पहिलो फिल्मबाटै ‘क्रेज’ बनाएकी ‘ सुहाना (तस्विर हेर्नुस)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख २८ गते शनिवार काठमाडौं

 

चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल केसीसँग रोमान्स गरेकी सुहाना थापाले पहिलो चलचित्रबाटै गज्जबको प्रतिक्रिया पाइन् । फ्यान कमाइन् । अब उनलाई आमा झरना थापाको नामले चिनाउनु नपर्ने भइसकेको छ ।

 

 

सुहानाका फ्यानलाई उनको दोस्रो फिल्म कहिले आउला भन्ने चासो पनि छ । यसबारेमा निर्माण टिमले भने कुनै जानकारी गराएको छैन । तर, सूत्रका अनुसार सुहाना फेरि पनि होम प्रोडक्सनकै ब्यानरमार्फत दर्शकमाझ आउनेछिन् ।

 

 

अमेरिकामा पढेर नेपाल आएकी सुहाना अब भने यही क्षेत्रमा काम गर्ने निर्णय गरेकी छिन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट प्रशस्तै चर्चा बटुलेकी यी क्युट नायिका सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् ।

 

सुहानाको इन्स्टाग्राममा रुचाएका केही तस्वीर :

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top