रविले टमाटरको बारेमा बोलेपछि यस्तो ट्रोल (हेरौँ १२ ट्रोल)

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ३ गते शुक्रवार काठमाडौं

 

रवि लामिछानेले आफ्नो चर्चित सो सिधा कुरा जनतासँग’ मा विभिन्न विषयवस्तुलाई उठाउने गर्दछन् । उनले फरक तरिकाबाट कार्यक्रममा प्रस्तुति दिने गरेका छन् । हाल उनले आफ्नो सो मा टमाटरनै ल्याएर तरकारी मुल्यवृद्धिका बारेमा कडा शब्द प्रयोग गरे । उनले मुल्यवृद्धिको मुख्य कारणनै बिचौलिया रहेको बताउँदै कृषि प्रधान देश हेर्दा हेर्दै बिचौलिया प्रदान देश भएको बताए । उनले व्यंग्यात्मक तरिकाबाट अब सेल्फि सेलिब्रेटि वा कलाकारसँग लिने भन्दा पनि टमाटर र सब्जिसँग लिए बढि लाइक र कमेन्ट आउने बताए । मुल्यबृद्धिको विषयमा उनले बोलेपछि समाजिक संजाल फेसबुकमा थुप्रै ट्रोलहरु बनेका छन् ।

 

 

बाँकी ट्रोल समाचारको अन्तिममा छ

 

के भनेका थिए लामिछानेले ?

 

कृषि योग्य जमिन प्लटप्लटमा बेचियो, उत्पादन शुन्य प्रायमा गइसकेको छ । देशको पैसा बाहिर गयो, भान्सामा आउने तरकारिको मुल्य आकाश पुग्यो । किशानको हातमा ठेला छ, बिचौलियाको हातमा मुठ्ठा मुठ्ठा पैसा छ । किसानले बाइक पनि किन्न सक्दैन, साइकलमा हिँड्छ, तर बिचौलियको सपरिवार मोटरमा हुइकन्छन् । बिचौलिया मोटरमा सररर, कृषकको पसिना तररर्….। कृषिमा आत्मनिर्भर नभएपछि कृषि प्रधान भन्नुहुदैँन । टामाटारको मुल्य तीन अंकमा पुग्यो । सेल्फि लिन लाइक कमाउन अब टमाटरसँग फोटो खिच्ने बेला आयो । जमाना चेन्ज भयो, सेलिब्रेटि सँग होइन गोलभेडा सँग खिच्नुहोस् । मैले त लिए । १४० केजिमा । स्टुडियोमै ल्याएको छु । सेल्फि त मलाई २० रुपैँया पर्ने हरेक कागतिसँग खिच्न मन थियो, १ मुठाको ४० रुपैँया पर्ने सागसँग लिनुपथ्र्यो ।

 

कलाकारमाथि ट्रोल

 

अभिनेता अनमोल केसीमाथि निकै ट्रोल बनिए । उनलाई केटीजस्तो देखिने, अत्यधिक पारिश्रमिक लिने भन्दै व्यंग्य गरियो । अझै पनि सामाजिक सञ्जालमा उनको फोटो राखेर अनेकन किसिमको मजाक गर्ने क्रम रोकिएको छैन । आफूलाई त्यसरी उडाइँदा सेलिब्रिटीहरू अक्सर झोक्किने गर्छन् । तर, अनमोलको पारा अर्कै छ । उनी त ‘यस्ता ट्रोल अझै बनाइदिइरहन’ आग्रह गर्छन् ।

 

छुटाउनु भयो किः ट्रोल अन्तिममा छ

 

‘ट्रोल भनेको चर्चित मान्छेकै बन्ने हो,’ केही समयअघि उनले भनेका थिए, ‘तिनको कारण मेरो प्रचार भइरहेको छ । त्यसैले, ट्रोल बनाउनेहरूलाई धन्यवाद दिन्छु ।’

 

अनमोलकी आमा, सुष्मिता बमजनको फिल्म ‘म त तिम्रै हो’ को पत्रकार सम्मेलनमा उपस्थित हुँदा अनमोलले यस्तो प्रतिक्रिया दिएका थिए । उनको जवाफ त्यो बेला निकै चर्चित भएको थियो ।

 

नेपाली सेलिब्रिटीमध्ये सम्भवतस् सबैभन्दा बढी ट्रोल बनाइएका अभिनेता हुन्, सौगात मल्ल । उनीबारे सकारात्मकरनकारात्मक (उडाउने खालको) दुवैथरी ट्रोल बनेका छन् । तर, सौगातलाई यीबारे त्यतिबिघ्न जानकारी छैन । उनी सामाजिक सञ्जाल प्रयोग नगर्ने भएकाले त्यहाँभित्र के भइरहेको छ भन्ने खासै चाल पाउँदैनन् । ‘साथीहरूले देखाउँछन् कहिलेकाहीँ,’ फिल्म सुटिङका लागि वीरगन्ज पुगेका सौगातले टेलिफोनमा भने, ‘हेर्छु । हाँस्छु । रमाइलोको लागि बनाएका हुन्छन् । ठीकै छ नि ।’

 

‘हाकु काले’, ‘हाकुचा’ जस्ता अनेक नाममा फेसबुक पेज खोलिएको छ । तिनमा सौगातको फोटो राखेर समसामयिक विषयमाथि व्यंग्य गर्ने गरिएको छ । अधिकांश फोटोमा हाकुको लवज प्रयोग गरी रमाइला–रमाइला सन्दर्भ लेख्ने गरेको पाइन्छ । एउटा ट्रोल त कस्तो छ भने फेयर एन्ड हयान्डसमको विज्ञापनमा हाकु (सौगात) को अनुहार राखेर ‘पहिले र अहिले’ देखाइएको छ । त्यसको कमेन्टमा एकजनाले लेखेका छन्, ‘पहिले हाकु काले, अहिले हाकु गोरे ।’

 

गायक कालीप्रसाद बाँस्कोटालाई पनि उनको नाम र डिम्पललाई लिएर सामाजिक सञ्जालमा खुब उडाइन्छ । अचेल ‘नेपाल आइडल’ को जजका रूपमा समेत उनको मजाक बन्ने गरेको छ । केही समयअघि उनले आफूमाथि बनेको एउटा ट्रोल आफ्नै फेसबुक वालमा पोस्ट गरेका थिए । उक्त तस्बिरमा हिन्दी फिल्म ‘बाहुबली’ का कटप्पाले कालीको गालामा तरबार घोपेको देखाइएको छ । अनि लेखिएको छः कालीप्रसादले कटप्पालाई धन्यवाद दिनैपर्छ । उनकै कारण कालीको गालामा डिम्पल बनेको हो ।’

 

अभिनेत्री प्रियंका कार्की ट्रोल नेपाल, मेमे नेपाल, बोर लाग्योजस्ता कमिकल फेसबुक पेजहरूमा छाउने गरेकी छन् । उनलाई दाँत धेरै देखाएको, अमेरिका र यूएसएलाई फरक ठानेको जस्ता विषयमा उडाउने गरिएको छ । गायिका इन्दिरा जोशीचाहिँ नेपाल आइडलको निर्णायक बनेयता नै ट्रोलको पात्र बनेकी हुन् । उनले प्रयोग गर्ने ‘पोटेन्सियल’ शब्द भाइरल नै बनिसकेको छ । अभिनेत्री स्वस्तिमा खडक, वर्षा राउत, साम्राज्ञीराज्य लक्ष्मी शाहलगायतलाई पनि सामाजिक सञ्जालमा उडाउने गरिएको छ ।

 

अभिनेता हरिवंश आचार्य, अभिनेता राजेश हमाल, दयाहाङ राई, खगेन्द्र लामिछाने, निर्देशक निश्चल बस्नेत, कलाकार सीताराम कट्टेल, निर्मल शर्मा, कविरकथाकार उपेन्द्र सुब्बा, अभिनेता नाजिर हुसेन, आयुष्मान देशराज जोशी जस्ता सेलिब्रिटीहरू ट्रोलका नियमित पात्र सरह छन् । उनीहरूको अनेक हाउभावलाई समातेर ट्रोल मेकरहरूले विभिन्न हाँसी–मजाक र ठटयौला प्रसंग जोड्ने गरेका छन् । ‘कुनै–कुनै ट्रोल साह्रै क्रिएटिभ खालका हुन्छन्,’ कलाकार निर्मल शर्मा भन्छन्, ‘रमाइलो लाग्छ ।’ शर्मालाई उनको वजन र उपनाम (गैँडा) का कारण इन्टरेनटमा मजाक बनाउने गरिएको छ । ‘सलमान खानको फिल्म एक था टाइगर रिलिज हुँदाताकाको कुरा हो,’ शर्माले भने, ‘एकातिर सलमानको फोटो राखेर ‘एक था टाइगर’ लेखिएको थियो । अर्कोमा मेरो फोटो राखेर ‘एक था गैँडा’ लेखिएको रहेछ ।  त्यो ट्रोल निकै चर्चित भयो । मलाई पनि मन परेको थियो ।’

 

 

के भनेका थिए त रविले हेरौँ भिडियो पनि

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top