२०७६ साल ज्येष्ठ ०१ गते बुधबारको राशिफल (ज्योतिषी दुर्गा भण्डारी)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार काठमाडौं

 

वि.सं.२०७६ साल ज्येष्ठ ०१ गते । बुधबार । ईश्वी सन् २०१९ मे १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि एकादशी,१० घडी ५३ पला,बिहान ०९ बजेर ३८ मिनट उप्रान्त द्वादशी । नक्षत्र उत्तरफाल्गुनी,०३ घडी २० पला,बिहान ०६ बजेर ३७ मिनेट उप्रान्त हस्त । योग बज्र,४४ घडी २१ पला,बेलुकी ११ बजेर ०२ मिनेट उप्रान्त सिद्धि । करण भद्रा,बिहान ०९ बजेर ३८ मिनेट उप्रान्त बव,बेलुकी ०८ बजेर ३३ मिनेट उप्रान्त वालव । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ३८ पला ।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने सत्रु परास्त हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । व्यापारमा लगानी गरि दिगो फाईदा हुने कार्य शुभारम्भ आरम्भ गर्न सकिनेछ । पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-  कुनै पनि विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा एक कदम अगाढि बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ति पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछि लाभहुने काम सुरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्द अग्र स्थानमा तपाईको नाम आउँनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- आफन्तहरु टाडिनेछन् भने आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन खिन्न हुनेछ । अन्य व्यावसाय मध्ययम रहेपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धि काम गर्दा ध्यान दिनुहोला । प्रेममा रमाउँन चाहानेहरुका लागि समय उत्तम नहुँन सक्छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आट शाहस तथा पराक्रममा बृद्धि भएर जाने हुनाले पुरुशार्थी काम गरेर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरि आम्दानी बढाउँन सकिनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुका लागि समय फलदायी रहेकोछ । प्रेमका सामिप्यता बढेर जानेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउँनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउँनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरि दिन व्यातित गर्न सक्नेछन् ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आफन्त तथा शुभचिन्तको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- खर्च बढेपनि उपलव्धिमुलक कामहरु हुँनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):-  सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउँन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्निबिचको सम्बन्धमा अविश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाई लेखाईमा पछि परिनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):-  खोज तथा अनुशन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आफन्त तथा दिदि बहिनी सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- काम गर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन् । व्यापारमा समय दिएपनि न्यून आम्दानिमा चित्त बुझाउनु पर्नेछ । व्यापारकै शिलशिलामा कष्टकर यात्रा नहोला भन्न सकिन्न । साथिभाई तथा जीवन साथिको सहयोग नपाईदा कामहरु बिचमानै छोड्नु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुने योग रहेकोछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top