एनसेल र नेपाल टेलिकममा बोल्ने महिलाहरु (हेरौँ २१ तस्बिर)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ७ गते शनिवार काठमाडौं

ntc-ncell
 

फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अन्य जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ ।

 

उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन् । तर केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ ।

 

तस्बिरहरु हेर्न तल जानुहोस्

 

“तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ । केही समयपछि पुनः डायल गर्नुहोला।“ नेपाल टेलिकममा सुनिने यो स्वर अनुपमा कर्माचार्यको हो ।

 

नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि उनले आफ्नो स्वर रेकर्ड गरेर पठाइन्। अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो।

 

उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ। त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो। उनले रेकर्ड गराएको सन्देश अंग्रेजी भाषामा बज्छ।

 

पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन्।

 

अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन्। हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन्।

 

भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन्।

 

तपाईँ हामीले फोनमा सुनिरहेको स्वर दिने कलाकारहरूमध्ये दुईजना भूमिका र सुबानीसँग सृजना श्रेष्ठले कुराकानी गरेर तयार पारेको यो भिडिओ, हेर्नुहोस् ।

 

भिडियो, तस्बिरहरु हेर्न तल जानुहोस्

 

 

तस्बिरहरु हेर्न तल जानुहोस्

 

बजार हिस्सा बढाउँदै नेपाल टेलिकम

 

नेपाल टेलिकमले पछिल्ला ५ वर्षमा आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ  । नेपाली दूरसञ्चार बजारमा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी लगानीको सेवा प्रदायक एनसेलबीच प्रतिस्पर्धा रहँदै आएको छ  ।

 

इन्टरनेट र टेलिफोनमा आधा दर्जन प्रविधिमार्फत टेलिकमले सेवा उपलब्ध गराउँदै आएको छ । टेलिकमले आधाभन्दा बढी हिस्सा ओगटेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । टेलिकमले पछिल्लो एक वर्षमा मात्रै २१ लाख ५५ हजारभन्दा बढी ग्राहक संख्या बढाएको छ । एनसेलले यो अवधिमा करिब १५ लाख ग्राहक थप्यो ।

 

प्राधिकरणले सार्वजनिक गरेको साउनसम्मको तथ्यांकअनुसार टेलिकमको बजार हिस्सा ५१ प्रतिशत छ भने उसको प्रतिस्पर्धी एनसेलको हिस्सा ४२ प्रतिशत छ । एनसेलभन्दा बढी सेवाहरू रहेकाले टेलिकमको बजार हिस्सा बढदै गएको विश्लेषकहरू बताउँछन् । टेलिकमले फिक्स्ड टेलिफोन सेवाअन्तर्गत पीएसटीएन, वायरलेस लोकल लुप, मोबाइल सेवाअन्तर्गत जीएसएम, सीडीएम सेवा दिइरहेको छ । उसका सबैभन्दा बढी ग्राहक जीएसएम, सीडीएम र पीएसटीएन (ल्यान्डलाइन) मा छन् ।

 

टेलिफोनमा जीएसएमतर्फका ग्राहक एक करोड ७८ लाख ४९ हजार बढी छन् । सीडीएम प्रविधिअन्तर्गत फोन सेवाका ग्राहक करिब १६ लाख छन् । ल्यान्डलाइनका ग्राहक ६ लाख ८० हजार बढी रहेको दूरसञ्चार प्राधिकरणले जनाएको छ । एनसेलले जीएसएम प्रविधिको टेलिफोन सेवा मात्रै दिन्छ ।

 

इन्टरनेट सेवाअन्तर्गत टेलिकमले एडीएसएलसहित मोबाइल डाटा, वाइम्याक्स, सीडीएमजस्ता वायरलेस इन्टरनेट सुविधा पनि दिइरहेको छ ।

 

टेलिफोन सेवाअन्तर्गत नेपाल टेलिकमका कुल ग्राहक २ करोड २ लाख बढी छन् । यस्तै इन्टरनेट सेवातर्फ उसका ग्राहक करिब ६८ लाख छन् । एनसेलका ग्राहक मोबाइलतर्फ करिब एक करोड ६६ लाख छन् । उसका मोबाइल डाटातर्फका ग्राहक संख्या ६१ लाख ३३ हजार बढी छन् ।

 

दुई मुख्य प्रतिस्पर्धीबाहेक अन्य सेवाप्रदायकको बजार हिस्सा भने नगण्य मात्र छ । स्मार्ट टेलिकमको बजार हिस्सा ५ प्रतिशत रहेको प्राधिकरणको तथ्यांकमा जनाइएको छ ।

 

फोरजी ग्राहकतर्फ भने टेलिकमभन्दा एनसेल अगाडि छ । नेपाल टेलिकमभन्दा एक वर्ष ढिला गरी फोरजी सेवा सुरु गरेको एनसेलले यो सेवालाई दुई दर्जन मुख्य सहरमा विस्तार गरेको छ । टेलिकमको फोरजी सेवा भने काठमाडौं उपत्यका र पोखरामा मात्रै सीमित छ । टेलिकमले ०७३ मंसिर र एनसेलले ०७४ जेठदेखि फोरजी सेवा सुरु गरेका हुन् । टेलिकमका फोरजी ग्राहक ६ लाख २१ हजार र एनसेलका फोरजी ग्राहक करिब १२ लाख भएको प्राधिकरणले जनाएको छ ।

 

नेपाल टेलिकमले देशैभर एकसाथ फोरजी सेवा सुरु गर्ने गरी अघिल्लो वर्ष आह्वान गरेको टेन्डर प्रक्रिया अहिलेसम्म पनि मूल्यांकनको चरणमै छ । थ्रीजीतर्फ भने टेलिकम र एनसेलका ग्राहक बराबरी छन् । टेलिकम र एनसेल दुवैका थ्रीजी सेवाका ग्राहक ५–५ लाख रुपैयाँ छन् । नेपालका करिब ४० प्रतिशत जनसंख्याले मोबाइल इन्टरनेट प्रयोग गर्ने प्राधिकरणले जनाएको छ । तारसहितको ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्नेको संख्या १० प्रतिशत मात्रै छ ।

 

पछिल्लो ५ वर्षको तथ्यांक केलाउने हो भने टेलिकमले आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । ५ वर्षअघि साउनको तथ्यांकअनुसार टेलिकमको बजार हिस्सा ४३ प्रतिशत थियो । एनसेलको बजार हिस्सा करिब ४९ प्रतिशत थियो । अघिल्लो साउनमा टेलिकमको बजार हिस्सा ४९ प्रतिशत थियो भने एनसेलले ४४ प्रतिशत बजार ओगटेको थियो ।

 

नेपालमा दूरसञ्चार सेवा दिन ६ कम्पनीले अनुमतिपत्र पाएका भए पनि टेलिकम र एनसेलबाहेक अन्यले बजारमा बलियो उपस्थिति जनाउन सकेको छैन । टेलिकम र एनसेलबाहेक यूटीएल, नेपाल स्याटेलाइन टेलिकम, स्मार्ट टेलिकम, सीजी टेलिकमले पनि अनुमतिपत्र पाएका छन् । तर, अधिकांशको बजार हिस्सा नगण्य छ ।

 

सरकारले वैशाख ३१ गते गठन गरेको नेपाल दूरसञ्चार प्राधिकरणसम्बन्धी छानबिन तथा सुझाव समितिले दुई सेवाप्रदायकको मात्रै उपस्थिति हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा हुने सक्ने भन्दै तत्काल तेस्रो कम्पनीलाई भित्र्याउन सुझाव दिएको छ ।

 

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top