२०७५ साल चैत ३० गते शनिबारको राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७५ चैत २९ गते शुक्रवार सिन्धुली

 

वि.सं. २०७५ साल चैत ३० गते। शनिबार। इश्वी सन् २०१९ अप्रिल १३ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ । चैत्र शुक्लपक्ष। तिथि– अष्टमी, ८ः४६ बजेउप्रान्त नवमी। नक्षत्र– पुनर्वशु, ६ः२७ बजेदेखि तिष्य, २८ः५८ बजेउप्रान्त अश्लेषा। योग– सुकर्मा, ८ः३९ बजेदेखि धृति, २९ः४२ बजेउप्रान्त शूल। करण– वव, ८ः४६ बजेदेखि वालव, १९ः३९ बजेउप्रान्त कौलव। आनन्दादिमा छत्र योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ५ः४४ बजे, सूर्यास्त– १८ः२७ बजे र दिनमान ३१ घडी ४६ पला। चैत्राष्टमी व्रत। गोरखकाली पूजा। चैते दसैं। भवानी उत्पत्ति दिवस। रामनवमी व्रत। राम जयन्ती। राम यात्रा। श्री श्वेतमत्स्येन्द्रनाथ रथ–यात्रा। अशोकका पालुवा खाने सांस्कृतिक दिवस। जमयात। चैत्र मसान्त। वि।सं। २०७५ समाप्ति।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- घरेलु समस्याले सताउँने तथा आमाको स्वास्थ्यमा खरावी आउँन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाई लेखाई सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि,सहकारि तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आट तथा शाहस गरि लगानि बढाउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । सकारात्मक सोचको माध्ययमबाट रुढिवादि परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको बिकास हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- वन्द व्यापारमा लगानि गरि आर्थिक क्षेत्र बलियो बनाउँन सकिनेछ । पहिले लगानि गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्ब सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- मिष्टान्न भोजन, उत्तम बस्त्र तथा उपाहार हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा नयाँ नयाँ आम्दानिका स्रोतहरु फेला पर्नेछन् । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुँनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानि हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तापनि लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-  प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानिमा बृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाईडलाईन प्राप्त हुनाले अग्रगामि छलाङ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुसि रहनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- व्यापारबाट राम्रो आम्दानि हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ । नोकरि पाउँने तथा बढुवा हुने योग रहेकोछ । भुमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- राम्रा तथा परिणाममुखि काम गरि अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा बृद्धि हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहकोछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि आम्दानि कम हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । यात्रा प्रेममा टाडिने समय रहेकोछ भने घर परिवार तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- समय मध्ययम रहेकोले घर परिवारमा आन्तरिक कलह बढ्नेछ । प्रेममा रहेकाहरु टाडै बस्नु उचित हुनेछ । व्यावसायमा लगानि कर्ताहरु बिच मनमुटाब सिर्जना हुने योग रहेकोछ । लामो दुरिको व्यावसायिक यात्रामा बिलम्ब हुनेछ । सवारि साधन तथा अन्य हार्डवयेर सँग सम्बन्धित बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- कुनै पनि विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा एक कदम अगाढि बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ति पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरिमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछि लाभहुने काम सुरु गर्न सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top