साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार काठमाडौं

 

यूरोपियन मुलुक साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या भएको छ । पछिल्लो एक महिना यता भएको श्रृंखलावद्ध आक्रमणमा उनीहरुको हत्या भएको जनाइएको छ ।

 

 

हत्या भएका अधिकांश महिलाहरु एसियाली मुलुकका रहेको छन् । श्रृंखलावद्ध आक्रमणमा एक नेपाली महिलासहित ४ जना फिलिपिन्सका महिला रहेको साइप्रस प्रहरीले जनाएको छ । उनीहरुमध्ये २ जना बालिकाहरु समेत रहेको बताइएको छ । हत्या गरिएका महिलाहरुको पहिचान खुल्न सकेको छैन ।

 

 

प्रहरीले उक्त हत्यामा संलग्न भएका आरोपमा एक जनालाई प्रक्राउ गरेको जनाइएको छ ।

 

श्रृंखलावद्ध हमलाको विरोधमा राजधानी निकोसियामामा स्थानीयले विरोध प्रदर्शन समेत गर्दै आएका छन् । खबरहब बाट साभार ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top