कुलमानलाई रिस उठेपछि यसरी हपारे (भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २ गते बिहीवार काठमाडौं

 

कान्तिपुरबाट साभार

स्थानीयले आफ्नो माग पूरा नभएको भन्दै त्रिशूली ‘थ्री बी’ को सबस्टेशनको काम स्थानीयवासीले रोकेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आक्रोश पोखेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीमा निर्माणाधीन सबस्टेशन निर्माणको काम दुई दिनदेखि ठप्प छ ।

 

सबस्टेशन निर्माणको क्रममा कुलो मिचिएको र सबस्टेशन वरपरको जग्गालाई आयोजनाले संरक्षण गर्नुपर्ने माग राख्दै स्थानीयबासीले आयोजनाको काम रोकेका हुन्।

 

स्थानीयबासीको माग नभई केही व्यक्तिले माग राखी काम रोकेको भन्दै घिसिङले आक्रोश पोखेका हुन्।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top