सिन्धुलीका दुई बाम अगुवा भोजराज र बुद्धराम

लिला पौडेल २०७६ वैशाख ८ गते आइतवार सिन्धुली

 

सिन्धुली जिल्लाको बामपंन्थी अगुवाहरु भोजराज सत्याल र बुद्धराम श्रेष्ठको ३ महिनाको अन्तरालमा मृत्यु भइसकेको छ । २०७५ सालको पुसमा बुद्धराम श्रेष्ठको र चैत्रमा भोजराज सत्यालको मृत्यु भइसकेको छ । यो सत्य सबैलाई थाहा छ कि कुनैपनि बस्तुको जन्म पछि मृत्यु हुन्छ यो सार्वभौम नियम हो तर मानव समाजमा मान्छेका मृत्युहरु फरक–फरक रहन्छन । आफ्ना निहित स्वार्थमा केन्द्रित भएर जीवनयापन गरेका मान्छेहरुको मृत्युलाई सामान्य रुपमा लिइन्छ । तर समाजका खातीर तथा गरिव, निमुखा जनताको पक्षमा रहेर जनमुक्तीको लागि संघर्षमा लागेका अगुवाहरुको मृत्यु हुँदा सारा समाज नै स्तब्ध हुन्छ । पिडा महसुस गर्दछ । त्यस्तै गरिव निमुखा जनताको पक्षमा लागिरहेका बाम अगुवाहरु भोजराज सत्याल र बुद्धराम श्रेष्ठको निधनमा समाजका शोषित उत्पीडित जनता दुःखीत छन् ।

 

 

सामाजिक अगुवाहरुको मृत्युलाई भावी पुस्ताहरुले कसरी लिने यो अहम विषय हो मृत्युको समयमा दुःखित हुने श्रद्धाञ्जली दिने र औपचारिकता पूरा गर्ने जस्ता काम त हुन्छन नै त्यतीमै मात्र सामाजिक अगुवालाई सिमित गर्नु हुन्न । कुरा के हो भने ती सामाजिक अनगुवाहरुले समाजलाई अग्रगती दिन गरेका कामहरु र उनिहरुका सकारात्मक पक्षहरुको भावी पुस्ताले आत्मसाथ गर्नु र जीवन व्यवहारमा लागु गर्नु नै ती अगुवाहरुलाई श्रद्धाञ्जली दिएको सार्थकता हुन्छ ।

 

भोजराज सत्याल र बुद्धराम श्रेष्ठ औपचारिक रुपमा जुन राजनीतिक पार्टीमा रहेर काम गर्नु भएको थियो त्यो पार्टीमा रहेर यो पत्तिकारले काम गरेको होइन तर बामपंथी आन्दोलनमा निष्ठाको राजनीति का धरोहर हुनुहुन्थ्यो उहाँहरु । सिन्धुली जिल्ला त्यसमा पनि तीनपाटन भेगका आधारभुत जनतालाई बाम आन्दोलनमा लाग्न उहाँरुहको प्रेरणाले ठूलो काम गरेको छ । तिनपाटन भेगका बाम समर्थक जनताहरुको मतको अवसरवादीहरुले दुरुपयोग गरेका छन् त्यो अर्कै कुरा हो तर बामपन्थी सोच विचार बामपन्थमा ध्रुविकृत हुने प्रेरणा दिने उहाँहरु नै हो । उहाँहरुको मृत्युमा श्रद्धाञ्जली दिने र गोहीको आसु झार्ने महानुभावको कमि थिएन । आफूलाई भोजराज र बुद्धरामको नजिकका र सहयात्री बताउने महानुभावहरुको गोहीको आँसु देख्दा के गर्ने लाई भन्दा देख्नेलाई लाज जस्तो लागेको थियो । उहाहरुले जीवनमा शोषण दमन अत्याचारका विरुद्ध लड्नुभयो । तर राजनीतिलाई कमाउने थलो बनाएर नव धानाड्य बनेका चमेरे कमरेडहरुले उहाँहरुको स्मृतीमा झारेका आँशु गोहीकै हुन् भन्नुमा मलाई कुनै शंकोच लाग्दैन । यो निष्कर्षमा तीनपाटनका इमान्दार मान्छेहरु एक मत छन् भन्ने कुरामा पनि मलाई पूर्ण विश्वास छ । भोजराज र बुद्धरामको आदर्श र मान्यतालाई जीवनभर चुनौती दिइरहेका जे गरेर पनि कमाउन तल्लीन भ्रष्टहरुले एक मिनेट श्रद्धाञ्जलीको स्वाङ गर्नुको के अर्थ जुन चेहेराहरुले उहाँहको सम्मान ग¥यो ती चेहेराहरु राज्य ढुकुटीका शिकारी थिए । यस्तो श्रद्धाञ्जली त अप्राकृतीक श्रद्धाञ्जली हो । मैले लेखेका यि शब्दहरु कसैलाई तीतो लाग्ला नराम्रो लाग्ला, बढिनै लेख्यो भन्ने लाग्ला तर यो यथार्थ हो । लेख्नै पर्छ । भोजराज र बुद्धरामले सदस्यता दिएर संगठित गरेका तीनपाटन भेगका कार्यकर्ताहरु विभिन्न रङ बदल्दै नैतिकता मूल्य मान्यता सबै धोती लगाएर राज्य ढकुकुटीको दोहन गर्दै विभिन्न शक्तिकेन्द्रको आडमा कमाउ धन्दामा संलग्न भएर नवधनाड्य बनेका छन् । दुइ जिब्रे प्रबृत्ति मार्फत राजनीतिमा उचाई लिएका र आफ्नै सहकर्मीहरुलाई छिर्के लगाएर घात गर्दै राजनीतिक उचाई लिएका तथा निति र सिद्धान्तलाई भुलेर विभिन्न पार्टी चाहार्दै अहिले राजनीतिक उचाई लिएको देखिएकाहरुले उहाँहरुद्धयले आस्था राख्ने पार्टी को खिल्ली उडाउने गरेको पनि देखिएकै हो । तर अहिले उहाँहरुलाई वास्तविक कम्यूनिष्ट भनेर गोहिको आँशु झार्नु पर्दा कस्को खिल्लो उड्यो स्पष्ट भईसकेको छ ।

 

 

अब जाऔं भोजराज र बुद्धरामको पृष्ठभूमि र सैद्धान्तीक मान्यता के कस्तो थियो भन्ने बारेमा । उहाँहरुको पार्टी जिम्मेबारीको हिसावले फरक कमिटीमा हुनुहुन्थ्यो तर उहाँहरुको राजनीतिक अविभाजित नेकपाको विभाजन पश्चात विशेष गरि २०१९ साल पछि खासमा भन्दा पुष्पलालाले २०२५ सालको गोरखपुर सम्मेलनले पास गरेको नयाँ जनवादी क्रान्तीको कार्यदिशा कै वरिपरी रहेर आउदै गरेको पाइन । पुष्पलाललाई समयमा नयाँ जनबादी क्रान्तीको फौजी कार्यदिशा निर्धारण गर्न नसकक्नु पुष्पलालका कमजोरी थिए तर नयाँ जनबादी क्रान्ती पूरा गर्ने अठोट र दृढता जीवनका अन्तीम क्षण सम्म थियो । तिनपाटन भेगका जनताहरुको त्यतिवेलाको भनाइ नै के थियो भने राजनीतिमा इमान्दार मान्छे भनेका त बुद्धराम र भोजराज पो हुन त । यो सत्यतालाई तीनपाटनका इमान्दारहरुले स्वीकारगरेका छन् ।

 

त्यसैले भोजराज र बुद्धराम को सम्मान गर्ने र उहाँहरुको सपना साकार पार्ने हो भने नयाँ जनबादी क्रान्ती नेपालमा सुरु गर्ने बाटोमा लामबद्ध हुन आवश्यक छ । यो पंत्तीकार भोजराज सत्याल र बुद्धराम श्रेष्ठलाई आन्तीम अन्तीम घडिमा भेट्न जाँदा उहाँहरु दुवैको खास भनाई के थियो भने नेपालमा नयाँ जनबादी क्रान्ती पूरा भएको छैन त्यो क्रान्तीलाई भावी पुस्ताले पूरा गर्नुहोला भन्ने मर्मस्पर्शाी भनाई थियो । उहाँहरुले नेपालका कम्युनिष्ट आन्दोलनमा दक्षिणपंन्थी संसोधनबादी खतरा छ र त्यसलाई चिरेर जानु पर्ने बताउनु भएको थियो । अर्थवाद र उपभोक्ताबादले जर्जर कम्युनिष्ट आन्दोलनलाई बचाएर देशलाई अर्ध सामन्ती र अर्ध औपनिवेशीकताबाट मुक्त गर्नु पर्ने विचार अन्त्य सम्म राखिरहनु भएको थियो ।

 

उहाँहरुको अभावमा बाम बैचारिक पक्षमा ठूलो नोक्सान भएको छ । उहाँहरु जिल्लाकै अगुवा भएता पनि खासगरि तिनपाटन भेगमा बैचारिक शैद्धान्तीक पक्षमा रहेर बहस गर्ने मान्छेको खडेरी झन देखा पर्दै छ । तीनपाटन भेगमा आफूलाई कम्युनिष्ट नेता बताउने त थुप्रै छन तर कम्युनिष्ट दर्शन र सिद्धान्तको जानकार मान्छे दिउसै बत्ती बाल्नु पर्ने अवस्था छ । यहाँका आफूलाई नेता भन्ठानेर गजक्क पर्ने त थुप्रै छन् तर माक्र्सवादी ज्ञान भने जीरो छ । खाली विकास निर्माणको बर्को ओडेर राज्य ढुकुटी दोहन गर्ने शिकारी मात्र छन् ।

 

भोजराज र बुद्धरामको सम्झना गर्दा ख्याल गर्नु पर्ने पक्ष भनेको अध्ययन लेखन पनि हो । द्वन्द्वात्मक भौतिकबाद ऐतिहासिक भौतिकबाद कम्युनिष्ट आन्दोलन बारे चिन्तन मनन उहाँहरुको परिचय हो र उहाँबाट सिक्नु पर्ने कुरा हो ।

 

बुद्धरामा श्रेष्ठ कम्युनिष्ट कार्यकर्ताहरु अध्ययन गर्नुपर्नेमा अध्ययन नगर्र्ने र सतही भएर धारणाहरु राख्ने गरेकोमा चिन्ता व्यक्त गर्नु हुन्थ्यो । आज भन्दा १ वर्ष अगाडि बुद्धराम श्रेष्ठ सँग भेटघाटको क्रममा उहाँले भन्नुभएको थियो कि मैले सुरेन्द्र केसिद्धारा लिखित नेपाल को कम्युनिष्ट आन्दोलनको इतिहास भाग ३ आफूले पढेको र भाग १ र २ मलाई पढ्न दिनुहोला भन्नु भएको थियो र छोटो समयको गफ गाफमा पनि भाग ३ को विष्लेषण गरिएको थियो मैले बुद्धराम श्रेष्ठलाई भाग २ र ३ दिन भनेर जादा उहाँ उपचारको क्रममा काठमाण्डौ जानु भएको र त्यस यता निरन्तर अस्वस्थ भइरहनु भएको हुनाले भाग २ र ३ अध्ययन गर्ने कुरा सदाको लागि स्थगित भयो । पुस्तक नै पढ्न नभ्याएपनि बुद्धराम श्रेष्ठको जीवन भोगाइ आफै कितावका पाना थिए भन्ने मलाई लाग्छ ।

 

अर्कोतिर भोजराज सत्याल यो भेगका वाम चिन्तक नै हुनुहुन्थ्यो । अध्यायन र चिन्तन मनन गर्ने उहाँ अगुवा नै हुनुहुन्थ्यो । अध्ययनको क्षेत्रमा कुरा गर्नु प¥यो भने भोजराज खोज्दै जानु पर्ने अवस्था थियो । साँस्कृतिक रुपान्तरण कम्युनिष्ट आन्दोलनको सश्लेषण, विश्लेषण अर्थात छोटकरीमा भन्दा सैद्धान्तिक बहस गर्न उहाँ तल्लीन हुनुहुन्थ्यो । सत्यालका दुइ कृती प्रकाशित छन् भने राष्ट्रिय–स्थानीय पत्र–पत्रीकाहरुमा थुप्रै लेख रचनाहरु प्रकाशित भएका छन् । उहाँका प्रकाशीत कृती मध्य पहिलो कृती कविताको छ जुन समाज विकासको नियम सँग सम्बन्धीत छ । अर्थात त्यो कृतीले ऐतिहासिक भौतिकबादलाई बुज्न सजिलो हुने कृती हो भने अर्को कविताको पुस्तक छ जसको नाम नै छन्द कविता हो । अघिल्लो कविता माक्र्सवादी सौन्दर्य कै परिधीमा छ भने दोस्रो छन्द्ध कविताले भने माक्र्सवादी सौन्दर्यको मान्यताबाट चिप्लीएको देखिन्छ यो मेरो बुजाइ हो कसैलाई माक्र्सवादी दर्शन सुहाउदो छ भन्ने लाग्छ भने फेरी बहस गरौला ।

 

अन्त्यमा ः भोजराज र बुद्धरामले आजीवन निष्ठाको राजनीति गर्नु भयो उहाँहरुका सहपाठी उहाँहरुले बनाएका तीनपटान भेगका धेरै कार्यकर्ता, निष्ठाको राजनीतिमा टिक्न नसकेर भुकम्पले धरहरा ढले झै गार्लाम्म गुर्लुम्म ढलेर राजनीतिलाई पैसा कमाउने भाडो बनाएर विग्रदा उहाँहरु सतीसाल झै दृढ रहनुभयो । माक्र्सवादको मूल मान्यता भनेको मानव समाजमा शोषण दमन अन्त्य नहुनुको मूल कारण निजी सम्पत्तीको कारण हो समाजबाट जव सम्म निजी स्वामित्वको अन्त्य हुदैन तव सम्म समाजमा शोषण भइरहने हुनाले आफूलाई कम्युनिष्ट भन्नेहरुले आफ्नु जीवन व्यवहारमा निजी सम्पतीको मोहमा फस्न नहुने मान्यता राख्नु हुन्थ्यो र माक्र्सवादका तीन सघटक अगे दर्शन राजनीतिक अर्थशास्त्र र बैज्ञानीक समाजबाद लाई इमान्दार पूर्वक लागु गर्ने दृणता भएका बामपन्थी योद्धाहरु भोजराज सत्याल र बुद्धराम श्रेष्ठ प्रती शब्द श्रदा !

 

सफल नेपाल साप्ताहिकमा प्रकाशित

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top