सरकारले ‘पब्जी’ खेल बन्द गरेपछि यसरी खुसि भइन यी आमा (भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७५ चैत २८ गते बिहीवार काठमाडौं

 

सरकारले मोबाइल गेम ‘पब्जी’ गरेपछि धेरै अभिभावकलाई राहतको महसुस भएको छ । यस्तै एक महिला पब्जी खेल बन्द बहेको समाचार सुन्ना साथ खुसीले नाचेकी छिन । उनले ‘पब्जी बन्द भयो, धन्यबाद सरकार..’ भन्दै उफ्रेको नाचेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेकोछ ।

 

सागर तीवारी नाम गरेका एक युवकले आफ्नो फेसबुकमा उक्त भिडियो सार्बजनिक गरेका हुन् । उनले ‘मेरो आमा पव्जी बन्द भएपछि रुने की हाँस्ने अवस्थामा’ लेखेर उक्त भिडियो सार्बजनिक गरेका छन ।

 

यो त एक प्रतिनिधि घटनाको कुरा भयो । वास्तवमा पब्जी नामक मोबाइल खेलले अत्याधिक बालबालिकालाई एक किसिमको लत नै बसाई सकेको थियो । उनीहरुले यो खेल खेल्न सुरु गरेपछि पटक पटक खेल्ने र आफ्नो अध्ययनलाई समेत असर पार्ने गरेको खबरहरु आएका थिए । । मनोचिकित्सकहरूका अनुसार पब्जीले हिंसा निम्त्याउने र बालबालिकाको मानशिक असन्तुलन पैदा गर्ने दावी गर्दछन । यहि कारण धेरै अभिभावकको यस खेल बन्द गर्ने माग रहदै आएको थियो ।

 

त्यहि अनुसार पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको हो ।

भिडियो

 

My mom ,after pubg banned in Nepal..😒😒Runi ki hasni ??? yo condition ma😶

Posted by Saa Gar on Thursday, 11 April 2019

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top