२०७६ साल वैशाख १ गते आइतबार को राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७५ चैत ३० गते शनिवार सिन्धुली

 

 

वि.सं. इश्वी सन् २०१९ अप्रिल १४ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ । चैत्र शुक्लपक्ष। तिथि– नवमी, ६ः३१ बजेदेखि दशमी, २८ः०७ बजेउप्रान्त एकादशी। नक्षत्र– अश्लेषा, २७ः२० बजेउप्रान्त मघा। योग– शूल, २६ः३९ बजेउप्रान्त गण्ड। करण– कौलव, ६ः३१ बजेदेखि तैतिल, १७ः२० बजेपछि गर, २८ः०८ बजेउप्रान्त वणिज। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कर्कट, २७ः२० बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५ः४३ बजे, सूर्यास्त– १८ः२८ बजे र दिनमान ३१ घडी ५० पला। नववर्ष वि.सं. २०७६ प्रारम्भ। वैशाख संक्रान्ति। मेष राशिमा सूर्य १६ः३६ बजे प्रवेश। भक्तपुरमा विश्वध्वज पातन। टोखास्थित सपनतीर्थमा स्नान। खायुसन्हु। काठमाडौंको चम्पादेवीमा मेला।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- चुनौतिका वावजुत पनि राजनिति तथा समाजसेवामा काम गर्नेहरुका लागि राम्रा काम गरेर देखाउँन सकिनेछ । बिशेष तथा गोप्य योजनाहरु केहिदिन पछि मात्र सार्वजनिक गर्नुहोला । आफन्त तथा अग्रजसँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबार तथा प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ  ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : – खेलकुद तथा आट,शाहस तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेकोछ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाड हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- धन स्थानमा  गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ । सर सापटि दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमुलक काम गर्न सकिनेछ । बोलिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्टान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउँन सकिनेछ । 

 

 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- नयाँ प्रवृधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुना पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । भौतिक सम्पतिको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने बस्त्र तथा अलङकार उपाहार पाईनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  :- खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेकोछ । व्यापारमा भनेजस्तो आम्दानि नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई बिश्वास गर्दा धोका पाईनेछ । लामो दुरिको बिदेश यात्रा हुनेछ भने एनजिलो तथा बिदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाईनेछ । खर्चभावमा गोचर गर्ने चन्द्रमाले फजुल खर्च बढ्नेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पैत्रिक धन तथा सञ्चित धनसम्पतिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । ईच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङग छाउनेछ । पढाई लेखाईमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोगले सवारि साधनको खरिद गर्न सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पढाई लेखाईमा सहपाठिहरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाई शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सोनो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपश्थिति रहनेछ । प्रेममा सामिप्यत बढ्नेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- खानपान तथा मौसमको ख्याल गर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दिा आउँने तथा आम्दानि कम हुनाले दैनिकी असहजतातिर धकेलिनेछ । पुराना समस्या पुनह दोहोरिनाले अलमलमानै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा केहि समयको लागि बिछोड हुन सक्छ । पढाई मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- माया प्रेममा नजिक हुने तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलाशी सामानको प्रयोग गरि अरुको ध्यान तान्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- बिवाद तथा प्रतिष्पर्धामा बिजय हुने योग रहेकोछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाईमा सहपाठिहरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरि नयाँ व्यावसाय सुचारु गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने मावलीपक्षबाट सहयोग पाईनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- बिद्या तथा प्रतिष्पर्धामा सहपाठिहरुलाई पछि पार्दे पुरस्का तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउँनेछ भने मन परेका मानिसबाट उपाहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुदा मन प्रशन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top