तेरियाको फेसबुकमा हट पोज (हेरौँ १८ तस्बिर)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख २४ गते मंगलवार काठमाडौं

 

तेरिया पाउजा मगर रुपन्देहिको रुद्रपूर जिल्लामा जन्मिएकि नेपाली डान्सर हुन् । उनी भारतिय नृत्य प्रतियोगिता डान्स इन्डिया डान्स लिल मास्टर्सको विजेता हुन् । उनले २१ जुन २०१४ मा चर्चित भारतिय नृत्य प्रतियोगिताको टाइटल जितेकि थिइन् । त्यसैगरि, मगरले भारतको कलर टिभीमा प्रशारण हुने नृत्य रियालिटी शो झलक दिखला जाको सिजन ९ को पनि विजेता हुन् । उनले झलक दिखला जाको टाइटल २१ जनवरी २०१७ मा जितेकि थिइन् । उनले डान्स चैम्पियनसमा पनि भाग लिएकि थिइन्। तर दोश्रो राण्डबाटै बाहिरिनुु परेको थियो । तेरिया परिवारको दोश्रो छोरी हुन् ।

 

 

 

बाँकी १७ तस्बिर तल छ

२९ जुन २०१४ मा तेरिया कपिलवास्तु डे क्याम्पेनद्वारा “लुम्बिनी शान्ति को राजदूत“ बाट सम्मानित भएकि थिइन् । तेरिया पाउजामगर नेपाली सेलिब्रेटी हुन् । रुपन्देहीको रुद्रपुरमा जन्मेकी उनले भारतीय टेलिभिजन सो ‘डान्स इन्डिया डान्स’बाट चर्चा कमाएकी हुन् ।

 

यो रियालिटी सोको तेस्रो सिजनको विजेतासँगै उनको नृत्य कलाको चौतर्फी चर्चा चल्न थाल्यो। उनले नेपाल तथा भारतका विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुने अवसर पाइन्। यसलगत्तै उनी ‘झलक दिखला जा’मा पनि सहभागी भएर विजेता बनिन् ।

 

तेरिया अहिले भारतमै नृत्यका कार्यक्रममा व्यस्त छिन्। १४ वर्षे उमेरमा डान्स इन्डिया डान्सको उपाधि जितेकी उनी अहिले १८ वर्षे जवान भएकी छन् । आफूलाई अभिनयका विभिन्न कक्षा र नृत्यमै व्यस्त राखेकी छन् ।सामाजिक सञ्जालमा उनका फलोअर्स पनि निकै छन् । इन्स्टाग्राममा पनि सक्रिय देखिन्छिन् उनी। विभिन्न फोटो तथा भिडियो सेयर गरिरहन्छिन्। प्रत्यक्ष लाइभमा आएर फ्यानसँग पनि कुरा गरिरहेकी हुन्छिन्। हालै उनले आफ्ना फ्यानका लागि सामाजिक सञ्जालमा हट पोज सार्वजनिक गरेकी छन् ।

तेरिया फौजा मगर राष्ट्रको गहना, अर्चना पनेरु के ? (केपी अनमोलद्धारा अनलाइनखबर मा प्रकाशित)

 

दशै तिहार सकिएसँगै जब हिउँदका पट्यार लाग्दा दिनहरु सुरु हुन्छन् । साँच्चै बडा दिक्दार लाग्छन् यी दिनहरु । यस्तै दिक्दारीमा झन् यो नाकाबन्दीले सिर्जाएको अभाव र शीर्ष तीन दलका नेता अनि मधेसी नेताहरुबीचको कचकचले उत्पन्न राष्ट्रिय अखण्डताको पिरले टाउको दुख्या दुखेई छ । मलाई आज ‘न यो नाकाबन्दी, न यो राजनीति’ कुनै पनि बिषयमा गफिन मन छैन यहाँ ।

 

बाँकी १७ तस्बिर तल छ

 

कुरो के भने जब यो हिउँद सुरु हुन्छ अनि देशका बिभिन्न ठाउँमा महोत्सव (मेला) पनि धमाधम सुरु हुन्छन् । यस्ता मेला महोत्सव कलाकारका लागि दूधालु गाई जस्तै हुन्, जति दुहुन सक्यो त्यति फाइदा ।

 

 

खुल्ला ठूलो चौरमा मेला लागेको होस् । पारिलो घाम, अनि सङ्गका साथी दौंतरीबीच गफिँदै दुईचार किलो सुन्तला, ज्यामिर, (चुक अमिलो) एकआध किलो मम्फली (बदाम) खाइएको पत्तै हुँदैन । त्यसमा झन् महोत्सवमा हाँस्य कलाकारको प्रस्तुति भै’राको होस् स्टेजमा । मरि जाउँ, त्योभन्दा मजा अरु के हुनसक्छ !

 

मलाई खुब याद आउँछ जब यस्ता मेला महोत्सवको सिजन आउँछ । कुरा आज भन्दा करिब सातआठ बर्ष अगाडिको होला । धनगढीमा सुदूरपश्चिम क्षेत्रीय महोत्सव लागिरहेको थियो । त्यसको एउटा बिषेशता भनेको हरेक बर्ष मंसिर २२ गते नै महोत्सव लाग्ने र महोत्सवमा सरकारका प्रतिनिधिहरुलाई अतिथी बोलाएर सुदूरपश्चिमको विकासका निमित्त जति बुँदे मागहरु छन्, त्यति नै किलोको माला पर्हियाउने ।
तर, यो प्रथा सुरु गरेको दश बर्ष बित्दा समेत अहिलेसम्म जम्माजम्मी पाँच वटा मागहरु मुस्किलले पूरा भएका छन् ।

 

बेला बखत यस्ता मेला महोत्सवको आयोजनाले मान्छेहरुलाई रिफ्रेस त गर्छ नै, त्यसका साथै स्थानीय कलासँस्कृतिलाई अरु सामू चिनाउने काम पनि हुन्छ । दैनिक कामसँगै मान्छेलाई मनोरञ्जनको खाँचो पनि त्यत्तिकै हुन्छ । यो स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक छ ।

 

म फेरि तपाइँलाई मेरो महोत्सव अवलोकनको यादतर्फ र्डोयाउँछु । खासमा म रेडियोबाट महोत्सवको लाइभ गर्न गएको थिएँ । केहिबेर महोत्सव स्थलबाट रेडियोमा लाइभ गरिसकेपछि साथीलाई लाइभको पालो दिएर म कलाकार साथीहरुसँग भेटघाट गर्न भनि स्टेजको पछाडिपट्टी तयारी ‘रुम’मा गएँ । जहाँ लोकप्रीय कलाकार बद्री पङ्गेनी आफ्नो प्रस्तुतिका लागि तयारी गर्दै थिए ।

 

‘लाउ चेली सिन्दूर लाऊ, निको पार हृदयको घाऊ’ भन्ने निकै सान्दर्भिक र मार्मिक लोकगीतमा अभिनयसहित तयारी हुँदैगर्दा म पुगेको थिएँ । ‘लौ यसमा हाम्रा पत्रकार मित्रहरुलाई पनि मिसाउनुपर्छ’ भनेर गायक बद्री पङ्गेनीले हाँसेर भन्दा मैले पनि, ‘लौ हुन्छ नि’ भनेँ ।

 

उदघोषकले आफ्ना मिठा शब्दका साथ बद्री पङ्गेनीलाई स्टेजमा बोलाएपछि दर्शकहरुले ताली र सिट्टी अन्धाधुन्ध ठोके । अगाडि उँभिएका युवा युवतीहरु पाइन्ट खुस्किने गरी उफ्रिँदै थिए । कतिका त खल्तीका मोवाइल हराएछन् उफ्रिँदा । पछि साँझ एफएमबाट सूचना बजाए थे क्यार मोबाइल हराएको ।

 

बद्री पङ्गेनीको प्रस्तुति अघि हाँस्यब्यङग्य थियो, चर्चित हाँस्य कलाकारले पेट मिचिमिची करङ दुख्ने गरी हँसाएका थिए । दर्शकलाई लाग्याथ्यो बद्री पङ्गेनीले साली भेनाका गीत गाएर खुब नचाउँछन् अब ।जब हृदयबिदारक अनि समाजको चित्रण गर्ने गीत ‘लाऊ चेली सिन्दूर लाऊ’ भन्ने गीत गाए, जुन गीत एकल महिलाप्रति सम्बन्धित छ, साँच्चिकै नरुने कोही थिएनन् । एकैछिनमा सुँकसुँक‘ग्वाँ गुँ‘गरेर दर्शकमा सन्नाटा छायो ।

 

किनकी देशमा चलेको दश बर्षे युद्धले धेरैको सिन्दूर पुछिएको छ । त्यो चोट भोग्नेहरु त रोए रोए, गीत सुन्दै भक्कानिनेको कमी थिएन त्यहाँ । गायक बद्री पङ्गेनीले एकजना स्थानिय युवतीलाई बहिनी बनाई उसलाई सेतै पहिरनमा आफुसंगै स्टेजमा ल्याएर यो गित गाएका थिए ।

 

गीतका अन्तरा भन्दै भावुक हुँदै गाइसकेपछि गायक बद्री पङ्गेनीले स्टेजबाटै आह्वान गरे, ‘मेरी यो विधवा बैनीसँग बिहे गर्ने कोही हुनुहुन्छ ? युद्धमा मेरा ज्वाइँ मारिएर मेरी बैनी यो उमेर मै बिधवा भएकी हो । आउनुस्, यो विधवा बैनीसँग बिहे गर्ने कोही हुनुहुन्छ ?’

 

‘म आज यहि स्टेजबाट बैनीको हात तपाइँलाई सुम्पिन राजी छु’ बिहे गरिदिन चाहन्छु । फेरि एकपल्ट त्यहाँको माहोल निकै सुनसान र चुपचाप भयो ।

 

यो दृष्य बडो हृदय बिदारक थियो । मुटु नै छियाछिया हुने । जहाँ हाम्रो यो अन्धविश्वासी, पितृसतात्मक समाजको चित्रण पनि हुँदैथ्यो । एकछिनमै एक युवक बोले ‘म बिहे गर्छु ।’ सबै छाँगाबाट खसे झै भए, मुखामुख गरे, त्यो आवाज सुनेर । कसैले ति युवकलाई पागल भन्ठाने, कसैले महान् ।

 

स्टेजमा त्यस युवकसँग गायक बद्री पङ्गेनीले आफ्नी बहिनीको बिहे गरिदिन दर्शकमाझ अनुमती मागे । कसैले नाक खुमच्याए, कसैले मुन्टो बटारे भने कोहीकोही युवा जोस्सिएर ‘हुन्छहुन्छ’ भन्दै हुटिङ गर्न लागे ।

 

एकअर्काले माला पर्हियाइदिने भन्दै साक्षीका रुपमा माला लिएर मलाई स्टेजमा बोलाइयो । बद्रीले ति युवकलाई आफ्नी विधवा बैनी सुम्पिए । यो बेला ताली चै जोरले बज्यो दर्शकदीर्घाबाट ।

 

यो घटना कुनै सत्य थिएन । यो सबै तयारी हामीले स्टेजमा आउनु पूर्व पर्दा पछाडि नै गरेका थियौं । किनकी, समाज जगाउनु थियो । त्यो रुढिवादी परम्परा चिर्नु थियो । स्वास्नी मर्दा लोग्नेले तीन महिनामै अर्की भित्र्याउन हुने, लोग्ने मर्दा चै स्वास्नीले जीन्दगीभरि एक्लै बस्नुपर्ने परम्परा तोड्नु थियो । अरु त अरु कुनै शुभकार्यलाई समेत विधुवा महिलालाई देख्दा अशुभ भनिने कस्तो (कु) सामाजिक संरचना, सामाजिक कुसंस्कार र परम्परा ?

 

दर्शकहरु यो दृष्य हेरिसकेपछि साँझ आ(आफ्नो घर फर्कदा केहि सन्देश लिएर, केहि चेतना लिएर गए । त्यो दिन केहि मनोरञ्जन, केहि हाँसो, केहि समाजको चित्रण, केहि सन्देश दिएर सकियो महोत्सव । अर्को दिन निकै फरक देखियो । दिउँसोतिर महोत्सव तात्यो मान्छे भरिभराउ हुन थाले ।

 

अनि उदघोषक मञ्जु पौडेलले प्रसंशाका धेरै शब्द खर्चेर स्टेजमा निम्त्याउदै भनिन्, ‘अब हामी यस्तो कलाकारलाई निम्त्याउँदै छौं, जो अति लोकप्रीय, हट, चर्चित मोडल, उहाँको प्रस्तुतीमा तपाइँहरु प्लीज इनजोइ गर्नुस् ‘। हल्लासहित ताली बज्न नपाउँदै स्टेजमा एक अर्धनग्न युवती दर्शकतिर पिठ्यु फर्काएर कम्मर तलको भाग छारे रोगी काँपे झै थरथराउँदै नाच्न थाली ।

 

गीतको ठेकटुप्पो केहि बुझिएन । उसको हाउभाउ र पहिरन देखेर आमा(बुवा, दाजु(भाउजू,दिदी(बहिनीसँगै बसेर महोत्सव हेरिरहेका दर्शक जिब्रो टोक्दै यताउता जान थाले । बद्री पङ्गेनीको प्रस्तुतीमा दर्शकले स्टेजमा फूलका माला र फूलका थुङ्गा बर्साएका थिए, कोहि(कोहि बद्रीलाई अङ्गालो हाल्दै रोएका पनि थिए ।

 

तर, यो उत्ताउलो प्रस्तुति दर्शकलाई सारै अपाच्य भएपछि केहि युवाले ढुंगा र इँटाका टुक्राले नाच्दै गरेकी अर्धनग्न युवतीलाई हिर्काउन थाले । स्टेज वरिपरिको घेरबार तोडफोड भयो । स्टेज मै आक्रमण गर्न केहि युवा जान थालेपछि सुरक्षाकर्मीहरुलाई त्यो भिड सम्हाल्न निकै मुस्किल भयो । आयोजकप्रति आक्रोशित दर्शकहरुले नारावाजी समेत गरे । महोत्सव त्यो दिनका लागि स्थगित भयो । अर्धनग्न ति युवतीको नाङ्गो तिघ्रामा दर्शकले हानेको इँटाको टुक्रा लागेर चोट पनि लागेछ ।

 

बद्री पङ्गेनीको कलाकारिता र ति युवतीको कलाकारिताले के सन्देश दियो ? कस्तो मनोरञ्जन दियो ? अब मैले त्यसबारे यहाँ प्रष्ट्याइराख्नु पर्दैन । कला साहित्य, गीत संगित समाजका दर्पण भएकाले त्यसमा समाजकै अनुहार, दुःख समस्या र हाँसो देखिनुपर्छ । बन्द कोठामा कोहि अस्लील फिलीम हेरोस्, या नाङ्गियोस् त्यो उसको नितान्त ब्यक्तिगत कुरा हो । त्यस्ता कार्यले उसलाई बढी प्रभाव पार्छ, समाजलाई होइन ।

 

कतिपयलाई यो पनि लाग्न सक्ला, ति युवतीको प्रस्तुतिमा इन्जोइ नै लिन जानेन भनेर । त्यहि धनगढीमा चर्चित रकस्टार, ब्यान्डदेखि हिपपप कलाकारहरुको कन्सर्ट पनि बेला बखत भैराख्छ । त्यसका पनि स्रोता दर्शक छन् । तर, कुनै होटेल र रेष्टुराँमा गरिने साङ्गितिक कार्यक्रमका दर्शक र मेला महोत्सवका दर्शक निकै फरक(फरक हुन् । अस्लील कलाकारिताले इन्जोइ होइन बिकृत मनसिकतालाई प्रश्रय दिन्छ । समाजमा गलत संस्कार र आनीबानी सिकाउँछ । बिशेषगरी युवायुवती त्यसका शिकार हुन्छन् ।

 

अहिले देशभरि भैरहेका त्यस्ता मेला महोत्सवमा स्थानीय कलासँस्कृतिको प्रचार प्रसारभन्दा भनि त्यसलाई झन् ओझेलमा पारिँदैछ । आयोजकले लगानी उठाउन र बढीभन्दा बढि आम्दानी गर्न डान्सबारकी डान्सर, आलोचित कलाकारलाई स्टेजमा उतार्छ । दर्शक बढी जम्मा गर्ने र बढी पैसा कमाउने धेयले । अनि कलिला युवायुवतीको ध्यान गलत संस्कृतितिर र्डोयाउँछ ।

 

उनीहरुलाई आफ्नो गीत संगित, कलासंस्कृतिबारे जानकारी र प्रेरणा दिनुको साटो स्थानीय कलाकारहरुलाई स्टेजसम्म दिइँदैन । दिएपनि झारो टार्ने काम मात्रै हुन्छ ।

 

मेला महोत्सव चलिरहेकै बेला कता कता अर्चना पनेरुको कुरा पनि सुनिदैछ । जो पोर्नस्टार बन्ने सपना लिएकी बालिका हुन् । अर्चनाका अस्लील हर्कतबारे समाचार बाहिर आएपछि स्थानीय प्रसाशनले नियन्त्रणमा पनि लिएको थियो । समाजमा त्यस्ता अस्लीलता फैलाउने कार्य गर्नेलाई नेपालको कानुनले अबैध मान्छ । त्यो घटनापछि अर्चनाले पढ्दै गरेको स्कुलबाट उनलाई निकालियो पनि । भर्खर किशोरी अवस्थाकी उनमा यो पोर्नस्टार बन्ने भूत कसरी चढ्यो ?

 

अर्चना पनेरु नत मानसिकरुपमा नत उमेरले नै परिपक्व छिन् । उनको हर्कतले जसरी समाजलाई एक किसिमको च्यालेन्ज गरेको छ, त्यसको पछाडि धेरै कारणहरु पहिल्याउन सकिन्छ । उनको पारिवारिक पृष्ठभूमि, उनलाई कलाकारिताबारे बुझाइएको ज्ञान र समाजिक संस्कार संस्कृतिबारे उसलाई बुझाइएको महत्व । यदि हामीले आफ्ना सन्ततिहरुलाई सहि संस्कार र ज्ञान दिन सकेनौं भने यहाँ अन्य अर्चनाहरु नजन्मेलान् भन्न सकिन्न । कुरा अर्चनाको होइन उनको सोंच र मानसिकताको हो । अनि गलत कामलाई प्रश्रय दिने ब्यक्तिको हो ।

 

सुन्नमा आउँदैछ अर्चना पनेरुलाइ स्टेजमा उर्तायो भने दर्शक फालाफाल अनि आयोजक मालामाल हुने ठानेर हालै डडेल्धुरामा आयोजित सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सवमा बोलाइएको रहेछ । उनको हर्कतबारे थाहा पाएका ब्यक्तिले एकपल्ट हेरौंन, कस्ती रहिछन् भनेर महोत्सव स्थलसम्म गएछन् । जब उनले आफ्नो प्रस्तुती आइटम डान्समा एक(एक गरि लुगा खोल्दै गईन् अनि स्टेजमा बसेका अतिथि भद्र भलादमीहरु आँखा चिम्ली मुन्टो बटार्न बाध्य भए । दर्शकहरु लाजले भुतुक्क हुँदै आफ्नो बाटो लागेछन् ।

 

राजधानीबाट उक्त महोत्सवमा आफ्नो प्रस्तुति दिन गएका राष्ट्रिय कलाकारहरुले समेत अर्चनालाई स्टेज दिने कुरामा असहमति राखेका थिए ।

 

यहाँ अर्चना पनेरुको आलोचना गर्न खोजिएको होइन । उनी हाम्रै चेली हुन् । उनको कलाकार बन्ने, नाच्ने, अभिनय गर्ने इच्छाको हृदयदेखि नै सम्मान गर्नुपर्छ र सम्मानित उज्जवल भविष्यको कामना पनि । तर कुरा के हो भने अर्चना अझै बालिका नै हुन् । उनलाई सहि मार्ग्निर्देशनको खाँचो छ । स्कुलबाट निकालिँदा, गाउँ छिमेकी सबैले बिरोध र घृणा गर्दा उनमा एक किसिमको डिपे्रसन भएको हुनसक्छ । गाउँ समाजमा अस्लीलता फैलाएको भन्दै केहि दिन अघि मात्रै स्थानीयले अर्चनाको घरसमेत घेराउ गरेका थिए ।

 

अर्चनाको पोर्नस्टार बन्ने सपना उनको आफ्नै थिएन । उनको सपना साकार पार्न भन्दै नाङ्गा फोटाहरु सार्बजनिक गर्न स्वयम् उनका बुवा र आमाले भूमिका खेलेको बयान प्रहरीसमक्ष छ । आफ्नी होस् या अरुकी छोरी(चेलीको शरिरमा कतै खुट्टाले छोए पनि ‘ओहो च्व‘’ भन्दै पाप नलागोस् भनेर खुट्टा ढोग्ने नेपाली संस्कारलाई अर्चना मनोवृत्ति र उनका बुवा(आमाको चेतनास्तरले ठाडो चुनौती दिएको छ ।

यो मनोवृत्तिलाई कसरी हटाउने ? कसरी यस्ता गलत मानसिकता समाजमा फैलिन नदिने भन्नेतर्फ हाम्रो ध्यान जानै पर्छ । अर्चना साँच्चिकै शारिरीकरुपमा सुन्दर छिन् । अझ उमेरको परिपक्वताले उनको सुन्दरतामा आउने निखारले कलाकारिताको क्षेत्रमा अरुलाई उछिन्न सक्छिन् । त्यो महत्व उनलाई बुझाउन आवश्यक छ । नकी पोर्नस्टारबाट । यदि हामी समाजप्रेमी हौं र नेपाली समाज सूसभ्य र संस्कारयुक्त देख्न चाहन्छौं भने अर्चनालाई कलाकारिताको इज्जतिलो र नेपाली समाज सुहाउँदो कलाको बाटो देखाउनैपर्छ आफ्नै छोरीबैनी सम्झेर । किनकी तपाइँ हामी आफ्ना सन्तान पनि पोर्नस्टार बनोस् र सार्बजनिक स्थलमा नाङ्गिउन् भन्ने कदापी चाहदैनौं ।

 

म अर्चना र उनका आफन्तलाई डान्सर तेरिया फौजामगरबाट पाठ सिक्न आग्रह गर्दछु । सानो चिया पसल गरी घर खर्च चलाइरहेका तेरियाको परिवारलाई तेरियाले आफ्नो कलाकारिताबाट आर्थिक अवस्था निकैमाथि उठाइसकेकी छन् ।

 

अत्त्यमा, अर्चना पनेरुलाई माया गरौं, सम्मान गरौं, सहि मार्ग्निर्देश गरौं । सकिन्छ भने उनको रोकिएको पढाईलाई निरन्तरता दिने कुरामा उत्साहित गरौं । उनी र उनका अभिभावकको मन भित्र अझै रहेको छोरीलाई पोर्नस्टार बनाउने सपनामा मलजल नगरौं । तेरिया फौजामगर झैं अर्चना पनेरुलाई पनि सबैकी प्रीय छोरीबहिनी र देशकी असल कलाकार बन्नतर्फ प्रेरित गरौं । किनकी अर्चना हाम्रै चेली हुन् ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top