२०७६ साल वैशाख ०८ गते आईतबारको राशिफल (ज्योतिषी दुर्गा भण्डारी )

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ७ गते शनिवार काठमाडौं

 

वि.सं.२०७६ साल वैशाख ०८ गते । आईतबार । ईश्वी सन् २०१९ अप्रिल २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि द्वितीया,२२ घडी १२ पला,दिउसो ०२ बजेर २९ मिनेट उप्रान्त तृतीया । नक्षत्र विशाखा,३३ घडी ४५ पला,बेलुकी ०७ बजेर ०६ मिनेट उप्रान्त अनुराधा । योग सिद्ध्रि,०४ घडि ५३ पला,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण गर,दिउसो ०२ बजेर २९ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ०६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा उत्पात योग । चन्द्रराशि तुला,दिउसो ०१ बजेर ०८ मिनेट उप्रान्त बृश्चिक । छन्द दिवस । काठमाडौंमा सूर्योदय ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी १७ पला ।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- व्यापारमा मन्दी आउँने तथा लगानी गर्नको लागि केहि समय कुर्नुनै राम्रो हुनेछ । आफन्त तथा चेलिमाईती बिचको सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ । पढाई लेखाईमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा अबिश्वास सिर्जना भई टाडिनु पर्ने बाध्यता आउँनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । बिहानको समय मध्ययम रहेकोले न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छन् ध्यान दिनुहोला ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफुतिरनै ल्याउँन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुको लागि समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा मन्दी आउँने समय रहेकोछ । अवसरवादीहरुको चंगुलमा परिनेछ ध्यान दिनुहोला । न्यायलयबाट न्याय पाउँन कठिन रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- चिठ्ठा पर्ने तथा उपाहार प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा नकिज हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतिमा मन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा घर परिवारका सदस्यसँग राय बाजिनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । तापनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- बिहानको समय राम्रो रहेकोले आफन्त तथा कुटुम्बबाट सहयोग तथा सद्भाव पाईनेछ । परिवारका साथ रमाईलो यात्राको तय हुनेछ । मध्यान्हबाट यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । व्यापारमा लगानीको अभावले आम्दानिमा कमि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- पारिवारिक माहोलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसि व्यापारमा समय व्यातित हुने तथा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तिव्र गतिमा अगाढि बढाउँन सकिनेछ । प्रणय सम्बन्धमा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- समाजसेवा तथा राजनितिमा समय व्यातित गर्नेहरुका लागि समय मध्ययम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दी आउँने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तरपनि सुचना प्रबिधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनकै शिलशिलामा यात्रा गर्न सकिनेछ तथा अलि बढि समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- बिहानको समय राम्रो रहेकोले छिमेकमा राम्रो काम गर्न सकिने तथा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ कामको प्रश्ताब आउने तथा आम्दानिमा बढोत्तरि हुनेछ । मित्र तथा परिवारका सदस्यहरुले तपाईको काममा समर्थन गर्नेछन् । शरिरमा आट शाहस तथा पराक्रम बढेर जानेछ । साझपख चोटपटकको भए तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न । तापनि लामो दुरिको यात्रा हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):- सिमित स्रोत साधनको प्रयोग मार्फत असिमित आवश्यक्ता परिपुर्ति गर्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापारमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाईको सहयोगमा भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले सरकारि तथा प्रशासनिक काममा झन्झट हुनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- बिहानको समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्राको योग रहेकोछ । अध्ययनमा सुधार आउँने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सरकारि काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढिनै लगानी गर्नपर्ने देखिन्छ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- धार्मिक तथा अध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथिभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बडि प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

तपाईको दिन शुभ रहोस् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top