विहेको फोटोलाई खुट्टाले कुल्चिएर फोटोशूट गर्दै यी महिलाले यसरी डिभोर्स उत्सव मनाइन् (तस्विर)

सिन्धुली साैगात संवाददाता २०७५ चैत २६ गते मंगलवार काठमाडौं

 

 

अमेरिकामा एक महिलाले आफ्नो डिभोर्सपछि धुमधामले डिभोर्स उत्सव मनाएकी छिन् । अरुले विवाहको भोज मनाउदा जति खुसी हुन्छन् , त्यसरी नै उनले पनि खुसी हुदै अनौठो तरिकाले आफनो डिभोर्स उत्सव मनाएकी छिन् । उनको नाम लोलिस हो ।

 

अन्य मानिसहरुको डिभोर्स हुदा निकै दुख मान्ने , धेरै रुने र उदास हुने गर्दछन् । तर लेलिसाले हाम्रो जीवनकै खुसीको ठुलो क्षण भएको भन्दै सबैलाई पार्टी दिदै फोटो खिचाएर डिभोर्स उत्सव मनाएकी थिइन् । उनले आफ्नो बिहेको फोटोलाई खुट्टाले कुल्चिएर समेत फोटोशूट गरेकी थिइन् । त्यसपछि विवाहको फोटो जलाएर पनि फोटोशुट गराएकी थिइन् । अहिले उक्त फोटोहरु सामाजिक सञ्जालमा भाइरल भएको छ ।जहाँ विभिन्न्न किसिमका तारिफ गरिएको कमेन्टहरु आएको छ ।

 

फोटोहरु भाइरल भएपछि किन डिभोर्सपछि यसरी उत्सव मनाएको भन्ने प्रश्नको जवाफमा उनले मानिसहरुले हरेक सम्बन्ध जोडिदा मात्र होइन् , तोडिदा पनि उत्सव मनाउनु पर्ने बताएकी छिन् । तर भाइरल होला भनेर चाही नसोचेको बताइन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top