२०७६ सालको बार्षिक राशिफल 

ज्योतिषी दुर्गा प्रसाद भण्डारी २०७६ वैशाख १ गते आइतवार सिन्धुली

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  :- मेष राशि भएका व्याक्तिहरुका यो वर्ष उत्साहजनक रहनेछ । जेष्ठ ०८ गतेसम्म र कार्तिक १३ गतेबाट चैत्र ०४ गतेसम्म बृहस्पतिको अनुकुल प्रभावले नयाँ काम पाउँने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । बिशेष गरि स्कुल,कलेज,कन्सल्टेन्सि,होटल व्यावसाय,बैक तथा बित्तिय जस्ता क्षेत्रमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । लामो दुरिको धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । वौद्धिकता तथा नया प्रबृधिको प्रयोग मार्फत धन तथा सम्पतिमा बृद्धि गर्न सकिने समय रहेकोछ । लामो समयदेखि रोकिएर बसेका काम तथा योजनाहरु पुरा हुनेछन् । भाग्यले प्रेमपात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडिहरुले आफ्नो प्रेम सम्बन्ध बिवाहमा परिणत हुनेछ । तेस्रो भावमा वर्षभरिनै गोचर गर्ने राहुले आट,शाहस तथा पराक्रममा बृद्धि गर्नेछ भने खेलकुद तथा पराक्रमि क्रियाकलापमामा सहभागि भई देश बिदेशको यात्रामा निश्कन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनितिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ । पढाई लेखाईकै सवालमा दक्षिण तथा पच्चिमी मुलुकको यात्रा गर्न सकिनेछ । लेखन कला शाहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि यो वर्ष उत्तम रहनेछ ।

 

फाल्गुन ०३ गते सम्म भाग्य भावमा र फाल्गुन ०४ गतेबाट राज्यभावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले समाजमा बिशिष्ट तथा उच्च पदाधिकारी सँग घनिष्ट सम्बन्ध बनाई राम्रा तथा परिणाममुखि काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सरकारी नोकरिमा प्रवेश,पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने लामो समयदेखिको बिवाद अन्य हुनेछ । कम्प्युटर पाट्स,इलेक्ट्रीक सामान,घर जग्गा,र्ईन्जिन,हार्डवयेर,फेक्ट्री,फार्मेसी तथा उत्पादन मुखि व्यावसाय बिगत भन्दा फस्टाएर जानेछ ।

 

जेष्ठ ०९ गतेबाट कार्तिक १२ गतेसम्म कष्ट भावमा प्रवेश गर्ने बृहस्पतिले आफन्त तथा घर परिवारमा नराम्रा घट्नाको सामना गर्नु पर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा वा सवारि साधन चलाउदा ख्याल गर्नुहोला शरिरमा चोटपटक लाग्नेछ । माटोपन,जन्डिज, कोलस्ट्रोल तथा कलेजो सँग सम्बन्धित बिरामीहरुले बिशेष ख्याल गर्नुहोला ।

 

राशि स्वामि मंगल साउन २६ गते बाट असोज ०८ गतेसम्म पञ्चम भावमा गोचर गर्ने हुनाले  बंश बृद्धिको गतिलो योग रहेकोछ भने भौतिक सम्पति तथा बिलाशी सामानहरु उपाहारको रुपमा प्राप्त हुनेछन् । असोज ०९ गतेबाट कार्तिक २६ गतेसम्म छैटौ भावमा गोचर गर्ने मंगलले प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने लामो समय देखिका ऋणबाट मुक्त हुन सकिनेछ । पौष १२ गतेबाट माघ २७ गतेसम्म अष्टम भावमा गोचर गर्ने स्वगृह मंगलले लट्री तथा चिठ्ठा पर्ने योग बन्नेछ । नसोचेको धन तथा सम्पति हात लागी हुनेछ । माघ २८ गतेबाट चैत्र १२ गतेसम्म भाग्य भावमा गोचर गर्ने मंगलले बृहस्पतिसँग यूक्ति गरि पारीजातको योगको निर्माण गर्ने हुनाले धार्मिक यात्रा हुनेछ भने धर्म तथा अध्यात्मको क्षेत्रमा रुची बढ्नेछ । चैत्र १३ गतेबाट दशौ घरमा मंगल उच्च भई रुचक योगको निर्माण गर्ने हुनाले समाजमा प्रतिष्ठित काम गरि नाम कमाउन सकिनेछ । नोकरिमा प्रबेश पाई राज्यको उच्च पदमा आसिन रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ भने लिडरसिप क्षमतामा बृद्धि हुनेछ । आर्थिक दृष्टिले असार,असोज,माघ तथा फाल्गुन महिना मेष रासि हुँनेहरुका लागि शुभ रहनेछ । मेष राशि भएका व्याक्तिहरुले प्रत्यक मंगलाबार गणेष भगवानको पुजा तथा आराधना गरि गणेष भगवानलाई खुसि बनाउन सके कामहरु समयमा सम्पन्न हुनेछ । शनिको लागि बिश्नुको पुजा तथा पीपलमा जल चडाउनाले र बृहस्पतिको लागि बंगलामुखिको दर्शन गर्ने र राहु केतुको लागि बटुक भैरभको पुजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पुजा गर्नाले लाभ मिल्नेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-  बृष राशि भएका व्यक्तिहरुका लागि संघर्षमय पुर्वाद्धको समय पार गर्दै मध्य तथा उत्तराद्धको समय फलदायि रहनेछ । फाल्गुन ३ गतेसम्म कष्ट भावमा गोचर गर्ने  शनिको अढैयाको प्रभावले घर परिवारमा बिषेश गरि पति पत्निबिच दुरि बढ्नेछ भने घरायसि कुरामा आफन्तविच शैद्धान्तिक विषयमा राय बाजिनेछ । कष्ट भावमा शनि र केतुको यूत्तिले भौतिक सम्पति हराउँने,सवारि साधनको प्रयोग तथा परिचालन गर्दा दुर्घटना हुने योग रहेकोछ ।  आर्थिक मन्दि तथा काममा ढिला शुश्तिको चपेटामा परिनेछ । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । सरकारि ओहोदामा बसेर सेवा प्रवाह गर्ने व्याक्तिहरुबाट अनाबस्यक झन्झट व्यहोर्नु पर्नेछ । आफन्त सँग मनमुटाब सिर्जना हुने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । जन्म कुण्डलिमा शनि कमजोर हुँने हरुले नसा सम्बन्धि समस्या तथा प्यारालाईसिस तथा ग्यास्ट्रिकको समस्या झेल्नु पर्नेछ । फाल्गुन ४ गतेबाट भने शनिको अढैया सकिने तथा शनि भाग्य भावमा स्वगृह भएर गोचर गर्ने हुनाले लामो दुरिको धार्मिक यात्रा हुनेछ । ईन्जिन सम्बन्धि व्यावसाय फस्टाएर जानेछ भने फैक्ट्रि तथा उत्पादन मुखि व्यावसायबाट लाभ हुनेछ ।

 

वर्षभरिनै  धन भावमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले छिटो बोल्दा वा नसोचि कुनै पनि कुराको निर्णण गर्दा परिस्थिति बिग्रनेछ । कुटुम्ब तथा आफन्त सँग धन सम्पति तथा मुभि सम्बन्धि बिवाद बढ्नेछ ।  रुपैया पैसा सापटि नदिनुहोला फर्केर आउँने सम्भावना कम रहेकोछ । राजनिति तथा कुटनितिको क्षेत्रमा बिदेश यात्रा गर्नेहरुका लागि धन स्थानको राहुले प्रशस्त धन सम्पति दिनेछ । कर्म प्राप्तीको लागि बिदेश यात्राको योग रहेकोछ ।

 

जेष्ठ ८ गतेबाट कार्तिक ०४ गतेसम्म व्यापार भावमा गोचर गर्ने बृहस्पतिले स्कुल,कलेज,मन्टेश्वरी,बैक तथा बित्तिय क्षेत्रमा थप लगानि गर्ने वाताबरण बन्नेछ भने व्यापारमा सहभागि हुँनेहरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । गीत संगित तथा मोडलिङको क्षेत्रमा समय लगानि गर्ने तथा कलाकारितको भुमिकामा देखिनेहरुका लागि समयले साथ दिनेछ । आफुलाई मन परेको मानिससँग वा पति पत्निका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाई लेखाईबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । व्यापार बिस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश बिदेशको यात्रा गर्न सकिनेछ ।

 

जेष्ठ ८ गते सम्म र कार्तिक १२ गते पछि कष्ट भावमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले दिर्घकालिन रोगले सताउँन सक्छ ध्यान दिनुहोला । मोटोपन,कोलस्ट्रल,कलेजोका बिरामीहरुलो बिशेष ख्याल गर्नुपर्नेछ । तापनि अष्टम भावमा स्वगृह बृहस्पतिको कारणले नसोचेको धन सम्पति प्राप्त हुने तथा लट्री,चिठ्ठा पर्ने प्रशस्त सम्भावना रहनेछ ।

 

राशि स्वामी शुक्र बैसाख २५ गतेसम्म राज्य भाव र आएभावमा गोचर गर्ने हुनाले नयाँ काम पाउने तथा  राज्यको मेकानिजम् भित्र बसेर काम गर्नेहरुका लागनि सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । जेष्ठ २० गतेबाट असार १२ गतेसम्म स्वगृह भई मालव्य योगको  निर्माण गर्ने शुक्रले घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ भने बिलाशी बस्तु,स्टार होटल तथा ब्रान्डेड सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । आश्विन १६ गतेबाट कार्तिक १० गतेसम्म प्रतिष्पर्धा भावमा स्वगृह भई गोचर गर्ने शुक्रले न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् भने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

 

आर्थिक दृष्टिकोणले साउँन कार्तिक फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेकोछ । प्रत्येक शुक्रबार ईन्द्रयणि देविको दर्शन,पुजा आराधाना गर्नाले र शनिको अढैया तथा नकारात्मक प्रभावबाट बच्नको लागि बिश्नु भगवानको पुजा तथा आराधना गर्ने,पीपलमा हरेक शनिबार जल चडाउँने गर्दा लाभ मिल्नेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :-  मिथुन राशि हुँनेहरुका लागि पुर्वाद्ध र अन्त्यको समय संघर्षमय हुदै मध्यकाल शुभ रहनेछ । जेष्ठ ०८ गते सम्म र कार्तिक १२ गतेबाट चैत्र ०४ गतेसम्म व्यापार भावमा गोचर गर्ने बृहस्पतिले घर जग्गा,हाउजिङ तथा सवारि साधनको कारोबार तथा खरिद बिक्रिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायबाट सन्तोष जनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नती हुँनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा निरन्तर लागि पर्ने बिद्यार्थी वा रिसर्च पर्सनका लागि समय फलदायि रहेकोले उत्कृष्ट नतिजाका साथ समाजमा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

 

जेष्ठ ०९ गतेबाट कार्तिक ११ गतेसम्म रोग भावमा र चैत्र ५ गतेबाट कष्टभावमा गोचर गर्ने बृहस्पति र फाल्गुन ०३ गतेसम्म सप्तम भावमा गोचर गर्ने शनि र फाल्गुन ४ गतेबाट अढैया शनिको प्रभावले कुनै पनि मुद्दा मामिला तथा बिवादमा सहभागि भए हारिने सम्भावना रहेकोछ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । साझेदारि व्यावसायमा साझेदारहरु बिचनै शैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । जण्डिज,सुगर,मोटोपन,पथ्थरि तथा मृर्गौला जस्ता रोगबाट पिडित हुनेहरुले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने जीवन साथि सँग मनमुटाब सिर्जना हुनेछ । लामो दुरिको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला ।

 

वर्षभरिनै राशिमा गोचर गर्ने राहु र व्यापार भावमा गोचर गर्ने केतुले खर्चको तुलनामा आम्दानि कमजोर रहने हुनाले व्यावासायमा थप लगानि गर्ने बाताबरण टरेर जानेछ । आफन्त तथा कुटुम्ब सँग भौतिक सम्पतिको बाडफाडमा बिवाद हुनेछ । पुरातन सस्कृतिलाई लत्याएर अग्रगामी छलाङ मार्न खोज्दा सहयोग तथा समर्थनको अभावमा चाहेको गन्तब्य पत्ता लगाउन मुस्किल पर्नेछ ।

 

भौतिक सम्पति तथा स्रोत साधनको प्रयोग गर्न नजान्दा दुर्घटना नहोला भन्न सकिन्न । मानशिक अस्थिरता बढ्नेछ भने सवारि साधन हराउने तथा चोरि हुने सम्भावना रहेकोछ । रासि स्वामि बुध जेष्ठ १९ गतेबाट असार ०७ गतेसम्म लग्नमा स्वगृह भएर भद्र योगको निर्माण र भाद्र २४ गतेबाट असोज १० गतेसम्म चौथो भावमा प्रबेस गरि पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ भने राजनिति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ ।

 

प्रतिकुल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगालामुखिको भक्तिभावका साथ पुजा तथा आराथना गर्नाले लाभ मिल्नछ । आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,मंसिर र चैत्र महिना उत्कृष्ट रहनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- कर्कट राशि हुँनेहरुका लागि यो वर्ष बिभिन्न अवसरहरुको सदुपयोग गरि जीवनमा उल्लेख्य सुधार गर्दै अगाडि बढ्न सकिने समय रहेकोछ । जेष्ठ ९ गतेबाट कार्तिक ११ गतेसम्म बिद्या भावमा गोचर गर्ने बृहस्पतिको प्रभावले बिद्यार्थिहरुले पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् । शेयर बजार,अध्ययन अध्यापन,बैक तथा बित्तिय क्षेत्रमा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् भने नोकरिमा बढुवा हुँने योग रहेकोछ । माया प्रेमका कोपिलाहरु फक्रिनेछन् भने सुयोग्य बर बधुको लगन गाठो बाधिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ । आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । कृषि तथा चौपाया व्यावसायमा लगानि बढाई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । घरजग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने स्थाई सम्पति जोड्ने समय रहेकोछ ।

 

फाल्गुन ३ गतेसम्म छैटौ भावमा गोचर गर्ने शनिले बादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रहि काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुन्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागि यो वर्ष फलदायि रहनेछ । सामाजिक मर्यादा तथा निति निययको पालन गरि काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । मामा तथा मावलि पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । फाल्गुन ४ गतेबाट सप्तम भावमा गोचर गर्ने स्वगृह शनिले शश योगको निर्माण गर्ने हुनाले उत्पादन मुखि व्यावसाय फस्टाएर जानेछ । सवारि साधन,फलाम तथा हार्डवयेर सँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सप्तम भावमा गोचर गर्ने शनिले पारिवारिक माहोल बिग्रने तथा पति पत्निबित सामान्य मनमुटाब सिर्जना हुनेछ । वर्षभरिनै बिदेश भावमा गोचर गर्ने राहु र छैटौ भावमा गोचर गर्ने केतुले अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर श्रम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्वदेशमै बसेर एनजिओ,आईएनजिओ,बिदेशी लगानिबाट स्ञ्चालित सस्था, कन्सल्टेन्सि र मेनपावर व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय राम्रो रहेकोछ ।

 

आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले बैसाख,जेष्ठ,असोज, मंसिर महिना राम्रो रहेकोछ । बंगलामुखि देबिको पुजा तथा आराधना तथा शनिबार बिश्नुको पूजा तथा पिपलमा जल चडाउँला लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागि बटुक भैरबको पुजा तथा आराधाना गर्दा लाभ मिल्नेछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :-सिंह राशि भएका हरुका लागि समग्रमा यो वर्ष राम्रो रहेकोछ । चैत्र ०४ गतेसम्म बृहस्पतिको अनुकुल प्रभावले घर जग्गा तथा भौतिक सम्पति जोड्न सकिनेछ । पैत्रिक सम्पति आफ्नो नाममा आउने योग रहेकोछ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रश्तुत गर्ने अवसर जुर्नेछ । नाँफामुखि व्यावसाय भन्दा सेवामुखि व्यावसाय फस्टाएर जानेछ भने प्र्रयत्न गर्दा राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । शेयर बजार,स्कुल,कलेज,सहकारी,इन्सुरेन्स,बैङक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे धन सम्पति कमाउँने योग रहेकोछ ।  सवारि साधनको कारोबार तथा खरिद बिक्रिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । आमा वा आमासरहका मानिसबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँदा अग्रगामि छलाङ मार्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई बिवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् ।

 

वर्ष भरिनै आए भावमा गोचर गर्ने राहु र बिद्या भावमा गोचर गर्ने केतुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम पाउँने, पदोन्नती हुँने तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । कुटनिति तथा राजनिति क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समयले साथ दिने हुदा राज्यबाट पद पाउँने,नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेकोछ । सन्तानसँग भने केहि बिषयमा सैद्धान्तिक राय बाजिनेछ ।

 

फाल्गुन ४ गतेसम्म (बिद्या, बुद्धि, सन्तान) भावमा गोचर गर्ने शनिले मानशिक अश्थिरता बढ्नेछ भने योजनाहरु कार्यान्वयनको चरणमा लैजान मुस्किल पर्नेछ । नसा तथा ग्याट्रिक सम्बन्धि समस्याले सताउनेछ । अध्ययनमा मन जाने भएपनि शनिको प्रभावले भनेजस्तो नतिजा आउनेछैन । मुद्दा ममिला तथा न्यायिक क्षेत्रसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अदालति निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । फाल्गुन ५ गतेबाट शनिको अनुकुल प्रभावले ऋण,रोग तथा सत्रुलाई पन्छाउँदै एक कदम अगाडि बढ्न सकिनेछ । स्वामी सूर्य पौस महिना भरि शनि सँग पञ्चम भावमा गोचर गर्ने हुनाले बुवाको स्वास्थमा समस्या आउन सक्छ ।

 

शनिदेवलाई खुसि पार्नको लागि बिष्नुको पूजा तथा आराधना, पीपलमा जल चडाउँने,राहु तथा केतुको लागि भैरबको दर्शन तथा आराधना गर्नुपर्दछ । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ महिना राम्रो रहेकोछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :- कन्या राशि हुँनेहरुका लागि पुर्वाद्ध तथा उत्तराद्र्धको समय राम्रो रहेपनि मध्यको समय संघर्षका बावजुत उपलब्धि हासिल गर्न सकिनेछ । जेष्ठ ०९ गतेसम्म र कार्तिक १२ गतेबाट चैत्र ०४ गतेसम्म बृहस्पतिको अनुकुल प्रभावले कृषि तथा चौपाया व्यावसायमा लगानि बढाई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । घर जग्गाको घरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने स्थाई सम्पति जोड्ने समय रहेकोछ । माता पिताको सहयोग तथा आशिर्वाद प्राप्त हुँने हुँनाले कामगर्न जोस जागर बढेर आउँनेछ । यो वर्ष   ब्यापार ब्याबसाय,बाणिज्य,लेखन,कलासाहित्य तथा सबै खाले प्राबिधिक पेशामा कन्या रासि भएका ब्याक्तिहरुले आफुलाई स्थापित गर्दछन् । कम्यूनिकेशन,अफिसर, वलिक, राजनितिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा ब्याबसायमा  उल्लेख्य सफलता प्राप्त गर्न सकिनेछ ।

 

वर्षभरिनै कर्मभावमा गोचर गर्ने राहु,सुख भावमा गोचर गर्ने केतु र फाल्गुन ४ गतेसम्म सुख भावमा गोचर गर्ने शनिको अढैया दशाको प्रभावले सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेकोछ । यात्राका सवालमा केहि कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । आम्दानिमा कमि हुँने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनाबस्यक दुख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढ्नेछ । राजनिति तथा कुटनितिकको क्षेत्रमा समय लगानि गर्नेहरुले जनताको समर्थन पाउँन कडा मेहनेत गर्नु पर्नेछ । जन्मथलो छोडेर लामो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । तर जन्म कुण्डलिमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुँनेछ ।

 

राशि स्वामि बुध बैसाख १६ गतेसम्म व्यापार भावमा उच्च शुक्रसँग गोचर गरेर लक्ष्मीनारायणको योग बनाउँने हुनाले फेन्सि कपडा,कस्मेटिक्स सामान,स्टार होटल,बा्रन्डेड सामान तथा गीत संगितको क्षेत्रबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । जेष्ठ १८ गतेबाट आषाड ७ गतेसम्म  राज्यभावमा र पुनह भाद्र २४ गतेबाट असोज १० गतेसम्म राशिमा बसेर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले बैंक तथा बित्तिय क्षेत्रमा जागिर पाउँने तथा राजनिति गर्नेहरुले पद प्राप्तीको गतिलो योग रहेकोछ । कन्फिडेन्ट पावर तथा निर्णय क्षमतामा बृद्धि हुनेछ ।  जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायि रहनेछन् । आर्थिक दृष्टिकोणले असार,साउँन,मंशिर तथा फाल्गुन राम्रो रहनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- यो वर्ष तुला राशि हुने हरुका लागि उत्साहजनक बर्ष रहनेछ । फाल्गुन ०३ गतेसम्म पराक्रम भावमा गोचर गर्ने शनिले व्यापार व्यावसायमा शुक्ष्म व्यावस्थापन तथा समयको सदुपयोग गर्दै लगानि गर्ने बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । कला साहित्य,गित संगित, मोडलिङ पेशा ब्याबसायमा चासो बढ्नेछ । बिषेशत फिलिम, नृत्य, लेखन क्षेत्रमा बिषेश दख्खल हुनेछ । कूटनिति, परराष्ट्र,राजनिति,राजदुत वा यस्तै कार्यमा आफुलाई अब्बल साबित गर्ने समय रहेकोछ । त्यसैगरि स्पेश ईन्जिनियर,खगोलबिज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिजा जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित  गर्न सकिनेछ । छिमेकि तथा दाजुभाईबाट सहयोग तथा समर्थन पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन,काम तथा खेलकुद तथा पराक्रमि क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश बिदेशको यात्रामा निश्कन सकिनेछ । फाल्गुन ४ गतेबाट शनिको अढैयादशाको प्रभावले काममा ढिला सुस्ति हुने योग रहेकोछ ।

 

वर्ष भरिनै भाग्य भावमा गोचर गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सांगठनिक बिस्तार तथा प्रशिक्षण कार्यक्रमकै सवालमा लामो यात्रा हुनेछ । कुटनितिको कारक राहु स्वयम् भाग्य भावमा गोचर गर्ने हुनाले राजदुत तथा परराष्ट्र जस्ता क्षेत्रमा पद पाईने तथा स्थानान्तरण हुनेछ । पशुपालन तथा कृषि व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । त्यस्तै पराक्रम भावमा गोचर गर्ने केतुले ढुङगा माटो वा कन्ट्रक्सनको क्षत्रेमा समय लगानि गर्नेहरुका लागि अकस्मात धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । किर्तिमानि काम गरि प्रशिद्धि कमाउँन सकिनेछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपस्थिति रहनेछ । भाग्यले साथ दिने हुदा सानो सानो प्रयत्नले सकारात्मक तथा उपलब्धि मुलक कामहरु हुनेछन् ।

 

जेष्ठ ८ गतेबाट कार्तिक ११ गतेसम्म धनभावमा गोचर गर्ने बृहस्पतिले परिस्थिति अनुकुल बन्ने तथा भाग्यले साथ दिनेछ । स्कुल,कलेज तथा बित्तिय क्षेत्रमा गरिएको लागानि फस्टाएर जानेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने बिबाह गरि घरजम गर्न सकिनेछ । घर जग्गा,सवारि साधन तथा गरगहना जोड्ने सकिनेछ । जेष्ठ ७ गतेसम्म र कार्तिक १२ गतेपछि बृहस्पतिको प्रभाव अनुकुल नहुनाले कामहरु समयमा नसकिने तथा बिलम्ब हुने हुनाले मान सम्मानमा कमि हुनेछ । नितिनियम नमान्दा वा नियम संगत काम नगर्दा राज्यबाट दण्ड तथा जरिजाना हुनेछ । मोटोपन,कोलस्ट्रोल,जन्डिज जस्ता रोगले सताउँनेछ ख्याल गर्नुहोला आमा तथा घरपरिवारबाट अलग हुने योग रहेकोछ ।

 

राशि स्वामि  शुक्र जेष्ठ १९ गते साझबाट अष्टम भावमा स्वगृह हुुनाले नसोचेको धन तथा सम्पति लाभ हुनेछ । चिट्ठा पर्ने तथा उपाहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ । फेन्सि तथा बिलाशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आश्विन १६ गतेबाट कार्तिक १० गतेसम्म राशिमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गरि आर्थिक अवस्था मजभुत पार्न सकिनेछ । घर जग्गा तथा सवारि साधन जोडिनेछ भने घर परिवारमा शुभ तथ मांगलिक कार्य हुनेछ । आर्थिक दृष्टिकोणले साउँन,भाद्र,पौस तथा चैत्र अनुकुल रहेकोछ । प्रतिकुल समयमा देबि तथा बंगलामुखिको दर्शन, पुजा तथा आराधना, तथा बृहस्पतिको मन्त्रजप गरि समयलाई फलदायी बनाउन सकिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बृश्चिक राशि हुनेहरुका लागि यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । चैत्र ४ गतेसम्म राशिभावमा र धन भावमा गोचर गर्ने बृहस्पतिले धन सम्पतिमा बृद्धि हुँनेछ भने प्रशस्त रुपैया पैसा संग्रह गर्न सकिनेछ । निर्णायक तहमा बसेर गरिने निर्णयहरु समाज तथा जनताको पक्षमा हुँनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेकोछ । बोलिको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । बिद्यार्थीहरुका लागि समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै शवालमा देश विदेशको यात्रा हुनेछ । बृहस्पतिको प्रभावले स्कुल,कलेज,फार्मेसी,अस्पताल,बैक तथा बित्तिय जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पति जोड्ने योग रहकोछ । जल तत्व रासि भएको हुँनाले पानि  सँग सम्बन्धित कामहरु जस्तै माछापालन, हाँसपालन, हाईड्रो ईन्जिनियर, पौडिबाज जस्त क्षेत्रमा बिषेश चासो रहनेछ । त्यस्तै कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता हात पार्न सकिनेछ  । आयात, अनुशन्धान,केमिकल,रिसर्च, एक्सप्लोरिङ, जीवबिज्ञान  जस्ता क्षेत्रमा काम गरि मनग्गे धन आर्जन गर्न  सकिनेछ ।

 

फाल्गुन ४ गतेसम्म शनिको अन्त्य शाढेशाति दशाको प्रभाव रहनेछ । झुटा आरोप लाग्ने तथा मान सम्मानमा कमिको महशुुस हुँनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दुरि बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाई तथा जीवन साथिसँग मनमुटाव बढ्नेछ । तरपनि जन्मकुण्डलिमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा भए काम तथा अध्ययनको शिलशिलामा देश बिदेशका यात्रा हुँनेछ । फाल्गुन ५ गतेबाट शनिको साढेसाती सकिने तथा पराक्रम भावमा जाने हुनाले आट,शाहस,पराक्रममा बृद्धि भएर जानेछ । प्रोडक्सन तथा आयात निर्यात व्यावसाय फस्टाएर जाने हुनाले धन सम्पतिमा बृद्धि हुनेछ । वर्ष भरिनै अष्टम भावमा गोचर गर्ने राहु र धन भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना,चोटपटक तथा रोगले सताउनेछ ।

 

राशि स्वामी मंगल साउन २५ गतेबाट असोज ९ गतसम्म राज्यभावमा गोचर गर्ने हुनाले राज्यको सुरक्षा निकाएमा नोकरि पाउँने तथा पदोन्नतीको गतिलो योग रहेकोछ । पौष ११ गतेबाट राशिमा प्रवेश गरि माघ २७ गतेसम्म मंगलले रुचक योगको निर्माण गर्ने हुनाले आट,शाहस तथा पराक्रममा बृद्धि भएर जानेछ । घर जग्गा जोड्ने तथा हार्डवयेर,फलामको व्यावसाय फस्टाएर जानेछ । चैत्र १३ गतेबाट पराक्रम भावमा गोचर गर्ने उच्च मंगलको प्रभावले छोटो तथा लामो दुरिको यात्रा हुनेछ । पढाईका अलावा अतिरिक्त क्रिर्याकलापमा भाग लिई मनग्गे लाभ लिन सकिनेछ ।

 

आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,असोज,माघ महिना अनुकुल रहेकोछ । बंगालामुखिको पुजा तथा आराधना तथा शनिलाई खुसि पार्नको लागि बिश्नुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- धनु राशि भएका व्याक्तिहरुलाई पुर्वाद्ध र उत्तराद्ध उत्साहजनक रहेपनि मध्यको समय केहि संघर्षमय रहनेछ । जेष्ठ ०८ गतेसम्म र कार्तिक १२ गतेबाट राशिमा गोचर गर्ने स्वगृह बृहस्पतिको प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुँनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सरकारि तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त आम्दानि गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भुउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर,हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यार्थिवर्गहरुले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्र्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको शिलशिलामा देश बिदेशको यात्रा हुँनेछ । माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन् । लामो दुरिको धार्मिक यात्रा हुँनेछ भने परोपकार जन्य काममा सहभागि भईनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेकोछ । ईच्छित चाहना तथा मनोकामनाहरु पुरा हुँनेछन् । जेष्ठ ८ गतेबाट कार्तिक ११ गतेसम्म खर्च भावमा जाने बृहस्पतिले स्वास्थ्यमा समस्या आउनेछ । व्यापार तथा नोकरिमा बिध्न बाधाको सामना गर्नुपर्नेछ भने राजभए र मानिशिक क्लेश बढ्नेछ ।

 

वर्षभरिनै शनिको मध्य साडेसातिको प्रभाव रहनेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँनेहरुलाई बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने,समयमा काम सम्पन्न नहुँने तथा शरिर कमजोर हुँने समस्या आईपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । जन्म कुण्डलीमा शनि स्वगृह,उच्च,मित्रगृह तथा कुण्डलीमा ३ ६ ११ भावमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाम मुखि फल दिनेछ । वर्षभरिनै सप्तम भावमा गोचर गर्ने राहु र राशिमा गोचर गर्ने केतुले अचानक व्यापार व्यावसायमा बृद्धि हुनेछ भने लामो दुरिको मनोरञ्जनात्मक तथा व्यापारिक यात्रा हुनेछ । साझदारि व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति जोड्ने समय रहेकोछ ।

 

साढेसातिको प्रभाव हुँनेहरुले महांकाल तथा कालि भगवतिको आराधना गरि प्रत्येक शनिबार पपिलमा पानि चडाउँदा फाईदा हुँनेछ । बृहस्पतिको लागि माता बंगालामुखिको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ,असोज,कार्तिक तथा फाल्गुन महिना राम्रो रहेकोछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- मकर राशि हुँने हरुका लागि पूर्वाद्ध तथा उत्तराद्धको समय मध्ययम रहेपनि मध्यकालको समय राम्रो रहेकोछ ।  जेष्ठ ८ गतेबाट कार्तिक ११ गतेसम्म आए भावमा गोचर गर्नेे बृहस्पतिले राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले सम्मानजनक पद प्राप्त गर्नेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुँनेछ । स्कुल,कलेज,कन्सल्टेन्सि,फार्मेसि,अस्पताल,ट्राभलजेस्सि,तरल पदार्थ,हाईड्रोपावर,अनलाईन व्यापार,प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् भने लगानि बढाउँने अवसर जुट्नेछ । न्याय, ईन्जिनियरिङ, ब्याबस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त हुनेछ । डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पद पाउँने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका प्रगति हुँनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर जग्गा तथा स्थाई सम्पति जोड्न सकिनेछ । नयाँ कामको खोजिमा रहेकाहरुले नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँनेछ । माया प्रेमको सम्बन्ध बिवाहमा परिणत हुँनेछ भने जीवन साथिको सहयोगले बिषेश काम गर्ने अवसर प्राप्त हुँनेछ । जेष्ठ ७ गतेसम्म र कार्तिक १२ पछि बृहस्पति खर्च भावमा जाने हुनाले नोकरिमा आफ्नो कार्य क्षमता देखाउन नसक्दा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या देखिने हुदा उपचार खर्च बढेर जानेछ भने आखामा समस्या आउनेछ । बिशेष गरि कोल्डस्टोर,कलेजो,जण्डिज तथा सुगर रोग भएकाहरुले सचेत रहनु होला ।

 

वर्ष भरिनै छैटौ घरमा गोचर गर्ने राहु र खर्च भावमा गोचर गर्ने केतुले व्यापार बिश्तारको सवालमा देश बिदेशका यात्रा हुँनेछ भने अकस्मात धन तथा सम्पतीमा बृद्धि हुँनेछ । खर्च बढाए पनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिदेशी लगानिबाट सञ्चालित सस्था एनजिओ,आईएनजिओ,मल्टिनेसन कम्पनिमा काम पाउने प्रशस्त सम्भावना रहेकोछ भने अफिसिएल यात्रा हुनेछ । स्वदेशमा उत्पादित सामानहरुको व्यापार व्यावसाय बिदेशमा निर्यात बढ्नेछ भने व्यापार बिश्तारकै शिलशिलामा लामो दुरिको समुन्द्रपारको यात्रा हुनेछ । छोटो समयमा आर्थिक उन्नति गरि जीवन स्थर उकास्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा होसियार हुँनुहोला दुर्घटना नहोला भन्न सकिन्न ।वर्षभरिनै शनिको साढेशाति दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरु सँग बिवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्नेछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलिमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुँनेछ ।

 

शनिको नकरात्मक प्रभावबाट बच्नको लागि महांकाल तथा कालि भगवतिको पूजा आराधना गरि पीपलमा जल चडाउँदा फाईदा हुँनेछ । वर्षभरि राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार,कार्तिक,मंसिर तथा चैत्र महिना लाभदायक रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-कुम्भ राशि हुँनेहरुका यो वर्ष उत्साह पुर्वक बित्नेछ । वर्षभरिनै राज्य भावमा र आएभावमा गोचर गर्ने बृहस्पतिले राजनिति तथा कुटनितिको क्षेत्रमा लामो समय देखि काम गर्नेहरुले राज्यबाट कार्यकारि पद प्राप्तीको योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको ग्रहयोग रहेकोछ । सञ्चार,कम्प्युटर, बिज्ञान तथा प्रबिधि,रिसर्च, ज्योतिष,लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनितिमा लागेर सफलता प्राप्त  गर्न सकिनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो समयदेखिका प्रेम सम्बन्ध तथा सुयोग्ग बर बधुको लगन गाठो कसिनेछ । मातृभुमि छोडेर लामो दुरिको फाईदाजनक धार्मिक तथा शैक्षिक यात्रा हुँनेछ भने पुत्र लाभको गतिलो योग रहेकोछ ।

 

फाल्गुन ४ गतेसम्म शनि अनुकुल हुनाले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनिति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । बिदेशी भाषा तथा बिदेशी सस्कार सस्कृतिको अनुशरण गर्नेशरुका लागि समय उत्तम रहेकोछ । बहुमुल्य धातु तथा सवारि साधन जोड्न सकिनेछ । भुमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुँनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ । फाल्गुन ४ गतेबाट शनिको साढेशाति सुरु हुने हुनाले कुण्डलीमा शनि कमजोर हुनेहरुका लागि काममा ढिलाशुस्ति तथा स्वास्थ्यमा समस्या देखिनेछ ।

 

वर्षभरिनै पञ्चम भावमा गोचर गर्ने राहु र आएभावमा गोचर गर्ने केतुले धन तथा सम्पतिमा अचानक बृद्धि हुनेछ । शेयर बजार, लट्रि तथा सट्टाको कारोबार एक्काशी बढ्नेछ । भाग्य तथा आएमा बृद्धि भई आर्थिक अवस्था मजभुत रहनेछ ।

 

आर्थिक दृष्टिकोणले बैसाख साउँन मंसिर,पौस महिना उत्कृष्ट रहेको छ । बिधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखिको पूजा तथा आराधना तथा राहु केतुको लागि बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- यो वर्ष मिन राशि हुनेहरुका लागि सुरुको समय संघर्ष मय रहेपनि अन्तको समय भने उल्लाशमय रहनेछ । वर्षभरिनै भाग्य भाव तथा राज्यभावमा गोचर गर्ने बृहस्पतिले पढाई,लेखाई,खोज तथा अनुशन्धानकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । समाजमा गुमेको साख फिर्ता गर्न सकिनेछ भने राजनिति तथा कल्याणकारि क्षेत्रमा समय लगानि गर्नेहरुले राज्यबाट पद पाउने तथा प्रशस्त सेवा सुबिधा पाउने ग्रहयोग रहेकोछ । राज्यको निकाएमा बसेर काम गरिरहेका हरुले अनुकुल स्थानमा सरुवा तथा कार्यकारि पदमा बसि देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सुधार हुने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । ईन्जिनियरिङ,,दूध तथा दूग्ध पदार्थ, गोताखोर, बैज्ञानिक शोध, लेखन, साहित्य,कबिता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य बिधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा यो वर्ष राम्रो रहेकोछ । प्रेम सम्बन्धहरु बिवाह बन्धनमा बाधिने गतिलो योग रहेकोछ ।

 

राज्य भावमा गोचर गर्ने केतुेले बसाई सराई तथा मातृभुमि छोडि अन्य स्थानमा स्थानान्तरण हुने योग रहेकोछ भने जागरि तथा व्यावसायमा अलि बढि चनाखो भएर काम गर्नु पर्नेछ । घर जग्गा तथा सवारि साधनमा विवाद आउँने योग रहेकोछ ।

 

फाल्गुन ३ गतेसम्म राज्य भावमा र ४ गतेबाट आएभावमा गोचर गर्ने शनिले नोकरि तथा कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय भएपनि उनिहरुका नकारात्मक सोचाई तथा गलत क्रियाकलापहरुलाई चिर्दै सुधारमुखि काम गर्न सकिनेछ । कामहरुमा बिलम्ब भएपनि अन्तत प्रतिफल भने उत्साहमुखि हुनेछ । नचाहादा नचाहादै मुद्दा मामिला जस्ता बिवादास्पद बिषयमा सहभागि हुनु पर्ने भएपनि अन्तत छुट्कारा पाईनेछ ।

 

आर्थिक दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ पहिना उत्कृष्ट रहेका छन् । बिधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखिको पूजा,आराधन तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउँनाले लाभ मिल्नेछ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top