सिन्धुली तिनपाटन गाँउपालिकाका अध्यक्षद्धारा आफूमाथि हातपात भएको जानकारी

सिन्धुली साैगात संवाददाता २०७५ चैत ३० गते शनिवार सिन्धुली

 

तिनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापाले आफूमाथि हातपात भएको बारेमा शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी गराएका छन । कार्यालय समयमा बिहिवार दिँउसो कार्यकक्षमै आएर तिनपाटन ५ का स्थानिय मधु कटुवाल (सिद्धि बहादुर कट्वाल) ले हातहात गरेको अध्यक्ष थापाले जानकारी दिए ।

 

सडक निर्माण समिती बेलघारीले बाटो खन्न प्रयोग गरेको स्काभेटरका धनी समेत रहेका कटुवालले आफूमाथि दुव्यवहार, गालिगलौज तथा अपशप्द प्रयोग गरेको उनले बताए । हुलहुज्जत, भिडभाड र ठालु चरित्रले जस्तो सुकै कार्य गर्न सकिन्छ भन्ने मानसिकताबाट आफूलाई हात पात गरे पनि बिवेकहिन कार्यबाट कति पनि विचलित नभई पालिकाबासीलाई सेवा दिने तर दोषिलाई भने कानुन बमोजिम कार्वाही आवश्यक रहेको बताए ।

 

सडक निर्माण समितीले १ नम्बर वडामा निर्माण गरिरहेको सडकको ट्याक बनाउन स्काभेटरको प्रयोग गरेवापतको रकम नपाएको भन्दै कटुवालले कार्यालयमा पुगेर अध्यक्षलाई हातपात गरेका हुन् । गाँउपालिकाको करिब ३५ लाख रुपैयाँको सडक योजना सडक निर्माण समितीले काम गरिरहेको छ । समितीको कामप्रति असन्तुष्ठि जनाउदै स्थानीयहरुले गाँउपालिकामा उजुरी दिएपछि भुक्तानी प्रक्रिया रोक्का रोकेको अध्यक्ष थापाले बताए ।

 

त्यसैगरि, नेपाली काँग्रेस सिन्धुलीले शुक्रबार प्रेस विज्ञप्ती निकाल्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “कम्युनिष्ट पार्टीको खोल ओढेर देखाइएको यस प्रकारको सर्वसत्तावादी चरित्रको घोर भत्र्सना गर्दै घट्नाका संलग्नहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दछौँ ।”

 

विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै, हुलहुज्जत गर्ने, शान्ती सुरक्षा, खलबल्याउने, विवेकहीन कार्यहरु गर्नेमाथी कडा कारवाही प्रक्रिया अविलम्ब अगाडी नबढाइएमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीद्धारा कडा रुपमा प्रतिवाद गर्ने नेपाली काँग्रेसले बताएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top