समय धेरै खर्च नगर

सम्पादकीय २०७६ वैशाख ३१ गते मंगलवार सिन्धुली

 

प्रदेश राजधानी र नामाकरण बहुप्रतिक्षित विषय बनेको छ । देशमा संघियता भित्रेको धेरै समय भइसक्दा पनि केहि अत्यावश्यक विषय टुंगो नलाग्दा छिटो टुंगो लगाउनुपर्ने भन्दै आवाज उठेका छन् । संविधानमा उल्लेख भए बमोजिम राजधानी र नामाकरणलाई टुंगो लाउन जरुरी छ । संघियताको कार्यान्वयनका लागि प्रदेशको नामाकरण र राजधानी छिटो भन्दा छिटो तोक्नुपर्ने हुन्छ । तर, समय बितेसँगै उक्त विषय झन् जटिल बन्दै गएको छ । नामाकरण र राजधानीका विषयमा आन्दोलन हुन थालिसकेको छ ।

 

 

आआफ्नो जिल्लालाई राजधानी तोक्नुपर्ने भन्दै जनता उफ्रिरहेको अवस्था छ । यस्तो अवस्थामा संघिय सरकार र प्रदेश सरकारले उक्त विषयलाई टुंगो लाउने भनेर गम्भिर छलफल गर्नुपर्ने देखिन्छ । सविधानको धारा २८८ को २ मा सरकारले तोकिएको अस्थायी केन्द्रलाई प्रदेश सभाको दुई तिहाइ बहुमतले परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ । त्यस्तै धारा २९५ को २ मा प्रदेशको नामाकरण प्रदेशसभाको दुई तिहाइ बहुमतबाट हुने व्यवस्था रहेको छ । सरकारले अस्थायी केन्द्र तोक्दा नै विवादित बनेका प्रदेशहरुले भने राजधानीबारे निर्णय गर्न बाँकी छ ।

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top