घडी २३ पला,दिउसो ०३ बजेर ४९ मिनेट उप्रान्त परिध । करण भद्रा,दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त बव,रातको ०२ बजेर ५८ मिनेट उप्रान्त वालव । आनन्दादिमा शुभ योग । चन्द्रराशि तुला,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त बृश्चिक । चण्डी पूर्णिमा। कूर्म जयन्ती। गोरखनाथ जयन्ती। किरातहरूको उभौली पर्व। वैशाखस्नान समाप्ति। बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा। स्वायाँ पुन्ही। घाँटुनाच समापन। रानीघाटमा बाघभैरव पर्व। ललितपुरको गोटिखेलस्थित वैतरणीधाम स्नान। काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ४६ पला ।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- घुमफिर तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । व्यापारमा मन्दि आउँने तथा साझेदारि व्यावसायमा लगानि कर्ताबिच कुरा नमिल्दा समस्या उत्पन्न हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ तथा घर परिवारमा राय बाजिनेछ । पढाई लेखाईमा मन जानछैन । भौतिक सम्पति तथा बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- प्रतिष्पर्धा भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले बिद्या तथा प्रतिष्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढिनै मेहनेत गर्नु पर्नेछ । आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न बस्तु तथा उपाहार प्राप्त हुनेछ । व्यावसायकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउँनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । राजनीति तथा सामाजिक काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेकोछ । बेलुकीको समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने तथा चाहेको नतिजा हात पार्न सकिनेछ । बिलाशि बस्तु तथा उपाहार प्राप्तीको योग रहेकोछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाँकी रहेको काम थाति रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पारिवारिक माहोलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसि व्यापारमा समय व्यतित हुने तथा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तिव्र गतिमा अगाढि बढाउँन सकिनेछ । प्रणय सम्बन्धमा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- नयाँ प्रवृधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुना पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । भौतिक सम्पतिको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने बस्त्र तथा अलङकार उपाहार पाईनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- महत्वकांक्षी तथा ठुला योजनाहरु तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउँने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनाबस्यक काम तथा यात्रा नगर्नुनै राम्रो रहेकोछ,नराम्रा घट्नाहरु हुन सक्छन् । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावासाय गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):-  कामको सवालमा बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । आफन्तत,घरपरिवार तथा साथिभाईहरुका सहयोग पाईनाले मन प्रशन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय फलदायि रहेकोछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):- व्यापार व्यावसायमा लगानि गरेपनि प्रतिफल भने ढिलामात्र प्राप्त हुनेछ । सरकारी साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । अध्ययनमा अलि बढि समय लगानि गरे राम्रै नतिजा हात पार्न सकिनेछ । बुवा तथा अग्रजहरुको सहयागले राम्रा काम गर्न सकिनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- भौतिक बस्तु तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top