यसरी झिकियो मलद्वारमा लुकाइएको तीन किलो ३ सय ग्राम सुन(तस्बिर सहित)

सिन्धुली साैगात संवाददाता २०७५ चैत २९ गते शुक्रवार काठमाडौं

 

अनौठो तरिकाले सुन लुकाएर ल्याउने चिनिया नागरिकलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। मलद्वारमा लुकाएर ल्याएको ३ केजी ३ सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ परेका हुन्।

 

 

बिहिबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

 

दिउँसो चीनबाट काठमाडौं उत्रेको जहाजमार्फत आएका उनीहरुलाई बोर्डिङ पास गर्ने क्रममा प्रहरीले शंका गरेको थियो। बोर्डिङ पासका बेला जाँच्ने मेशिनले धातु भएको संकेत गरेको थियो। थप शंका भएपछि भन्सार अधिकारीहरुले प्रहरीको सहयोगमा तीनै चिनियाँलाई विमानस्थल नजिकै सिनामंगलमा रहेको केएसी अस्पतालमा पुर्‍याए। चिकित्सकहरुले एक्स-रे गरेपछि पुष्टि भयो, उनीहरुको मलद्वारमा विस्कुट आकारको धातु देखिन्छ। त्यसपछि चिकित्सकले उनीहरुलाई दिसा लाग्ने औषधि खुवाए।

 

 

प्रहरीको रोहवरमा उनीहरुलाई वाटा आकारको प्लास्टिकको भाडामा दिसा गर्न लगाइएको थियो। दिसामा पहेंलो धातु खसेपछि र त्यसलाई पखालेपछि पुष्टि भयो, उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएका थिए।

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top