बुद्धिमान व्यक्तिहरुमा हुन्छन् यी नराम्रो बानी

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख २२ गते आइतवार काठमाडौं

 

दिमाग सबैसँग हुने गर्दछ तर हरेकको बुद्धि एकै खालको हुदैन । केही बुद्दिमानी हुन्छन् भने केही सामान्य बुद्धि भएका त कोही मन्द बुद्धि। यी मध्ये जो व्यक्ति बुद्धिमान हुन्छन् त्यस्तो व्यक्तिसँग हरेक समस्याको समाधान हुने गर्दछ र हरेक क्षेत्रमा यिनीहरुले प्रगति गर्ने गर्दछन् । बुद्धिमान व्यक्तिको केही नराम्रो बानी पनि हुने गर्दछ । बुद्धिमानीहरुको नराम्रो बानी प्राय: एकै हुने गर्दछ । बुद्धिमान व्यक्तिमा पनि नराम्रो बानी हुने गर्दछ र यो ३ नराम्रो बानीले उनीहरुको दिमागलाई तेज बनाईराख्न पनि मद्दत गर्दछ । एक रिसर्चको अनुसार बुद्धिमान व्यक्तिहरुको केही नराम्रो बानी अगाडि आएको छ जसलाई उनीहरु चाहेर पनि बदल्न सक्दैनन् ।

 

सानो-सानो कुरामा कसम लिने बानी :- सामान्य कुरामा कसम खाने व्यक्तिहरुबाट तपाई टाढा नै रहनु राम्रो होला किनकि यस्तो व्यक्तिहरु माथि भरोसा गर्नु हुदैन किनकि यस्तो व्यक्ति आफ्नो बचावको लागी कसमको कवच ओढ्ने गर्दछन् । एक रिपोर्टको अनुसार स-सानो कुरामा कसम खाने व्यक्तिहरु दिमागी रूपले तेज हुने गर्दछन् । यिनीहरुको बानी वरिपरि भएका व्यक्तिहरुको भन्दा निकै अलग हुने गर्दछन् ।

 

राती निन्द्रा कम आउने गर्दछ :- बुद्धिमान व्यक्तिहरुलाई अरुको भन्दा कम निन्द्रा आउने गर्दछ । रातमा यिनीहरुलाई ढिला सुत्ने बानी हुन्छ । विज्ञ अनुसार मान्ने हो भने छिट्टै सुत्ने र बिहान छिट्टै उठ्ने वाला व्यक्ति समझदार हुने गर्दछन् । तर एक रिसर्च अनुसार ती व्यक्ति जसको आईक्यू ७५ को आसपास हुने गर्दछ ती व्यक्तिहरु ११ बजे भन्दा पहिले सुत्ने गर्दछन् तर जसको आईक्यू १२५ भन्दा धेरै हुन्छ उनीहरु राती १ बजे भन्दा पहिले सुत्ने गर्दैनन् ।

 

अव्यवस्थित कोठा :- बुद्धिमान व्यक्तिहरुको कोठा कहिले पनि व्यवस्थित हुदैन । यिनीहरुको कोठामा सामानहरु जता-ततै छरिएको हुन्छ । रिसर्चको अनुसार वरिपरि छरिएको सामानले नै यिनीहरुलाई अलग सोच्ने क्षमता प्रदान गर्दछ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top