शिक्षक दिवश विभिन्न कार्यक्रम

सिन्धुली साैगात संवाददाता २०७५ चैत ३० गते शनिवार सिन्धुली

 

नेपाल राष्ट्रिय शिक्षक संगठमको २० औँ जिल्ला परिषद तथा ४० औँ शिक्षक दिवश सिन्धुलीमाढीमा सम्पन्न भएको छ । गौरभशाली बिगत चुनौतीपुर्ण बतमान, गुणस्तरीय शिक्षाका लागि र्शैक्षिक सुशासन भन्ने मूल नाराका साथ २० औ जिल्ला परिषद तथा ४० औ शिक्षक दिवस शुक्रवार मनाइएको हो ।

 

संगठनका अध्यक्ष पुर्षोत्तम पहाडीको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य हरिप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघिय सांसद गणेश कुमार पहाडी, प्रदेश सांसद राजन दाहाल ,बिनोद कुमार खड्का प्रदिप कटुवाल, शिक्षकहरु लगाएतको उपस्थितीमा जिल्ला परिषद सम्पन्न भएको हो ।

 

४० औँ शिक्षक दिवसको अवसरमा विहान भने विरामीहरुलाई फलफुल वितरण गरिएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगर समितीले जिल्ला अस्पताल सिन्धुलीमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

 

अस्पतालमा भर्ना भएका तथा इर्मेजेन्सी वार्डमा उपचार गराइरहेका १३ जना विरामीहरुलाई फलफुल वितरण गरिएको नगर समितीका अध्यक्ष रामेश्वर दाहालले बताए ।

 

कार्यक्रममा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा, अस्पताल विकास समितीका अध्यक्ष प्रल्लाद पोखरेल, जिल्ला अस्पताल सिन्धुलीकी मेडिकल सुपरिन्डेन्ड सुमित्रा गौतम, नगर समितीका पदाधिकारी तथा शिक्षकहरुले विरामीहरुलाई फलफुल वितरण गरेको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top