पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यक्ती भन्छन्ः मेरो ज्यान खतरामा छ (भिडियोसहित)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार काठमाडौं

journalist
 

पत्रकार सुशिल पाण्डेलाई ज्यान मार्ने धम्की दिएको भनिएका व्यक्ति समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य बिष्णुजंग बस्नेतले आफुले पत्रकार पाण्डेलाई मार्ने धम्की नदिएको बरु उनका समर्थक बाट आफुलाई चाँहि लगातार ज्यान मार्ने धम्की आइरहेको खुलासा गरेका छन् ।

 

ओटीभी नेपाल सँग कुराकानी गर्दै बस्नेतले आफुले पाण्डेलाई ज्यान मार्ने धम्की दिएको भए रेकर्ड देखाउँन चुनौति दिएका छन् । कुराकानीका क्रममा उनले आफुलाई विदेशका नम्बर बाट लगातार फोन र म्यासेज मार्फत ज्यान मार्ने धम्की आइरहेको बताए ।

 

साथै उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै आफुलाई केहि तल माथि भए त्यसको जिम्मा पनि पत्रकार पाण्डेले लिनु पर्ने बताएका छन् ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top