नेपाल तामाङ विद्यार्थी घेदुङ सिन्धुलीको चौथो जिल्ला अधिवेशन

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ७ गते शनिवार काठमाडौं

 

सिन्धुली – नेपाल तामाङ विद्यार्थी घेदुङ सिन्धुलीको चौथो जिल्ला अधिवेशन शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

 

“सम्पूर्ण तामाङ विद्यार्थीहरु एक हौ । वैज्ञानिक, बहुभाषिक र संघीय शिक्षा निति कार्यन्वयन गरौ ।” भन्ने मूल नाराका साथ अधिवेशन भएको हो ।

 

नेपाल तामाङ विद्यार्थी घेदुङ सिन्धुलीको अध्यक्ष सम्झना भोल्न तामाङको अध्यक्षता तथा नेपाल तामाङ विद्यार्थी घेदुङ को केन्द्रीय अध्यक्ष हर्क बहादुर भोलन तामाङ्गको प्रमुख आथित्यामा भएको उद्घाटन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ ३ नम्बर प्रदेशका संयोजक काजीमान थिङ, नेपाल तामाङ घेदुङका सिन्धुलीका अध्यक्ष गम्भिरसिंह मोक्तान, विभिन्न जातिय संगठनका प्रमुख तथा प्रतिनिधी लगाएतको उपस्थितिमा रहेको थियो ।

 

अबिधेशनले अजय तामाङ्ग को अध्यक्षतामा १३ सदस्य नयाँ समिति चयन गरेको छ । जसमा विज्ञान बल उपाध्यक्ष , राजु योञ्जन सचिव, मनुका तामाङ सह सचिव र सर्मिला बजु कोषध्यक्ष र अन्य ८ जना सदस्यमा चयन भएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top