बेहुली बिनानै धुमधामकासाथ विवाह गरे यी युवकले : २ सय जन्ती, ८ सयलाई भोज !

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार काठमाडौं

 

विवाह भन्ने बित्तिकै हामीले दुलाहा दुलहीलाई सम्झन्छौं तर भारतमा दुलही बिनाको विवाह भएको छ ।

 

सुन्दा अचम्म लाग्ने विवाह भारतको गुजरातमाभएको हो । जहाँ बिना बेहुली बेहुला एक्लैले विवाह गरेका छन्, त्यो पनि तामझामकासाथ ।

 

२ सय जना भन्दा धेरै मानिसलाई जन्ती बनाएर बेहुला बन्ने सौख पुरा गरेका ती युवा सुस्त मनस्थिती भएको बताइएको छ । उनी मानसिक रुपमा कमजोर भएको कारण उनको लागि कतै केटी नभेटीएपछि उनले बिना केटी नै विवाह गरेर आफ्नो इच्छा पुरा गरेका हुन् ।

 

अन्य व्यक्तिले विवाह गरेको देख्दा आफु पनि त्यस्तै बेहुँला बन्ने इच्छा राखेका ती व्यक्ति सधै यहि कुरा आफ्नो आमाबाबूलाई भन्ने गर्थे ।

 

तर बाबू आमाले छोराको लागि केटी खोज्न अनेक प्रयास गरे तर असफल भएपछि उनीहरुले छोराको बेहुला बन्ने सपना पुरा गराइदिएका छन् ।

 

बिहेको दिन उनलाई बेहुला बनाएर पुरै गाउँ घुमाइयो र गाउँ नजिकै रहेको सामुदायिक भवनमा ८ सय जनालाई भोज खुवाएर उनको विवाह गरिएको हो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top