निजामती कर्मचारी संगठनको स्थापना दिवसमा बिरामीलाई फलफुल बितरण (फोटो फिचर)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ७ गते शनिवार सिन्धुली

 

नेपाल निजामती कर्मचारी संगठनको ३० औँ स्थापना दिवस सिन्धुलीमा पनि मनाइएको छ । स्थापना दिवसको अवसरमा एक कार्यक्रमकाबिच सिन्धुली अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको हो ।

 

 

कार्यक्रम सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अस्पतालमा भर्ना भएर उपचार गराइरहेका २० जना बिरामीहरुलाई फलफुल बितरण गरिएको पुरुषोत्तम दहालले जानकारी दिए ।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ ढकालले कर्मचारी संगठनले आफ्नो स्थापनाकालदेखि नै कर्मचारीको हकहित र सेवाप्रवाहलाई जनमुखी बनाउने लगायतका महत्वपुर्ण विषयहरुको उठान गर्दै आएकाले कर्मचारीवृतमा लोकप्रिय हुन सफल रहेको बताए ।

उनले कर्मचारी समायोजनको विषयमा समायोजन कार्य सम्पन्न भइसकेकोले अब सरकारको भिजनलाई कार्यान्वयन गर्न सम्पुर्ण राष्ट्रसेवक कर्मचारीलाई दत्तचित्त भएर लागिपर्न आग्रह समेत गरे ।

 

कर्मचारी संगठन सिन्धुलीका कार्यवाहक अध्यक्ष तिलकबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आधिकारीक ट्रेड युनियन सिन्धुलीका सचिव अनन्त न्यौपाने, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाश लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा संगठनकी उपाध्यक्ष कबिता शिवाकोटीले स्वागत मन्तव्य राखेकि थिइन् भने कार्यक्रमको संचालन संगठनका सचिव पदम मगरले गरेका थिए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top