गाउँपालिका अध्यक्षमाथि हातपात भएपछि चक्काजाम (फोटो सहित)

सिन्धुली साैगात संवाददाता २०७५ चैत ३० गते शनिवार सिन्धुली

 

बिहिबार तिनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामाथि कार्यकक्षमै हातपात भएपछि कडा कारबाहिको माग गर्दै नेपाली कांग्रेस सिन्धुलीले २ घण्टाकोलागि आज जिल्लाव्यापी चक्काजाम गरेको छ ।

 

नेपाली कांग्रेस सिन्धुलीले बिहान ८ बजेदेखि १० बजेसम्म चक्काजाम गर्ने सिन्धुलीका निवर्तमान सचिव उपेन्द्र पोख्रेलले बताए । हुलहुज्जत गर्ने, शान्ती सुरक्षा, खलबल्याउने, विवेकहीन कार्यहरु गर्नेमाथी कडा कारवाही प्रक्रिया अविलम्ब अगाडी नबढाइएमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीद्धारा कडा रुपमा प्रतिवाद गर्ने  पोख्रेलले बताए । नेपाली कांग्रेस सिन्धुलीले शुक्रबारनै प्रेस विज्ञप्ती निकाल्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

 

थापाले शुक्रवार पत्रकार सम्मेलन गरि आफूमाथि हातपात भएको जानकारी दिएका थिए । कार्यालय समयमा कार्यकक्षमै आएर तिनपाटन ५ का स्थानिय मधु कटुवाल (सिद्धि बहादुर कट्वाल) ले हातहात गरेको अध्यक्ष थापाले जानकारी दिएका थिए । सडक निर्माण समिती बेलघारीले बाटो खन्न प्रयोग गरेको स्काभेटरका धनी समेत रहेका कटुवालले आफूमाथि दुव्यवहार, गालिगलौज तथा अपशप्द प्रयोग गरेको उनले बताए ।

 

कटुवालको छवि पनि खासै राम्रो नभएको स्थानियले बताएका छन् । नाम नखुलाउने शर्तमा स्थानियले भने, “कटुवालको गविविधि राम्रा छैनन् । उनको काम गर्ने शैली र प्रवृद्धिमा प्राय प्रश्न उठिरहेको छ ।”

 

सडक निर्माण समितीले १ नम्बर वडामा निर्माण गरिरहेको सडकको ट्याक बनाउन स्काभेटरको प्रयोग गरेवापतको रकम नपाएको भन्दै कटुवालले कार्यालयमा पुगेर अध्यक्षलाई हातपात गरेका हुन् । गाँउपालिकाको करिब ३५ लाख रुपैयाँको सडक योजना सडक निर्माण समितीले काम गरिरहेको छ । समितीको कामप्रति असन्तुष्ठि जनाउदै स्थानीयहरुले गाँउपालिकामा उजुरी दिएपछि भुक्तानी प्रक्रिया रोक्का रोकेको अध्यक्ष थापाले बताए ।

 

 

 

 

 

 

sindhuli-strike

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top