सिन्धुलीमा चटयाङ्ग लागेर तीन जना घाइते

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २ गते बिहीवार सिन्धुली

 

हावाहुरीसँगै वर्षा हुँदा परेको चटयाङ्गले लागेर सिन्धुलीमा तिनजना घाइते भएका छन् ।

 

तिनपाटन गा.पा. ७ आरुबोटमा बुधवार चट्यङको तरङले तिनपाटन गा.पा. ७ आरुबोटे बस्ने बर्ष ३२ कि उखमाया लामिछान, बर्ष १३ को ज्ञन ब. मसराङगी मगर र ३८ को सितामांया सार्की चट्याङ्गले लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

घाइतेद्धय लामिछान र मसराङगी मगर लिम्बूलाई बाउन तिलपुङ स्वास्थ्य चौकीमा उपचारपछि डिस्चार्ज भएको र सितामांया सार्की उपचारका लागि धुलीखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

चट्याङ्ग पर्दा सोही ठाउ बस्ने फरी ब. तामाङको ३ वटा बाख्रा, १ वटा बोको र १ वटा कुखुरा मरेको बताइएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top