निरिसाको स्टार प्लस हुदैँ नेपाली फिल्मको यात्रा (हेरौँ २१ तस्बिर)

सिन्धुली साैगात संवाददाता २०७५ चैत ३० गते शनिवार काठमाडौं

 

स्टार प्लस च्यानलबाट प्रसारण हुने टेलिसिरियल चन्द्रनन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी कलाकार हुन्, निरिसा बस्नेत । नेपाली चलचित्र जानी नजानीबाट डेब्यु गरेकी निरिसाले पहिले नेपालमा भिजे तथा मोडलका रूपमा काम गरिसकेकी छिन् । उनी २०१५ कि मिस टुरिज्म क्विनसमेत हुन् ।

 

अभिनयलाई रुचिका रूपमा लिने निरिसा बलिउडमा जम्ने रहरका साथ मुम्बईमा समेत सक्रिय छिन् । मूलघर विराटनगर भएकी बस्नेत पुराना नायक विश्व बस्नेतकी छोरी हुन् ।

 

nirisha-4

 

अरु तस्बिर तल छ ।

 

व्यवस्थापन संकायमा स्नातक गरेपछि करिअर ‘सेफ ल्यान्डिङ’ गर्न भौंतारिइरहेकी थिइन् निरिसा बस्नेत।

 

परिवारका सदस्य विदेशमा थिए। स्नातकोत्तर अध्ययन गर्न ’प्रेसर’ आइरहेको थियो। तर, निरिसामा थप अध्ययनको मोह पटक्कै भएन।

 

अनलाइन भएका बेला संयोगले एकदिन एयरहोस्टेसको काम गर्ने अवसर आएको उनले थाहा पाइन्। परिवारलाई समेत थाहै नदिइ उनी मुम्बई उडिन्, एयरहोस्टेस बन्ने सपना बोकेर।

 

तर, उनको एयरहोस्टेस बन्ने सपना बीचैमा टुंगियो। उनी कुनै पनि एयरलाइन्सका लागि छनोट हुन सकिनन्।

 

त्यसपछि उनले मुम्बई सहरमा जीवनलाई नयाँ मोड दिने सुर कसिन्।

 

अरु तस्बिर तल छ ।

 

उतै मोडलिङ ’जोइन’ गरिन्। समयक्रमअनुसार ग्ल्यामरको दुनियाँमा उनको रस भिज्दै गयो। त्यहाँका निकट व्यक्तिहरूसँग निरिसा नजिकिँदै गइन्। यही क्रममा उनी भारतीय चर्चित टेलिभिजन ‘स्टार प्लस’मा प्रसारण हुँदै आएको टेलिशृंखलाको ‘चन्द्र नन्दिनी’का लागि अडिसन दिन पुगिन्।

 

त्यही अडिसन नै निरिसाको अभिनय यात्राको पहिलो परीक्षा बन्यो। उनी पास भइन्।

 

साइड क्यारेक्टरका रुपमा निरिसाले ३ महिनासम्म टेलिशृंखलामा अभिनय गरिन्।

 

उतिबेला निरिसाको परिचय ‘निरिसा बस्नेत’ थिएन। उनलाई सबैले नेपाली मूलकी कलाकार भनेर चिन्थे।

 

उनी गर्व गर्दै भन्छिन्, ‘मैले त्यत्रो चर्चित टेलिशृंखलामा काम गरेँ। तर, मलाई मेरो नामले नभएर नेपाली मूलकी कलाकार भनेर चिन्थे। त्यति बेला लाग्थ्यो मैले नै सिंगो नेपाललाई प्रतिनिधित्व गरेकी छु।’

 

उनै निरिसा यतिबेला चैत्र १ गतेबाट प्रदर्शन हुने फिल्म ‘जानी नजानी’को प्रमोसनमा व्यस्त छिन्।

 

यही फिल्ममार्फत् उनले नेपाली रजतपटमा पाइला टेक्दैछिन्। हुन त निरिसाको परिचय यतिमा मात्र सीमित छैन।

 

बुबा विश्व बस्नेत नेपाली फिल्मक्षेत्रका सफल कलाकार, लेखक तथा निर्देशक हुन्। आमा शारदा श्रेष्ठलाई पनि कलाकारिता क्षेत्रबारे राम्रो ज्ञान छ ।

 

उनको डेब्यु फिल्म जानी नजानी चैत्र १ गते प्रदर्शनमा आएको थियो ।े फिल्ममा मनिष श्रेष्ठ,नम्रता श्रेष्ठ, सन्नी सिंह, रोशनी केसी, कृष्णभक्त महर्जन, प्रकाश अधिकारीको अभिनय रहेको छ भने यसै फिल्ममार्फत निरिसा बस्नेतले डेब्यु गरेकी हुन् ।

 

फिल्म वसन्त अधिकारीले निर्देशन गरेका हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी माली निर्माता रहेका छन् ।

विवाहलाई बनारसको लड्डु भन्न थालिएको वर्षौं भयो । खाए पनि पछुताउने अनि नखाए पनि पछुताउने भएकाले विवाहलाई लड्डुसँग तुलना गरिएको होला । उमेर पुगेपछि विवाह गर्नु प्राकृतिक कुरा हो । विवाह भएपछि महिला हुन् अथवा पुरुष, जिम्मेवारीमा बाँधिन्छन् भन्ने आमधारणा छ । हाम्रो नेपाली समाजमा विवाहका आफ्नै मूल्य–मान्यता छन् । ग्ल्यामर क्षेत्रमा त विवाहले अझ ठूलो भूमिका निर्वाह गर्छ । करियरले उचाइ लिइरहेका बेला विवाह गर्नु हुँदैन भन्ने मान्यता एकातिर छ भने अर्का्तिर विवाहित अभिनेता–अभिनेत्रीहरूले सफलताको उचाइ चुमेका उदाहरण पनि छन् ।

 

यी अविवाहित सुन्दरी चलचित्र निर्देशक विश्व बस्नेतकी छोरी हुन् । मुम्बईलाई समेत कर्मथलो बनाउँदै आएकी निरिशाले केही हिन्दी धारावाहिकमा समेत अभिनय गरिसकेकी छिन् । अध्ययनका क्रममा मुम्बईमा भएकी निरिशाले हिन्दी धारावाहिक चन्द्रा नन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । स्टार प्लसबाट प्रसारण भएको उक्त श्रृंखलाको अभिनयबाट निरिशाले राम्रै प्रशंसा पाएकी थिइन् । उक्त धारावाहिकमा निरिशाले राजकुमारी इलिसको भूमिका निर्वाह गरेकी थिइन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी निरिशाले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातक गरेकी छिन् । त्यसअघि निरिशाले काठमाडौंमा सम्पन्न मिस टुरिज्म क्विन नेपालको मुख्य उपाधि जितेकी थिइन् ।

 

 

 

nirisha-3

 

nirisha-5

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top