चोरीको पैसाले प्रेमीकालाई ५५ हजारको मोबाइल

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख १९ गते बिहीवार काठमाडौं

 

चोरी आरोपमा एक जना पक्राउ परेका छन् । सातदोबाटो प्रहरीले सिन्धुलीका २८ वर्षीय इन्द्रबहादुर घिसिङलाई पक्राउ गरेको हो । वैशाख ५ गते सातदोबाटो चोकमा रहेको सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट ८ लाख ८४ हजार चोरी भएको थियो ।

 

चोरीमा संलग्न घिसिङले यसअघि सोही स्टोरमा सुरक्षा गार्डको रुपमा काम गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

 

 

घिसिङले चोरी गरेको पैसाले प्रेमीकालाई ५५ हजारको मोबाइल उपहार दिएको डीएसपी मिश्रको भनाई छ । वैशाख ५ गते साँझ सेल्सवेरीमा छिरेका घिसिङ चार–पाँच घण्टा त्यही लुकेका थिए।

 

मध्यरातसम्म बाथरुममा लुकेका उनले करिब १:३० बजे सेफमा राखिएको करिब नौ लाख चोरी गरेको अनुसन्धानबाट खुलेको हो । उनले चोरी गर्नु अघि त्यही काम गर्ने महिलाको पोशाक, मास्क र पञ्जा लगाएका थिए।

 

सीसीटीभी फुटेज हेरेर जीउडालका आधारमा उनलाई पक्राउ गरिएको डीएसपी मिश्रको भनाई छ । अनुहार छोपेको र कपडा फेरेकाले उनलाई चिन्न हम्मे परेको थियो।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top