नेहा कक्कड नेपाल आउँदै, हेरौँ उनका १६ तस्बिर

सिन्धुली साैगात संवाददाता २०७५ चैत ३० गते शनिवार काठमाडौं

 

चर्चित भारतिय गायिका नेहा कक्कड नेपाल आउँदै छिन् । उनी ‘पारामाउन्ट इन्टरटेन्मेन्ट’ले आयोजना गरेको दुई कार्यक्रममा सहभागिता जनाउँन नेपाल आउन लागेकी हुन् । आयोजक दिपक घिमिरेले छिट्टै नै नेहाको कन्सर्टमा सहभागी हुन दर तोकेर टिकट बुकिंगका लागि खोलिने जानकारी दिए ।

 

नेहाले बैशाख २८ गते काठमाण्डौको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिनेछिन् भने २९ गते ठमेलस्थित एलओडी क्लबमा आफ्नो प्रस्तुती दिनेछिन् । सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै नेहाले काठमाण्डौमा आफु आउने खबर फ्यानमाझ विश्वस्त पारेकी छन् । उनले उक्त भिडियो मार्फत दर्शक स्रोतालाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेकी छन् ।

 

नेहाको ‘आँख मारे, दिलबर दिलबर, काला चस्मा, लण्डन ठुमकदा’ लगायत गीतहरुले सर्वा्धिक चर्चा बटुलेका छन् । नेहा हालकी बलिउडकी अग्रपंत्तीकी गायिकामा पर्न आउँछिन् ।

 

ब्रेकअप पिडाबाट थिग्रिदै नेहा कक्कर

 

बलिउड प्लेब्याक सिङ्गर नेहा कक्कर अभिनेता हिमांश कोहलीसँगको ब्रेकअप पिडाबाट थिग्रिने प्रयासमा छिन् । हिमांशसँगको चार बर्षे लामो प्रेम सम्वन्ध केहि समय अगाडी टुटेको थियो ।

 

यी सबैका बाबजुत पनि उनी सांगीतीक कार्यक्रमहरुमा देखिएकी थिईन् । तर हालै उनले आफ्नो ईस्टाग्राम पोष्टमा आफु डिप्रेसनले ग्रस्त भएको खुलाएकी छिन् । र धन्यवाद पनि दिएकी छिन् आफ्ना वारेमा नकारात्मक विषयहरु निकाल्नेहरुलाई र सफल भएको वधाई पनि दिएकी छिन् । दिलबर दिलबर , लन्डन ठुमक्दा , काला चस्मा लगायतका सुपरहिट गितहरुवाट हिट गायिका पनि डिप्रेसनको शिकार भएकी हुन् ।

 

त्यसपश्चात नेहा निक्कै पिडामा थिइन् । कतिले उनि डिप्रेसनमा पनि जान सक्ने अनुमान गरेका थिए । तर, समय परिवर्तन भएसँगै नेहा पनि बदलिन थालेकी छन् । सामाजिक संजालमा उनले शेयर गर्ने तस्विर र क्याप्सनले पिडाबाट थिग्रिने कोशिसमा रहेको संकेत गर्छन ।

 

भर्खरै शेयर गरेको पुरानो तस्विरमा उनले लेखेकी छन् ‘महिलामा पनि फरक निखार आउँछ, जब उसलाई सहि ट्रिट रा प्रेम गरिन्छ ।’

 

नेहाले हिमांशसँग केहि म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् । जब हिमांशसँगको प्रेमले मिडियामा स्थान पाउन लाग्यो, तब नेहाले ‘इण्डियन आइडल’को मंचबाटै हाँसी(खुसि प्रेम स्वीकारेकी थिइन् । तर, नेहालाई के थाहा ४ वर्ष पछि विछोडको घडी पनि आउनेछ ।

 

अर्को तस्विरमा उनि लेख्छिन ‘यदि तपाई कसैलाई विना मुस्कानको देख्नु हुन्छ, आफ्नो मुस्कान उसलाई दिनुस ।’ नेहाले एक अन्तर्वार्ताका क्रममा हिमांशलाई नचिन्ने समेत बताइसकेकी छन ।

 

उनि अब हिमांशको बारेमा कुरा गर्न चाहना राख्दिनन् । एक अन्तरवार्तामा उनले भनिन् ‘को हिमांश ? तपाई कस्को कुरा गर्दै हुनुहुन्छ ? म कोहि हिमांश नामको मान्छेलाई चिन्दिन ।

 

नेहा अहिले गायकी करिअरको स्वर्णिम घडीमा छिन् । वर्तमान समयमा बलिउडका सर्वाधिक गीत उनैले गाइरहेकी छन् ।

 

भरतीय चर्चित गायिका नेहा कक्कर यतिवेला डिप्रेसनको शिकार भएकी छिन् । पछिल्लो समय उनको जिवनमा घटेका घटनाहरुका कारण सफल गायिका कक्कर डिप्रेसनमा गएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हालसालै उनको नायक हिमांश कोहलीसंग ब्रेकअप भएको थियो ।

 

उनीहरुले सार्वजनिक रुपमै आफ्नो सम्वन्धलाई आधिकारिकता दिएका थिए । उनीहरु चाँडै बैवाहिक सम्वन्धमा वाँधीने कुराहरु पनि वाहिर आएको थियो । तर अचानक उनीहरुको ब्रेकअपका समाचारहरु वाहिरीएको थियो । ईन्डीयन आईडलको १० औं सिजनकी जज पनि रहेकी नेहा कार्यक्रमको सेटमा नै भावुक भएको सार्वजनिक भएको थियो ।

 

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top