जुनार बगैचाको कीरा नियन्त्रणका लागि अभिमुखीकरण तालिम

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ७ गते शनिवार काठमाडौं

 

जुनार बगैचा ब्यबस्थापन तथा क्षेत्रगत कीरा नियन्त्रणकालागि स्प्रेकर्ताहरुलाई शुक्रवार अभिमुखीकरण तालिम दिईएको छ । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, जुनार सुपरजोनले जुनार उत्पादन क्षेत्रका २५ जना स्प्रेकर्ताहरुलाई स्प्रे सम्बन्धि अभिमुखीकरण दिएको हो ।

 

स्प्रेकर्ताहरुले जुनार फललाई कुहाउने औंसा पर्ने झिँगा चाइनिज सिट्रस फ्लाई (ब्याक्टोसेरा मिन्याक्स) लाई मार्न प्रोटिनबेट जुनार फल्ने बोटमा स्प्रे गर्ने सुपरजोन कार्यान्वयन इकाईका बरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले जानकारी दिए ।

 

जलकन्या, मझुवा, रतनचुरा, तीनकन्या, वितिजोर, डुढभञ्ज्याङका जुनार किसानलाई प्रोटिनवेट वितरण गरिएको र उक्त विाषदी स्प्रे गर्न सवै क्षेत्रबाट जुनार किसानहलाई स्प्रेको तालिम दिई दक्ष बनाएर पठाईएको छ । गत बर्ष तीनकन्यामा प्रोटिन हाइड्रोलाईसेट प्रयोग गरिएको थियो । त्यहाँ विगतमा कीराले ५५ प्रतिशत सम्म क्षती गरेकोमा अहिले १० प्रतिशत भन्दा कमै क्षती भएको पाईएपछि जिल्लाका किसानहरु अहिले बिषादी स्प्रे गर्न इच्छुक देखिएका छन् ।

 

छुटेका अन्य क्षेत्रका किसानले पनि प्रोटिनवेट खरिद गर्न पैसा संकलन गरि रहेको जुनार सुपरजोन सिन्धुर्लीले जनाएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top