नक्कली बिहे गरेर अष्ट्रेलिया जान लाग्दा  पक्राउ, हेर्नुहोस भिडियो

सिन्धुली साैगात संवाददाता २०७५ चैत २७ गते बुधवार काठमाडौं

 

अष्ट्रेलियाको सिड्नीमा लामो समय देखी बस्दै आएका युबाको टिमले बनाएको चलचित्र ‘कागजपत्र’को चैत्र ८ गतेदेखि प्रर्दशनमा छ । अपिल विष्टको निर्देशन रहेको चलचित्र ‘कागजपत्र’मा पछिल्लो समय बढ्दै गइरहेको अस्ट्रेलिया मोहको कथालाई प्रस्तुत गरिएको छ ।

 

चलचित्रमा अस्ट्रेलिया जानको लागी गरिएको नक्कली बिहे देखि उमेरको अन्तर लगायतको कुरालाई देखाइएको छ । चलचित्रमा अभिनेता नाजिर हुसेन एक जग्गा दलालीको भूमिकामा देखिएका छन् भने नायिका शिल्पा मास्के र कलाकार भोला सापकोटा विदेश जानको लागी नक्कली विवाह गरेको देखाइको छ ।

 

चलचित्रमा नाजिर, शिल्पा र भोलाको साथमा सरिता गिरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको छ भने यसका कार्यकारी निर्माता नीरज सिंह विष्ट हुन् ।

 

चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर डिक्सनको छायाङ्कन, वसन्त सापकोटा, सङ्गीत सापकोटा, हर्कुलस बस्नेतको सङ्गीत छ ।

 

भिडियो हेर्नुहोस :-

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top