नयाँ वर्षको शुभकामना

सम्पादकीय २०७६ वैशाख १ गते आइतवार सिन्धुली

 

आज २०७६ सालको पहिलो दिन अर्थात् नयाँ वर्षको नयाँ दिनको शुरुवात । नयाँ वर्षको शुरुवातसँगै आज अधिकांश नेपालीहरुले खुशीका साथ यो अवसर मनाउने गरेका छन् । २०७५ साललाई फर्केर हेर्दा १ वर्षको अवधिमा सिन्धुली जिल्लामा धेरै सकारात्मक र नकारात्मक घट्नाहरु घटे । त्यसैले, विगतका वर्षको सफलतालाई आत्मशात गर्दै असफलताबाट पाठ सिक्ने अवसरका रुपमा नयाँ वर्ष मनाइनुपर्छ । नयाँ वर्षको शुरुवातमा धेरैजसोले भाका पनि राख्ने गर्दछन् । केहिले सकारात्मक कदमलाई प्राथमिकता दिने र नराम्रा व्यवहारलाई त्याग्ने वाचा पनि गरेका हुन्छन् । समग्रमा, नयाँ वर्षलाई आशाको नयाँ दिपका रुपमा लिइन्छ । त्यसैले, २०७६ सालको नयाँ दिनले सबै सिन्धुलीवासीलाई स्वच्छ र भ्रष्टाचारमुक्त जिल्ला बनाउन प्रेरित गर्नुपर्छ । समाजको विकृतिका रुपमा रहेको भ्रष्टाचारलाई निर्मूल पार्न सबैले भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने अठोट लिन आवश्यक छ । त्यसैगरि, जनताप्रति उत्तरदायी शासन प्रणाली, जवाफदेहिता, पारदर्शिता, प्रभावकारी सरकारी सेवा, कानुनी राज्यको आभास, आर्थिक विकास, मानवअधिकारको रक्षा र जिल्ला र समग्र देशमा शान्ति–सुरक्षाको प्रत्याभुति दिन जनप्रतिनिधिहरुकालाागि नयाँ वर्षले थप हौसला दिओस्, शुभकामना !

 

 

 

त्यसैगरि, हाम्रा समस्त पाठक, शुभचिन्तक, विज्ञापनदाता तथा समस्त नेपालीजनमा नयाँ वर्ष २०७६ को पावन अवसरमा सुख, सम्बृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ । नववर्षको यो नुतन घडीले हामीलाई थप सहिष्णु, विवेकवान् र धैर्यवान् बन्ने प्रेरणा देओस् भन्ने कामना व्यक्त गर्दछौँ । त्यसका साथै जिल्लालाई विकास र समृद्धिको बाटोमा डोहो¥याउने हौसला पनि हामी सबैलाई सँधैभरि प्राप्त भइराखोस् भन्ने कामना गर्दछौँ । नव वर्षको यो उमंग र खुसियाली बर्षभर नै कायम भइराखोस्, नयाँ वर्षको शुभकामना !

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top