२०७५ साल चैत २९ गते शुक्रबारको राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७५ चैत २८ गते बिहीवार सिन्धुली

 

वि.सं. २०७५ साल चैत २९ गते। शुक्रबार। इश्वी सन् २०१९ अप्रिल १२ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ । चैत्र शुक्लपक्ष। तिथि– सप्तमी, १०ः४८ बजेउप्रान्त अष्टमी। नक्षत्र– आर्द्रा, ७ः४३ बजेउप्रान्त पुनर्वशु। योग– अतिगण्ड, ११ः२६ बजेउप्रान्त सुकर्मा। करण– वणिज, १०ः४८ बजेदेखि भद्रा, २१ः४९ बजेउप्रान्त वव। आनन्दादिमा पद्म योग। चन्द्रराशि– मिथुन, २४ः४७ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५ः४५ बजे, सूर्यास्त– १८ः२६ बजे र दिनमान ३१ घडी ४३ पला। विश्व ज्योतिष महासंघ स्थापना दिवस।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- काम सम्पादन भएपनि आम्दानिको लागि केहि समय कुर्नु पर्नेछ । व्यापारमा मन्दी आउँनेछ भने लगानिको लागि समय मध्ययम रहेकोछ । आट,साहस तथा पराक्रम गर्न नसक्दा हातमा आईसकेको काम फुत्किेनेछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रणय सम्बन्धमा एक अर्काबिच मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आफन्त तथा कुटुम्बसँग गरिएका बाचाहरु पुरा हुने हुनाले मानसम्मानमा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । बुद्धिको प्रयोग मार्फत काम गर्न सकिने हुनाले प्रशंसकहरु बढ्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । अध्ययनमा सोचेजस्तो सफलता हात लाग्नेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । सुचना प्रबिधिको प्रयोग रचानात्मक काम गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ रमाउँन सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । नयाँ तथा रमाईलो स्थानको यात्रामा निश्कन सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- दुर्गम स्थानमा स्थानान्तरणको सम्भावनालाई नकार्न सकिदैन । बिद्या तथा प्रतिष्पर्धामा पराजय भोग्नु पर्नेछ । लगानि गरिएका लगानिबाट उचित प्रतिफल प्राप्त नहुँदा दैनिकी प्रभावित हुनेछ । माया प्रेममा अनावश्यक टिका टिप्पणीले समस्या निम्तन सक्छ । तापनि लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- कार्य सम्पादन गर्ने सवालमा केहि बिलम्ब भएपनि अन्तत नतिजा तपाईकै पक्षमा आउँनेछ । व्यापार व्यावसायमा समय दिनसक्दा मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सके सफलता हात पार्न सकिनेछ । ईच्छित कामना पुरा हुनेछन् ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- प्रशस्त समय दिएपनि सानो उपलव्धिमा चित्त बुझाउनु पर्नेछ । सामाजिक कामहरु समयमा सम्पादन नहुने हुँदा पाउँने मानसम्मानमा टरेर जानेछ । व्यापारमा लगानि गर्नको लागि केहि समय पर्खनु राम्रो हुनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- टाडिएका आफन्त तथा शुभचिन्तकहरु नजिक हुनाले मन प्रशन्न रहनेछ । शैक्षिक तथा धार्मिक क्षेत्रमा गरिएका लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिनेछ । अध्ययनकै  शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- दैनिकी व्यास्त भएपनि न्यून पारिश्रमिकमा गुजारा चलाउँनु पर्नेछ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । ऋण तथा संकटको सामाना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । आफन्त तथा दिदिबहिनी बिच मनमुटाब बढ्नेछ । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- बन्द व्यापार फस्टाएर जाने तथा व्यापारकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । साझेदारि व्यावसाय फस्टाएर जाने तथा आम्दानि बढाउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने हुँनाले राम्रा काम गर्न सकिनेछ । भौतिक तथा विलाशी साधन स्रोतको प्रयोगले जीवनशैलीमा परिवर्तन ल्याउँन सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- ऋण,रोग तथा सत्रुको सामना गर्नु पर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छन् । आफन्त तथा साथिभाई सँग मनमुटब बढ्ने तथा अप्ठयारो पर्दा टाडिनेछन् । पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । माया प्रेममा नजिक भएपनि बिस्वासको बाताबरण बनाउँन सकिने छैन ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- पढाई लेखाई तथा प्रतिष्पर्धामा भनेजस्तो नतिजा हात पार्न सकिनछ । प्रतिभा प्रर्दशन गरेर धेरैको ध्यान आकर्षित गर्न सकिनेछ । बौद्धिक क्रियाकलापमा भाग लिई भनेजस्तो नतिजा हात पार्न सकिनेछ । सन्तान तथा अनुयायिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसायबाट आम्दानि बढाउँन सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- हतारमा गरिने कुनैपनि निर्णयले भविष्यमा नराम्रो असर गर्न सक्छ ध्यान दिनुहोला । योजना तथा कामगर्ने शैली गोप्य राख्नुहोला । व्यापारमा आम्दानि थोरै हुनाले आर्थिक व्यावस्थापन मिलाउँन हम्मे हम्मे पर्नेछ । कुनै पनि काम पुनह गर्नुपर्दा अतिरिक्त क्रियाकलापका लागि समय अभाव हुनेछ । घरपरिवार सँग मनमुटाब बढ्नेछ ।

 

तपाईको दिन शुभ रहोस् । 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top