विद्युत प्राधिकरणमा अवरोध

सम्पादकीय २०७५ चैत २८ गते बिहीवार सिन्धुली

 

देशलाई लोडसेडिङ मुक्त गर्न महत्वपुर्ण भुमिका खेलेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथि बेलाबेला अनेकौँ आरोप लाग्ने गरेको छ । उनले आफूमाथि लागेको आरोपको स्पष्टिकरण पनि दिने गरेका छन् । विद्युत प्राधिकरणको प्रमुखको कर्तव्य निभाइरहदा उनलाई थुप्रै आरोप प्रत्यारोप लाग्दै आएको छ । उनले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिइरहदा प्राधिकरणको विकास देख्न नसक्ने केहि मान्छे लागिपरेको तर्कसहित अभिव्यक्ति दिने गरेका छन् । घिसिङको नेतृत्वमा प्राधिकरण हाल नाफामा छ । उनले चालेका कदमहरुले सफलता पाइरहेका छन् । तर, उनलाई काम गर्न नदिने प्राधिकरणभित्र केहि व्यक्ति सल्बलाई रहेको उनको अभिव्यक्तिबाट स्पष्ट देखिन्छ । विद्युत प्राधिकरणमा सकारात्मक कामहरु भइरहदापनि अवरोध सिर्जना गर्ने तत्वहरु सल्बलाइरहेको गुनासो आइरहेको हुँदा सम्बन्धित निकायले यस्ता तत्वहरुको पहिचान गरि आवश्यक कार्वाही गर्न जरुरी छ ।

 

 

विद्युत प्राधिकरणको विकासले गति लिइरहेको छ । कुलमानको नेतृत्वमा प्राधिकरणमा थुप्रै सकारात्मक परिवर्तनहरु देखिएका छन् । जनताले पनि उनको कामलाई तारिफ गर्दै आएको अवस्था छ । उनलाई काममा अवरोध भएको स्वयंले बताइरहदा राज्यले यसतर्फ ध्यान दिन आवश्यक छ । कुलमानले प्राधिकरणमा आमुल परिवर्तन ल्याएका छन् । उनको काममा अवरोध सिर्जना भइरहेको हुँदा त्यस्ता व्यक्तिको पहिचान गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । अतः विकासलाई गति दिने हातहरु बाँधिनु हुदैँन ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top