मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २ गते बिहीवार सिन्धुली

 

सिन्धुली कमलामाई नगरपालिका वडा नं. ८ सिस्नेरी स्थित बि.पी. राजमार्गमा आज दिउसो ४ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

 

बर्दिवासबाट सिन्धुली तर्फ जादै गरेको ज ६ प ७४६१ नं. को मोटरसाइकल सडकमा हिडिरहेको गाईलाई बचाउने क्रमामा अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल . चालक सिन्धुली कमलामाई नगरपालीका वडा न–१० भिमान बस्ने वर्ष २७ को युबराज चौलागाई उपचारको लगि मोडल अस्पताल लालगढ धनुषा लैजादै गर्दा बाटमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top