हट नायिका उर्बसीले दिएका यस्ता पोजले दुनियाँ रन्कायो [ हेर्नुस तस्विर]

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख २२ गते आइतवार काठमाडौं

 

बलिउड फिल्म ‘हेट स्टोरी ४’ कि नायिका उर्बसी रौतेला निक्कै नै हट एण्ड सेक्सी छिन् । उनका पछिल्ला अवतारले बलिउड नगरीमा एक किसिमको रन्को छाएको छ । केही समयअघि उनको नक्कली आइडी प्रयोग गरेर एक ब्यक्तिले मुम्बईमा पाँच तारे होटलमा कोठा बुक गरेको खबर सार्वजनिक भएपछि उनको चर्चा खुबै चलेको थियो । उर्वसीले बान्द्रा प्रहरीमा आफ्नो नाममा होटल बुक गराउनेको खोजी गर्न आग्रह गरेकी थिइन् ।

 

 

उर्वसीले आफुले बुक नगराएको जानकारी होटललाई गराएपछि होटलले टिकट बुक गराउनेको डिटेल चेक जाँच गर्दा अनलाइन बुकिङ गराएको पाएको थियो । उर्वसीको नाममा खोलेको फेक आइडीवाट होटल बुक गराएको रहस्य खुलेको थियो । बिज्ञापन एजेन्सीको प्रतिनिधिलाई भेट्न जाने क्रममा उनले आफ्नो नाममा होटल बुक भएको जानकारी पाएकी थिइन् । होटलका स्टाफले उनलाई होटल बुकवारे जानकारी गराएका थिए ।

 

 

प्रहरीले आइपी एड्रेस स्क्यान गरेको छ । प्रहरीको चेकजाँचपछि मात्रै कुन मुलुकवाट होटल बुक भएको हो जानकारी हुने बताएको थियो । यद्यपी उक्त कुरा पत्ता लाग्न सकेन । तर उनै उर्वसी बलिउड नगरीमा छाउँनका लागि पछिल्लो समय यति हट पोज दिएकी छिन् । जुन तल हेर्न सक्नुहुनेछ । उनी मिस युनिभर्सल २०१५ को ताज जितेकी सुन्दरी समेत हुन् ।

 

हेर्नुस तस्विर

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top