श्रम ऐनको कार्यान्वयन गर

सम्पादकीय २०७६ वैशाख २९ गते आइतवार सिन्धुली

 

श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएका भन्दै चर्चा भएपनि जनशक्ति र पुर्वाधारको अभावका कारण फितलो देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । तर, डेढ करोड संख्यामा रहेका श्रमिकहरुले अहिले पनि विभिन्न सुविधाबाट वञ्चित हुनुपरेको अवस्था छ । श्रम कार्यालयमा उजुरी दिनेको संख्या दिनानुदिन बढेपनि श्रमिकले राहत पाउन सकिरहेका छैनन् । गत साउन २९ गते सामाजिक सुरक्षा ऐन २०७४ र भदौ १९ गते श्रम ऐन २०७४ जारी भएको थियो ।

 

 

ऐन जारी भए पनि उद्योग, निजी विद्यालय लगायतमा कार्यरत कर्मचारी, कामदार तथा मजदुरले सुविधा पाउन सकेका छैनन् । यसैगरी नयाँ ऐनले अन्य श्रमिक आपूर्ति गर्ने कम्पनी मार्फत लिइएका श्रमिकले तलव, सुविधा नपाएमा यसको दायित्व मुख्य रोजगारदाताको हुने व्यवस्था गरेको छ । यसले हाल देखिएको काम गरेपनि तलव नपाउने वा न्यून पाउने अवस्थाको अन्त्य हुने विश्वास गरिएको थियो । व्यवसायजन्य स्वास्थ्य सुरक्षाको व्यवस्थामा पनि यसअघिको भन्दा वर्तमान ऐन प्रगतिशिल रहेको छ । यसैगरी नयाँ ऐनले विभिन्न अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि समेटेको छ । तर, कार्यान्वयनमा देखिएको कमजोरी र सम्बन्धित निकायको उदासिनताले ऐनलाई नै फितलो बनाएको छ । ऐेनको कार्यान्वयन नहुनु पहिले देखिनैको समस्या हो । तसर्थ, ऐन कार्यान्वयन र श्रमिकलाई सुविधाको व्यवस्थ गर्न सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । अतः श्रमिकको अधिकार र सुरक्षाकालागि नियमनकारी निकायले आवश्यक कदम चाल्न जरुरी छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top