मलको अभाव नदेखियोस्

सम्पादकीय २०७६ जेठ १ गते बुधवार सिन्धुली

 

राष्ट्रिय बाली धान लगाउने समय नजिक आइसकेको छ । असारको महिनादेखि पहाड र तराई क्षेत्रमा धान बालीको रोपाइ धमाधम गरिन्छ । धानको रोपाइ नजिकिएसँगै कृषकहरुलाई मलको समस्याले पिरोल्न थालिसकेको छ । विगतमा जस्तै रासायनिक मलको अभावका कारण कृषकहरुले आफ्नो बाली रोप्न नपाउने हो कि भन्ने डर रहेको गुनासो गरिरहेका छन् । कृषि प्रदान मुलुक भनिएपनि ठूलो मात्रामा चामल आयात गर्नुपर्ने बाध्यता नेपाललाई छ । कृषकहरुको समस्या र राज्य पक्षबाट सहयोग नमिल्दा कृषकले राम्रो परिणाम दिन सकिरहेका छैनन् । कृषि क्षेत्रमा देखिने साना समस्यालाई पनि सम्बन्धित निकायबाट नजरअन्दाज हुँदा कृषि क्षेत्र पिछडिदै गएको अवस्था छ । धान लगाउने बेला कृषकहरुले मल नपाएर विरोधमा उतर्नुपरेको थुप्रै घट्नाहरु छन् । तसर्थ, धानबालिकालागि आवश्यक रासायनिक मलको आपूर्तिकालागि राज्यपक्षको सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । त्यसैगरि, विगतमा देखिएका समस्या र त्रुटिलाई आत्मशात गर्दै आगामी दिनमा मल लगायत कृषकलाई चाहिने अत्यावश्यक सामाग्रीको अभाव हुन नदिन जिम्मेवार निकायले प्रभावकारी कदम चाल्न जरुरी छ ।

 

 

मलको अभावका कारण कृषकहरु आफ्नो जग्गा बाझै राख्न बाध्य छन् । तसर्थ, कृषकलाई प्रोत्साहन गर्न पनि राज्यबाट उनीहरुलाई सहयोग मिल्न आवश्यक छ । अतः आगामी दिनमा मलको अभावका कारण कुनै पनि कृषकले जग्गा बाँझै राख्न नपर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्ष गम्भिर हुनुपर्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top