भारतीय प्रधानमन्त्री मोदीले मेकअपमा हरेक महिना १ करोड २८ लाख खर्च गर्छन् !(भिडियो हेर्नुस)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख २८ गते शनिवार काठमाडौं

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा बताइए अनुसार मोदीको मेकअपमा हरेक महिना ८० लाख भारतीय रुपैयाँ(१ करोड २८ लाख नेपाली रुपैयाँ) खर्च हुने दाबी गरिएको छ ।

 

करीब ४५ सेकेन्डको यो भाइरल भिडियोमा केही व्यूटिसियन तथा स्टाइलिस्ट पीएम नरेन्द्र मोदीको यता उती देखाइएको छ । फेसबुक र ट्वीटरमा यो भिडियो हजारौं पटक हेरिएको थियो र सयौं मानिसले यसलाई सेयर गरेका थिए ।

 

अधिकांश मानिसले सामाजिक सञ्जालमा यो भिडियोका साथ लेखेका छन्,‘यी हुन् गरीबका छोरा, मेकअप गराइरहेका छन् । आरटीआइको माध्यमबाट खुलासा गरिएको छ कि यो श्रृंगारका लागि ब्यूटीशियनलाई प्रतिमहिना ८० लाख रुपैयाँ तिर्छन् ।’

 

गुरुग्राम कांग्रेसको आधिकारिक फेसबुक पेजमा पनि यो भिडियो यसै दाबीका साथ पोस्ट गरेको छ जसलाई करीब ९५ हजार पटक हेरिएको छ ।

 

तर बीबीसी हिन्दीले गरेको अनुसन्धानमा भने यो भिडियो सही भएपनि यसलाई गलत सन्दर्भमा प्रयोग गरिएको पत्ता लागेको छ । साथसाथ भाइरल भिडियोमा प्रधानमन्त्री मोदीका साथ देखिएका युवती उनका निजी मेकअप आर्टिस्ट होइनन् ।

 

भिडियोको वास्तविकता

 

जुन भिडियोमा प्रधानमन्त्री मोदीको मेकअप गरिरहेको बताइएको छ वास्तवमा यो मार्च २०१६ को हो । यो भिडियो लण्डन स्थित चर्चित तुसाद म्यूजियमले जारी गरेको थियो ।

 

१६ मार्च २०१६ मा म्याडम तुसाद म्यूजियमले आफ्नो आधिकारिक यूट्युबमा यो भिडियो पोस्ट गरेको थियो ।

 

म्यूजियमका अनुसार यो भिडियो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलामा मेकअप गरि सुट गरिएको हो ।

 

म्यूजियमका करीब २० कालिगढको टीमले दिल्लीस्थित प्रधानमन्त्री आवासमा पुगेर चार महिनाको समय लगाए मोदीको पुतला तयार गरेका थिए ।

 

म्याडम तुसाद म्यूजियमका अनुसार प्रधानमन्त्री मोदीको पुतला लण्डनस्थित म्यूजिमयमा २८ अप्रिल २०१६ मा स्थापित गरिएको थियो ।

 

भिडियो हेर्नुस :-

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top